All about Sunuwar

गोकुलगंगा उच्चामावि राशनाइलु ४ को उद्घाटन हुँदै

चुप्लु दामलोच
दारखा, राशनाइलु रामेछाप । कोइँच सुनुवार भूमि राशनाइलुको गोकुलगंगा उच्चा माविको विधिवत् उद्घाटन भोलि फागुन १५ गते हुँदै छ । जिल्ला शिक्षा अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन हुने सो उच्चा माविका अनुदानदाताहरुलाई सो कार्यक्रममा कदरपत्र दिने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका लिला बहादुर सुनुवारले बताउनु भयो । विद्यालयका विद्यार्थीहरुलाई साँस्कृतिक प्रतियोगितामा पुरस्कार दिने पनि व्यवास्था गरिएको छ । सुनुवार वस्ती विशेषगरी जिजिच चन्द्रबहादुर सुनुवारले सो विद्यालय स्थापना गर्न जग्गा प्रदान गर्नु भएको हुनाले उहाँलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गर्ने भएको छ । उच्चा मावि स्थापनाको लागि हालसम्म एक लाख एक्तीस हजारसम्म अनुदान दिएका छन् ।
प्रकाश जिजिच (यूके) ले बताए जस्तै यो उच्चा मावि सुनुवारले आँगनमा रहे पनि नाम भने खस भाषामा गोकुल गंगा राखिएको छ । र जग्गा लगायत नगद अनुदान दिने पनि कोइँच सुनुवारहरु नै छन् । विद्यालय प्रांगान बाहिर निस्के पछि, ते ला लाइने हाइ, भनेर विद्यार्थीहरु कोइँच भाषामा कुरा गरे पनि विद्यालयमा कोइँच भाषाको पढाइ भने गरेको पाइँदैन । न त केइँचहरुले रुचाएको नाम नै सो उच्चा माविको छ । खोइ, राशनाइलुको लागि आँखा चिम्लेर सहयोग गर्नेहरुले आफ्नो भूमि रक्षाको निमित्त कति सोच्ने छन् त्यो भने हेर्न बाँकी नै छ । सुनुवार वस्तीको सुनुवारको घरआँगनको विद्यालय भएको हुँदा मैले पनि सुनुवार मातृभाषामा पढाइ गर्ने गराउने छन् भनेर सहयोग गरेको छु । तर तत् विद्यालय रहेको राशनाइलुका सुनुवार दाजुभाई दिदीवहिनी कति सचेत हुने हुन् उहाँहरुको जागारुकता र चेतनास्तरलाई हेर्नु पर्ने छ । खसबाहुन संस्कृतिमा विलिन हुने हुन कि कोइँचको मौलिक पहिचान जोगउने छन्, सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले बताउनु भयो ।
तर व्यवस्थापन समितिको वैठकमा भने हाम्रो सम्वाददाता पुग्दा विद्यालय र राशनाइलुवासी विद्यार्थीको हितमा भन्दा पनि पार्टीगत हिसावले भोलि १५ गतेको कार्यक्रममा बोल्नु पाउनु पर्छ भन्ने तर्कहरु उठीरहेको थियो । यस वारे सम्पूर्ण शिक्षाप्रेमीहरुले सोच्नु पर्ने देखिन्छ ।

2 Comments to गोकुलगंगा उच्चामावि राशनाइलु ४ को उद्घाटन हुँदै

  1. Tilak mukhiya says:

    Atyatai sarahaniya kura,mero salot6 chandra sunuwar ani tyoo sahayog garne sampurna anudataharulai

  2. Tilak mukhiya says:

    Atyatai sarahaniya kura,mero salot6 chandra sunuwar ani tyoo sahayog garne sampurna anudataharulai

Leave a Reply

Your email address will not be published. Required fields are marked *