All about Sunuwar

जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम तथा वेबसाइड सार्वजानिक

५ फागुन, यालाखोम । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमको सहयोगमा जलवायु परिवर्तन तथा रेड कार्यक्रम सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा चलचित्र महासंघले आफ्नो वेबसाइड धधध। ाष्लाष्।यचन।लउ पनि सार्वजानिक गरेको छ ।
विहान ८ बजेदेखि शुरु भएको सचेतना कार्यक्रम साँझ ५ बजे सकिएको थियो । कार्यक्रमलाई विहानको खाजा र रजिष्ट्रेशन ८ देखि ९ बजेसम्म, उद्घाटन कार्यक्रम ९ देखि १० बजे सम्म, परिचय तथा लालिम व्यवस्था १० देखि १०.३० सम्म, वृत्तचित्र प्रदर्शनी तथा प्रवचन १०.४० देखि १२ बजेसम्म, खाना १२ देखि १ बजेसम्म, समुह प्रस्तुतीकरण १ बजे देखि ३ बजेसम्म, चियापान ३ बजेदेखि ३.१५ सम्म रेड साझेदारी कार्यक्रमको वर्तमान स्थितिको जानकार वारे खुल्ला अन्तरक्रिया ३.१५ देखि ४.३० सम्म र ४.३० देखि ५ बजे भित्र समापन कार्यक्रम गरिएको थियो ।
आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा शुरु भएको सचेतना कार्यक्रमलाई सचिव प्रतिमाया पुनले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने सो कार्यक्रममा स्रोत व्यक्तिको रुपमा बुद्ध लामा र डण्डु शेर्पा ढोक्प्याले सचेतना गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *