All about Sunuwar

नेलोकिसु संघको राष्ट्रिय सम्मेलन : सुनुवार सेवा समाजका बारेमा सोच्न नेकपा एमाले उपाध्यक्षको निर्देशन ।

सुनुवार ओआरजि समाचारदाता ।
१३ फागुन, यालाखोम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष अशोक र्राईले श्री सामुदायिक भवन धापसीमा नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ (नेलोकिसु संघ) को दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु हुँर्दै सुनुवार सेवा समाजसँग सुमधुर सम्बन्ध र समझदारी तत्काल अगाडि बढाउन निर्देशन दिनु भएको छ । कुटनीतिक भाषामा नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका पदाधिकारीहरु आम सुनुवारको मन जितेर सुनुवार सेवा समजलाई पेवा बनाउन नसकेको निष्कर्षनिकाल्दै अगाडि निर्देशन गर्नु भयो, ‘आदरणीय दाजुभाई दिदीवहिनीहरु, अलिकना मैले तपाईँहरुको मन्तव्य सुन्दाखेरी मैले सुनुवार सेवा समाज वा संघसँग लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको अलि समझदारी जति हुनुपर्ने हो त्यो बन्न नसकीरहेको हो कि भन्ने मैले अनुभव गरेँ । यो बनाउनु पर्छ । तपाईँहरु नेलोकिसु संघ, नेकपा एमालेको भात्रृ संगठन, राजनैतिक पार्टीग संलग्न संगठन, नेकपा एमालेको पहलकदमी र निर्देशनमा निर्माण गरिएको संगठन भएको नाताले म यहाँहरुलाई विनम्रतापूवक निवेदन गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु यदि यहाँहरुले मलाई निर्देशन गर्ने अधिकार दिनुहुन्छ भने म त्यो निर्देशन पनि गर्न चहान्छु, सुनुवार सेवा समाज वा संघसँग सुमधुर सम्बन्ध बनाउनै पर्दछ ।’ (प्रमुख अतिथिको पूण् भाषाण सुन्नको लागि चुप्लु समाजद्वारा उत्पादित तथा सञ्चालित सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम ‘किङलो चुपलु’ सुन्नुहोला, जस्मा अन्य वक्तहरुको भाषाण पनि सुन्न सक्नु हुने छ ।)
उद्घाटन सत्रमा अध्यक्षताको आसन ग्रहण गर्दै नेलोकिसु संघका अध्यक्ष कमलप्रकाश सुनुवारले लोकतान्त्रिक किरात सुनुवार संघ नेकपा एमालेको सामुदायिक संगठन रहेको र सातौं महाधिवेशनको १२ औं वैठकबाट पारित पार्टी निर्देशन अनुसार सुनुवार सेवा समाजको तत्कालीन नेतृत्व पंक्तिका साथीहरुमा अध्यक्षको हैसियतले नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको जे जस्तो उद्देश र कार्यनीति हो सो वारे जानकारी गराएकोले उहाँहरु प्रष्ट भएको बताउनु भयो ।
स्वागत मन्तव्यको क्रममा संघका उपाध्यक्ष उदयबहादुर सुनुवारले नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ सुनुवारले राजनीति गर्ने स्कूल भएको धारण राख्दै नेकपा एमालेको निर्देशन अनुसार संघले आम सुनुवारहरु माझ नेकपा एमालेको विचार पुर्‍याउने काम गरे पनि नेलोकिसु संघले उठान गरेको माग प्रति पार्टी बेवास्ता गरेको गुनासो पोख्नु भयो ।
उद्घोषणक्रममा नेलोकिसु संघका सचिव तिलकबहादुर सुनुवारले सामाजिक संघसंस्थालाई नेलोकिसु संघको कार्यक्रममा बोलाउँदा संस्थामा राजनीति गरेको आरोप लागेको जानकारी पत्रकारहरुलाई गराउँदै सुनुवार सेवा समाजले नेपाल लोकतान्त्रिक किरात सुनुवार संघलाई सौताको रुपमा हेरे पनि नेलोकिसु संघले सौताको व्यवहार नगर्ने बताउनु भयो । तर स्वागत भाषाणमा उपाध्यक्षले बताए अनुसार र उद्घोषकले उद्घोषण गरे जस्तै सुनुवार जातिको काँध चढेर राजनीति गर्न खोलिएको विशुद्ध राजनीतिक संगठन नेपाल लोकतान्त्रिक किरात सुनुवार संघले आम आदिवासी जनजाति सुनुवारको प्रतिनिधिमूलक संस्था सुनुवार सेवा समाज केन्द्रीय समितिलाई निमन्त्रणा नगरे पनि उसको भातृ संस्था सुनुवार विद्यार्थी समाजलाई भने आधिकारीकरुपमा संस्थागत निमन्त्रणा दिएको थियो । तर सुनुवार विद्यार्थी समाजका अध्यक्षलाई अतिथिको रुपमा मञ्चमा आमन्त्रण गरिएको थिएन भने संस्थागतरुपमा निमन्त्रित सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका अध्यक्षलाई पनि अतिथि आसन ग्रहणमा आमन्त्रण गरिएन। विद्यार्थी तथा कलाकार समाजका केही पदाधिकारीहरुले भने नेलोकिसु संघले संस्थागतरुपमा निमन्त्रणा गरेर अतिथि आशन ग्रहण नगर्राई अपमान गरेको र आफ्नो मातृसंस्था सुनुवार सेवा समाजलाई समेत अबहेलना गरेको हुँदा संघले जतिसुकै सुनुवारको प्रगति उन्नतिको पाँडे गफ दिए पनि नेपाल लोकतान्त्रिक किरात सुनुवार संघले सुनुवारहरुलाई शब्दजालमा भुलाएर नेकपा एमालेको भोट बैंकका रुपमा मात्र हेरिएको दाबी गरे ।
उता उद्घाटन सत्र चलिरहँदा ओखलढुंगा जिल्लाबाट भर्खर आएको बताउनु हुने नेलोकिसु संघका महासचिव यज्ञराज सुनुवार भने बसुन्धारा चोकको एक सैलुन भेटिएका थिए । उनी पृथ्वीसुब्बा गुरुङले भाषाण गर्दै गर्दा सभाहलमा प्रवेश गरेका थिए । कोरियादेखिका सुनुवारको उपस्थिति रहेको दाबी गरिएको सो राष्ट्रिय सम्मेलनबाट लिखु नदी साँध लगाएर संघको मुख्य पदहरुमा सबै रामेछाप, दोलखा र सिन्धुलीबाट अध्यक्ष उदयबहादुर सुनुवार (रामेछाप), प्रथम उपाध्यक्ष प्रेम सुनुवार (रामेछाप), द्वितीय उपाध्यक्ष विमाला सुनुवार (रामेछाप), महासचिव उर्मिला सुनुवार (दोलखा), सचिव उदयबहादुर सुनुवार (सिन्धुली), सचिव मनोजकुमार सुनुवार (रामेछाप), कोषाध्यक्ष नारायण सुनुवार (सिन्धुली) लगायतको सत्र सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । यसरी क्षेत्रीय वहिस्करण गरिएकोमा केही प्रतिनिधि सुनुवारहरुले भने गुनासा व्यक्त गरिरहेका थिए ।
पटक पटक नेपाल लोकतान्त्रिक किरात सुनुवार संघले सुनुवार सेवा समाजलाई हेर्ने दृष्टिकोणका बारेमा सबै सुनुवार वक्ताहरु तथा उद्घोषकले स्पष्टीकरण दिन खोजिए पनि उहाँहरुको व्यवहारले सुनुवार सेवा समाजले सौताको व्यवहार गरिरहेको छ कि नेपाल लोकतान्त्रिक किरात सुनुवार संघले भन्ने सभाहलमा उपस्थित सबैलाई र्छलङ्ग भएको देखिन्थ्यो । जुन कुरालाई सन्तुलनमा ल्याउन प्रमुख अतिथि नेकपा एमाले उपाध्यक्ष अशोक र्राईले कुटनीतिकरुपमा सुमधुर सन्बन्ध बनाउनु पर्ने निर्देशन दिँदै सुनुवार सेवा समाज र नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको भूमिकाका वारेमा बोल्नु भएको थियो ।

4 Comments to नेलोकिसु संघको राष्ट्रिय सम्मेलन : सुनुवार सेवा समाजका बारेमा सोच्न नेकपा एमाले उपाध्यक्षको निर्देशन ।

  1. thari kayaba says:

    नमसेवल,
    नेकपा (एमाले ) पहिले पनि बर्गिय पार्टी थिएन , अहिले हुने त झन कुरै भएन । तरै पनि राष्ट्रिय राजनितिमा उस्केा भुमिकालाइ नकार्न भने सकिदैन येा सत्य पाटेा हेा। जाहाँ सम्म नेपाल लेाकतान्त्रिक किराँत सुनुवार संघकेा कुरा छ जेा जस्ले जे सुकै भने पनि माअेाबादि संग अत्तिएर जन्माएकेा एमालेकेा बिकालागं र अबैध सन्तान हेा भन्नु पर्दछनै । अहिले अयर सुसेसलाइ मात्र के सिङ्गेा एमालेलाइ नै घँडेा भएकेा हुनु पर्छ( नेलेाकिसु संघ )। क. अशेाक केा मनतब्यले यहि संकेत गर्छनै। जाँहाँ समम अपमानका कुरा छन ।जाँहाँ बिकालाँग मानासिकता बेाकेका र भ्रष्ट ब्यक्तिले नेतृत्व मा संघ चलेकेा थियेा हिजेा, जसबाट कस्ले के सममानकेा अास राख्ना सक्छ ? जाँहा सुसेस लाइ निमताउदा भित्तरिखानि ंभुजि बेँबेरि सडककेा बजेटकेा कमिसनका र बिकास केा बजेटकाटेर एसएस हेाटलमा रेायल स्टेग र चिकन रेाष्टका बिल भुक्तानि का कुरा उठ्दा कमल जिलाइ उत्रर दिने ठाँउ पनि त नरहन सक्दछ । र राजनितिकेा जाँहाँ सममकेा कुरेा छ ।( नेलेाकिसु संघ ) बिसुद्द राजनैतिक संगठन भएकेाले राजनिति गरेास भन्नु केहि छैन । तर सुनुवार भित्रकेा बन्धुत्व जिवित राखियेास , सबैकेा यसैमा भलायि देखदछु म ।अन्तमा नयाँ कार्यसमितिलाइ बधाइ तथा शुभकामना ब्यक्त गर्दै अउने दिनहरूमा दुबै संस्था विचकेा दुरि कम गर्न सफलता मिलेास भन्ने कामना मेरेा…

  2. thari kayaba says:

  3. Tilak mukhiya says:

    Maile suneko thiya sws ko pratinidhitwa chaliyaka kunaipani kuraharu kebal bisudda sunuwar jaati haruko hak ra adhikarko lagi ho yas maa kunai pani party ra sangathanko kura aaudaina tara yas maa ta spasta tes thik ulto po dekhe maile bisudda1 jaati ko sangathan maa pani party ko kura?

  4. Tilak mukhiya says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *