All about Sunuwar

काेइँचबु काःतिच

now browsing by tag

 
 

१५ बुँदे सुझावसहित पालिकालाई धन्यवाद ज्ञापन

गएको गणतन्त्र दिवस जेठ १५ गते खिजीदेम्बा गाउँपालिका ओखलढुङ्गाका अध्यक्ष गम्बु शेर्पाले काेइँच  सुनुवार, शेर्पा र तामाङ भाषालाई पालिकाकाे सरकारी कामकाजी भाषाकाे मान्यता दिने घोषणा गरेका थिए । साेहीअनुसार कार्यपालिकाको पहिलो वैठकबाट सर्वसम्मतिले काेइँच सुनुवार, शेर्पा र तामाङ भाषा गाउँपालिकाको कामकाजी भाषा पारित भएको थियाे । पालिकाकाे उक्ता ऐतिहासिक निर्णयलाई अति स्वागतयाेग्य निर्णयकाे सङ्ज्ञा दिँदै कामकाजी भाषा कार्यन्वायनकाे लागि पालिकालाई काम गर्न सजिलाे हाेस् भनेर सुनुवार सेवा समाजले १५ बुँदे सूझावसहित धन्यवाद ज्ञापन पत्र गाउँपालिकालाई बुझाएको छ ।

गाउँपालिकाले शेर्पा, तामाङ र सुनुवार भाषालाई कामकाजी भाषाको मान्यता दिने निर्णयको स्वागत गर्दै उक्त निर्णयलाई व्यवहारमा ल्याउनको लागि पालिकालाई नयाँ घाेषित कामकाजी भाषालाई कार्यन्वायन गर्न सजिलाेकाे लागि सहकार्य स्वरुप अन्य गाउँ र नगरमा भएकाे अभ्यास र नजीकै छिमेकी राज्य सिक्किमकाे अभ्यासलाई समेटेर सुनुवार सेवा समाजले १५ बुँदे सुझाव दिइएको बताउँदै सङ्घीय अध्यक्ष रणवीर सुनुवारले अगाडि थप्नुभयो, ‘अध्यक्ष गम्बु शेर्पा, विशेष कामका कारण पालिकामा उपस्थित हुननसकेको हुँदा उपाध्यक्ष सुशिला तामाङको हातमा उक्त सुझाव बुझाएका छौं । पालिकाले सरकारी कामकाजी भाषालाई जति सक्दो विशेष व्यवस्था मिलाएर कार्यन्वायनमा ल्याउनुहुने छ भन्ने आशा राखेका छौं । काेइँच सुनुवार भाषाले पहिलाे पटक नेपालमा भाषाकाे आफ्नाे जन्मथलाेमा सरकारी कामकाजी भाषाकाे मान्यता पाएकाे छ । याे खुशीकाे कुरा हाे । पालिकाले चाहेकाे अवस्थामा सुनुवार सेवा समाजले जुनसुकै समय काेइँच सुनुवार भाषाकाे हकमा सहयाेग र सहकार्य गर्ने वचन दिन्छ साथ साथै याे अति स्वागतयाेग्य निर्णय पारित गरेकाेमा पालिकाका सबै जनप्रतिनिधि र सहयाेग कर्मचारी र राजनीतिकर्मी समाजसेवी तथा अभियन्तहरुलाई समाज समष्टिमा हार्दिक आभर प्रकट गर्दछ।’

सुनुवार सेवा समाज ओखलढुङ्गाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार देवीध्वज सुनुवार, सुनुवार सेवा समाज ओखलढुङ्गाका पुर्व अध्यक्ष तथा सल्लाहकार बुद्धि मुलिच, सुनुवार सेवा समाज फलाटेका अध्यक्ष कविराज सुनुवार र सुनुवार किरात युवा समाजका अध्यक्ष सूर्यप्रकाश सुनुवारहरुकाे सङ्युक्त पहलकदमीमा उक्त सुझाव पालिकालाई बुझाइएकाे हाे ।

सूझावमा गाउँपालिकाले तत्काल गर्नसक्ने अल्पकालीन काम र दीर्घकालमा गर्ने कामलाई एउटा अध्ययन समिति बनाइ तत्काल कार्यन्वायन गर्न सूझाव दिइएको छ । र तत्कालकाे लागि सुनुवार सेवा समाजले पनि पालिकासँग सहकार्य गरेर साथ दिने वचन व्यक्त गरिएकाे छ ।

तस्वीर : देवीध्वज सुनुवार र रणवीर सुनुवार

कामकाजी भाषामा पालिकाले गर्नुपर्ने कामहरु वारे सुनुवार सेवा समाजले दिएकाे सुझाव
१. गाउँपालिका तथा वडाको कामकाजी भाषाको लिपिमा साइनबोर्ड राख्ने ।
२. गाउँपालिका र वडापालिकाहरुको कामकाजी भाषाको लिपिमा लेटरप्याड बनाउने ।
३. चरणवद्धरुपमा पालिकाभित्रका सबै कार्यालयहरुको लेटरप्याडहरुमा कामकाजी भाषाको लिपिमा वजनपिबजमायगभयउभ
४. गाउँपालिकाको लोककल्याणकारी विज्ञापन र सूचनाहरु सबै कामकाजी भाषामा प्रकाशन र प्रसारण गर्ने ।
५. ठाउँ ठाउँमा राखिने स्थान नामहरुको सूचनाबोड कोइँच लिपिमा राख्ने ।
६. गाउँपालिका तथा प्रहरी चौकीमा सुविधानुसारको भाषामा वयान र उजुरी दिन पाउने व्यवस्था मिलाउने ।
७. बहुभाषिक शिक्षा नीति लागु गर्ने ।
८. गाउँपालिकाले अमुर्त साँस्कृतिक सम्पदा सर्भेक्षण गरी संरक्षणको नीति बनाउने ।
९. गाउँपालिकास्तरीय सरकारी कामकाजको भाषामा परेको निवेदन र उजुरी उपर कारबाही बढाउने संयन्त्रको अध्ययन गर्ने र कार्यन्वयन गर्ने ।
१०. गाउँपालिकाको वेभसाइडलाई सबै कामकाजि भाषामा डिजाइन गरी बहुभाषिक बनाउने ।
११. अनलाइन तथा अफलाइन गुनासो सुनुवाइ गर्ने वहुभाषिक सूचना केन्द्रको व्यवस्था गर्ने ।
१२. कामकाजी भाषालाई सरकारी कार्यालयमा कार्यन्वयन गर्न सम्बन्धित भाषाका विज्ञ सहितको अध्ययन तथा सूझाव समितिको गठन गर्ने ।
१३. विस्तारै सम्बन्धित सरकारी कामकाजी भाषाको जनशक्तिहरुको उत्पादन तथा व्यवस्था गर्दै लैजाने /
१४. गाउँपालिकाको राजपत्र काेइँच भाषामा प्रकाशन गर्ने ।
१५. काेइँच भाषामा नागरिक बडापत्र बनाउने ।