News
now browsing by category
रामेछाप जिल्ला समिति सुनुवार सेवा समाजको प्रथम जिल्ला सम्मेलनका झलकहरु
रामेछाप जिल्ला समिति सुनुवार सेवा समाजको प्रथम जिल्ला सम्मेलनका र्याली, सम्मेलनमा गठीत पधाकारीहरु र वल्लो किरात संघीय राज्य परिषद जिल्ला तदर्थ समितिहरुका केही झलकहरु see more photos
ऐतिहासिक सम्मेलन : पहिचानको राजनीतिमा प्रतिवद्ध सुनुवार सेवा समाज
१९ फागुन, यालाखोम । रमेशकुमार सुनुवार -कुँबुकास्थली) को अध्यक्षतामा १३ सदस्यीय सुनुवार सेवा समाज रामेछाप जिल्ला कार्य समिति गठान भएको छ । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्यहरुमा क्रमशाः निम्नानुसार गाविसबाट प्रतिनिधित्व भएको छ : पुण्य सुनुवार (भीरपानी), चन्द्रबहादुर सुनुवार (फर्पु), मेनुका सुनुवार (भूजि), प्रवीन सुनुवार (बेताली), घण्टीकादेवी सुनुवार -दुरागाउँ), नम्रता सुनुवार, नामरु (सैपु), कृष्णबहादुर सुनुवार (गुप्तेश्वर), तोरणबहादुर सुनुवार (राशनाइलु), चन्द्रबहादुर सुनुवार (प्रिती), खेटबहादुर सुनुवार (मन्थली), उजरसिंह सुनुवार (हिमागंगा), विमला सुनुवार (नामाडी) । जिताजित प्रणाली अनुसार कोही पनि नहार्ने र वहिस्करणमा नपर्ने समन्यायिकरुपमा निवार्चन गरिएको थियो । Read More
सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिको प्रथम सम्मेलन सम्पन्न
चुप्लु दामलोच
१७ फागुन, मन्थली रामेछाप । आज रामेछाप जिल्ला समिति सुनुवार सेवा समाजको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । राशनाइलु, कुँबु काँस्थली, फर्पु, भूजी, गुप्तेश्वर, दुरागाउँ, सैपु, प्लेतति, नामाडी, बेताली, हिमागंगा, भिरपानी गाविसका प्रतिनिधि सदस्यहरुले जिताजित निर्वाचन प्रणाली अनुसार एक जना सदस्य जिल्ला कार्य समितिको प्रथम बैठकले छनौट गर्ने गरी रमेशकुमार सुनुवारको अध्यक्षतामा १२ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ ।
सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिको प्रथम सम्मेलन उद्घाटन सम्पन्न
चुप्लु दामलोच
१६ फागुन, मन्थली रामेछाप । आज रामेछाप जिल्ला समिति सुनुवार सेवा समाजको उद्घाटन सम्पन्न भएको छ । सो उद्घाटनमा नेपाली कांग्रेश, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राप्रपाको प्रतिनिधि तथा सभासद दालकुमारी सुनुवार, शान्ति जिरेलले वल्लो किरातको सम्बन्धमा बोल्नु भएको थियो । सुनुवार विद्यार्थी समाज, ललितपुर सुसेस, सिन्धुली सुसेसका प्रतिनिधि सुदिप सुनुवार, वाईवि सुनुवारले राजनीतिक पार्टीले सुनुवार भोट बैंक मात्र मानेको गुनासो पोख्नु भएको थियो । सो कार्यक्रम बेलुकी सात बजेसम्म चलेको थियो । मन्थली बसपार्कबाट देवकोटा चोकसम्म ढोल बाजागाजा, आदिवासी कोइँच भेषभूषा लगाएर परिक्रमा गर्दै जिविसा हल पछाडिको मञ्चमा पुगेर सभामा परिणत भएको थियो ।
प्लेतति गाउँ समितिबाट आएका कलाकारहरुले कार्यक्रममा कोइँच लोःबाट स्वागत गीत गाउँदै कार्यक्रम शुरुआत भएको थियो । कोइँच परम्परानुसार पिदार गरेर कार्यक्रम उद्घाटन गरिएको थियो । प्लेतति गाउँका कलाकारले सैपु साब्र शिखारपु कोइँच गीतमा नाच प्रस्तुत गरेका थिए । शिशिर सुनुवारले आफ्नो भर्खर सार्वजानिक भएको उत्सर्ग गीति एल्बम बाट दुई वटा गीत प्रस्तुत गरेका थिए भने रेशमा सुनुवारले उनको चर्ची गीत मै ठूली भइछु लगायत भर्खर निस्कीन लागेको एल्बमबाट एक गीत प्रस्तुत गरेको थिए । तेस्तै गरी शिवा मुखियाले भर्खर निस्कीना लागेको दोमोका दारशो सेरेम फु बााट दोमोका दारशो सेरेम फु, होमाचिरी होपोमा, बारी थुँ बानी बोसिङा गाएका थिए । भोलि बन्द सत्र हुने छ ।
सुनुवार सेवा समाज प्रथम जिल्ला सम्मेलन हुँदै
चुप्लु दाम्लोच
१६ फागुन, मन्थली, रामेछाप । रामेछापजिल्लाको उत्तरी गाउँमा बसोबास गर्दै आएका आदिवासी सुनुवार कोइँचहरुको प्रथम जिल्ला सम्मेलन आज हुँदै छ । अहिले हामी मन्थली बसपर्क छेउमै छौं । झाँकीको तयारी हुँदै छ । प्लेतति, गुप्तेश्वर, नमाडी, फारपु लगायत विभिन्न गाउँबाट आएका सुनुवारहरु अहिले रेलिको लागि तयार भएका छन् । सबैको हात हातमा वल्लो किरात आदिवासी कोइँचको चाहना, भाषा संस्कृतिको संरक्षण आदिवासी कोइँचको पहिचान लगायत विभिन्न नारा सहितको प्लेकार्ड बोकेर कोइँच भेषभूषामा लामबद्ध छन् । आयोजकहरुका अनुसार अहिले एक क्षणमा रेलीले बजार परिक्रमा गर्दै जिविसहलमा गएर सभामा परिणत हुने छ ।
सुनुवार सेवा समाज प्रथम जिल्ला सम्मेलन हुँदै
चुप्लु दाम्लोच
१६ फागुन, मन्थली, रामेछाप । रामेछापजिल्लाको उत्तरी गाउँमा बसोबास गर्दै आएका आदिवासी सुनुवार कोइँचहरुको प्रथम जिल्ला सम्मेलन आज हुँदै छ । अहिले हामी मन्थली बसपर्क छेउमै छौं । झाँकीको तयारी हुँदै छ । प्लेतति, गुप्तेश्वर, नमाडी, फारपु लगायत विभिन्न गाउँबाट आएका सुनुवारहरु अहिले रेलिको लागि तयार भएका छन् । सबैको हात हातमा वल्लो किरात आदिवासी कोइँचको चाहना, भाषा संस्कृतिको संरक्षण आदिवासी कोइँचको पहिचान लगायत विभिन्न नारा सहितको प्लेकार्ड बोकेर कोइँच भेषभूषामा लामबद्ध छन् । आयोजकहरुका अनुसार अहिले एक क्षणमा रेलीले बजार परिक्रमा गर्दै जिविसहलमा गएर सभामा परिणत हुने छ ।
राशनाइलु गोकुलगंगा उच्चामाविको समुद्घाटन सम्पन्न
चुप्लु दामलोच
राशनाइलु रामेछाप । कोइँच सुनुवार भूमि राशनाइलुको गोकुलगंगा उच्चा माविको विधिवत् रुपमा आज फागुन १६ गते दिनको ठिक १.०० उद्घाटन भयो । संयोग मान्नु पर्छ, जिल्ला शिक्षा अधिकारी शिक्षकहरुको आन्दोलनको कारण विद्यालय नपुगी बाटोबाटै फर्के पछि उपसचिव इञ्जिनियार हरिवहादुर सुनुवारले प्रमुख अतिथिको आशनग्रहण गर्दै कार्यक्रममा उच्चा माध्यमिक विद्यालयको उद्घाटन रातो पर्दा अनवरण गर्दै काश्यपत्र सार्वजानिक गर्नु भएको थियो । अहिलेसम्म एक लाख एक्तीस हजार नगद अनुदान उद्धीमबहादुर सुनुवारले प्रदान गर्नु भएको छ । कोइँच भेषभूषामा समेत अविभावकहरु उपस्थित थिए भने कतिपय विद्यार्थीहरु पनि कोइँच भेषभुषामा देखिन्थे । १२ लाख बराबरको अचल सम्पत्ति जग्गा मुखिया चन्द्रबहादुर जिजिच सुनुवारले अनुदान सहयोग गर्नु भएको छ । उहाँले विद्यालयको संस्थापक हुनुहुन्छ । प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि र अतिथिको रुपमा आशन ग्रहण गराईको सो कार्यक्रममा विद्यालय व्यवस्थापक समितिको अध्यक्षले सभाध्यक्षको आशनग्रहण गरे पनि कार्यक्रम सञ्चालन भने विद्यालय प्राचार्यले गर्नु भएको थिएन । उहाँ अतिथिको रुपमा रहने भएको थियो । कार्यक्रम हेर्दा र कार्यक्रममा अनुदान दिनेहरुको नाम सुन्दा हेर्दा कोइँच भूमि भए पनि खस भाषामा कार्यक्रम सञ्चिालित थियो । राज्यले कोइँच भाषालाई पनि स्थानीय तहमा कामकाजी भाषाको रुपमा प्रयोग गर्ने अधिकार दिए पनि त्यो अधिकार भने राशनाइलुको कोइँचहरुले उपयोग गर्न नसकेको पाइयो ।
कार्यक्रममा जग्गादाता मुखिया चन्द्रबहादुर सुनुवारलाई दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो भने अन्य अनुदानदातालाई सम्मान तथा कदर पत्र प्रमुख अतिथि मार्पmत वितरण गरिएको थियो । तर सो गाविसबाट संसद भएका कमलप्रकाश सुनुवार भने कार्यक्रममा उपस्थिथि थिएनन् ।
कोइँच बस्तीको विद्यालयको नाम कसरी गोकुलगंगा रह्यो भन्ने प्रश्नमा खिम्ती खोलालाई गोकुलगंगा भनिन्छ अनि राखेको भन्ने जवाफ आयो । तर यो नाम ता भारतको गोकुल ठाउँ गंगाको नाम हो । हिन्दु धर्मको प्रवद्र्धन हो भन्ने बारेमा कुनै कोइँच सुनुवार सचेत देखिएनन् । किन भने गोकुल गंगा जान नसक्ने हिन्दुधर्मावलम्वीहरुले गोकुलगंगा मानेर एकदशीमा फुल तार्ने चलनबाट खिम्ती मूल नामबाट अपभ्रंशित भएको भने कसैले उच्चारण गरेनन् । यसैले राशनाइलुका बुद्धिजिवी सुनुवारहरुले गम्भीर रुपमा सोच्नु पर्ने देखिन्छ । राशनाइलुका वरीपरिका विद्यालय लगायत अन्य धेरै व्यक्तिहरुलाई अतिथि बोलाउँदैमा झण्डै एक घण्टा बढी समय लागेको थियो । अहिले विद्यार्थीहरुले आफ्नो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

