News
now browsing by category
गोकुलगंगा उच्चामावि राशनाइलु ४ को उद्घाटन हुँदै
चुप्लु दामलोच
दारखा, राशनाइलु रामेछाप । कोइँच सुनुवार भूमि राशनाइलुको गोकुलगंगा उच्चा माविको विधिवत् उद्घाटन भोलि फागुन १५ गते हुँदै छ । जिल्ला शिक्षा अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन हुने सो उच्चा माविका अनुदानदाताहरुलाई सो कार्यक्रममा कदरपत्र दिने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका लिला बहादुर सुनुवारले बताउनु भयो । विद्यालयका विद्यार्थीहरुलाई साँस्कृतिक प्रतियोगितामा पुरस्कार दिने पनि व्यवास्था गरिएको छ । सुनुवार वस्ती विशेषगरी जिजिच चन्द्रबहादुर सुनुवारले सो विद्यालय स्थापना गर्न जग्गा प्रदान गर्नु भएको हुनाले उहाँलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गर्ने भएको छ । उच्चा मावि स्थापनाको लागि हालसम्म एक लाख एक्तीस हजारसम्म अनुदान दिएका छन् ।
प्रकाश जिजिच (यूके) ले बताए जस्तै यो उच्चा मावि सुनुवारले आँगनमा रहे पनि नाम भने खस भाषामा गोकुल गंगा राखिएको छ । र जग्गा लगायत नगद अनुदान दिने पनि कोइँच सुनुवारहरु नै छन् । विद्यालय प्रांगान बाहिर निस्के पछि, ते ला लाइने हाइ, भनेर विद्यार्थीहरु कोइँच भाषामा कुरा गरे पनि विद्यालयमा कोइँच भाषाको पढाइ भने गरेको पाइँदैन । न त केइँचहरुले रुचाएको नाम नै सो उच्चा माविको छ । खोइ, राशनाइलुको लागि आँखा चिम्लेर सहयोग गर्नेहरुले आफ्नो भूमि रक्षाको निमित्त कति सोच्ने छन् त्यो भने हेर्न बाँकी नै छ । सुनुवार वस्तीको सुनुवारको घरआँगनको विद्यालय भएको हुँदा मैले पनि सुनुवार मातृभाषामा पढाइ गर्ने गराउने छन् भनेर सहयोग गरेको छु । तर तत् विद्यालय रहेको राशनाइलुका सुनुवार दाजुभाई दिदीवहिनी कति सचेत हुने हुन् उहाँहरुको जागारुकता र चेतनास्तरलाई हेर्नु पर्ने छ । खसबाहुन संस्कृतिमा विलिन हुने हुन कि कोइँचको मौलिक पहिचान जोगउने छन्, सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले बताउनु भयो ।
तर व्यवस्थापन समितिको वैठकमा भने हाम्रो सम्वाददाता पुग्दा विद्यालय र राशनाइलुवासी विद्यार्थीको हितमा भन्दा पनि पार्टीगत हिसावले भोलि १५ गतेको कार्यक्रममा बोल्नु पाउनु पर्छ भन्ने तर्कहरु उठीरहेको थियो । यस वारे सम्पूर्ण शिक्षाप्रेमीहरुले सोच्नु पर्ने देखिन्छ ।
नेलोकिसु संघको राष्ट्रिय सम्मेलन : सुनुवार सेवा समाजका बारेमा सोच्न नेकपा एमाले उपाध्यक्षको निर्देशन ।
सुनुवार ओआरजि समाचारदाता ।
१३ फागुन, यालाखोम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष अशोक र्राईले श्री सामुदायिक भवन धापसीमा नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ (नेलोकिसु संघ) को दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु हुँर्दै सुनुवार सेवा समाजसँग सुमधुर सम्बन्ध र समझदारी तत्काल अगाडि बढाउन निर्देशन दिनु भएको छ । कुटनीतिक भाषामा नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका पदाधिकारीहरु आम सुनुवारको मन जितेर सुनुवार सेवा समजलाई पेवा बनाउन नसकेको निष्कर्षनिकाल्दै अगाडि निर्देशन गर्नु भयो, ‘आदरणीय दाजुभाई दिदीवहिनीहरु, अलिकना मैले तपाईँहरुको मन्तव्य सुन्दाखेरी मैले सुनुवार सेवा समाज वा संघसँग लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको अलि समझदारी जति हुनुपर्ने हो त्यो बन्न नसकीरहेको हो कि भन्ने मैले अनुभव गरेँ । यो बनाउनु पर्छ । Read More
मन्थली, रामेछापमा आदिवासी कोइँच शक्ति पर्दशन हुँदै
चुप्लु दामलोच-
११ फागुन, मन्थली । कोइँचहरुको मूल वस्ती अर्थात पूख्र्यौली थलोका कोइँचहरु इतिहासमा पहिलो पटक रामेछाप जिल्लाको सदरमुकाममा आफ्नो शक्ति पर््रदर्शन गर्ने भएका छन् । सुनुवार सेवा समाज रामेछाप जिल्ला सम्मेलनको अवसर पारेर गर्न लागिएको शक्रि पर््रदर्शनले कोइँचको पूख्र्यौली भूमिमा कोइँचको पहुँच हुननसकेको जहिल्यै पनि बाहिरिए र कोइँचले मौका पाए पनि खस बाहुन गिदीबाट मागदर्शित बाहुनवादी कोइँचहरुको मात्र हलीमुहली भएको रामेछाप संगठन विस्तार संयोजक अमृत सुनुवारले बताउनु भयो । Read More
कोइँच लोःमि बाइबाल ; केही खुशी, केही विचार बहस
सुनुवार डट ओआरजि समाचारदाता । १० फागुन, यालाखोम । बल्खु एमाले केन्द्रीय कार्यालय परको गैरा । रिङरोडभित्र लगभग दर्ुइ सय मिटरमा सानो खोल्सा तरेपछि ठूलो कम्पाउण्डमा जस्ताको भव्य सालोन चर्च । देशी-विदेशी पाहुनाहरु वीच कोइँच भेषभूषामा सजिएको कोइँच युवायुवती, बालबालिका र वृद्धाहरु । आत्यधुनिक बाजागाजामा सेमी कोइँच भाषामा कोइँच लोःमा अनुदित बाइबलका भजनहरुको गुञ्जन । अनुशासित तौरले साना साना बालबालिका समेत भर्ुइमा पलेटी कसेर बसेका । लाग्थ्यो, कुनै तालिम प्राप्त सैन्यको टुकडीले कुनै शुभोत्सवको एक्काइस तोपको सलामी दिनाको लागि Read More
सुनुवार विद्यार्थीका पदाधिकारीहरुलाई शुभकामना तथा वधाई
सुनुवार डट ओआरजि समाचारदाता
६ फागुन, यालाखोम । सुनुवार सेवा समाज केन्द्रीय कार्य समितिले औपचारिकरुपमा आज सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना तथा बधाई दिएको छ । सुनुवार सेवा समाजको भवन, कोइँचनगर कोटेश्वरमा शुभकामना तथा वधाई कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सुसेस सल्लाहकार लोकप्रिय सुनुवारले शुभकामना तथा वधाई दिँदै धेरै वर्षछि नयाँ जोश र जाँगर बोकेर आएको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले कोइँच चिनारीको लागि नयाँ योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै गरी अर्का सल्लाहकार टेकबहादुर सुनुवारले पनि सुविस नयाँ समितिले कोइँचको पहिचान अक्षुण्ण राख्ने काममा लागी पर्नु पर्ने बताउनु भयो । कानुनी सल्लाहकार अतीत मुखियाले युवा जोश र जाँगरले भरिएका नयाँ कार्यसमितिले अध्ययन अनुसन्धानतिर लाग्नु पर्ने जसले गर्दा कोइँच पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनु भयो । Read More
जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम तथा वेबसाइड सार्वजानिक
५ फागुन, यालाखोम । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमको सहयोगमा जलवायु परिवर्तन तथा रेड कार्यक्रम सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा चलचित्र महासंघले आफ्नो वेबसाइड धधध। ाष्लाष्।यचन।लउ पनि सार्वजानिक गरेको छ ।
विहान ८ बजेदेखि शुरु भएको सचेतना कार्यक्रम साँझ ५ बजे सकिएको थियो । कार्यक्रमलाई विहानको खाजा र रजिष्ट्रेशन ८ देखि ९ बजेसम्म, उद्घाटन कार्यक्रम ९ देखि १० बजे सम्म, परिचय तथा लालिम व्यवस्था १० देखि १०.३० सम्म, वृत्तचित्र प्रदर्शनी तथा प्रवचन १०.४० देखि १२ बजेसम्म, खाना १२ देखि १ बजेसम्म, समुह प्रस्तुतीकरण १ बजे देखि ३ बजेसम्म, Read More
जलवायु परिवर्तन तथा रेड सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
सुनुवार डट ओआरजि समाचारदाता
२८ माघ, यालाखोम । जलवायु परिवर्तन तथा रेड सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासँघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमको साझेदारीमा सुनुवार सेवा समाज केन्द्रीय समितिले आज सुनुवार सेवा समाजको भवन कोटेश्वरमा भव्यता साथ सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । पत्रकार खिम घले तथा आदिवासी जनजाति कार्यकर्ता बुद्धे । लामाले उक्त जलवायु परिवर्तन तथा रेड सम्बन्धि सचेतना गराएका थिए । Read More
