All about Sunuwar

जलवायु परिवर्तन तथा रेड सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

सुनुवार डट ओआरजि समाचारदाता
२८ माघ, यालाखोम । जलवायु परिवर्तन तथा रेड सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासँघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमको साझेदारीमा सुनुवार सेवा समाज केन्द्रीय समितिले आज सुनुवार सेवा समाजको भवन कोटेश्वरमा भव्यता साथ सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । पत्रकार खिम घले तथा आदिवासी जनजाति कार्यकर्ता बुद्धे । लामाले उक्त जलवायु परिवर्तन तथा रेड सम्बन्धि सचेतना गराएका थिए ।
जलवायु परिवर्तन भनेको के हो ? जलवायु परिवर्तनले आदिवासी जनजातिलाई कसरी असर पर्छ र रेड कार्यक्रम प्रति किन सचेत गर्नु पर्दछ भन्ने विषयमा सचेतना गरिएको उक्त कार्यक्रममा प्रवचन, चलचित्र प्रदर्शनी, अन्तरक्रिया गर्दै सम्पन्न भएको थियो । गाउँबाट काठमाडौ उपत्यका आएर बसेका युवा कोइँचहरुको सहभागीता उत्साहजनक थियो । महिला असी प्रतिशत भन्दा बढी रहेको थियो । जुन कुरालाई अध्यक्ष मनप्रसाद सुनुवारले जलवायु परिवर्तन हुँदा बढी असर महिलालाई पर्ने भएको हुँदा महिलाहरुलाई प्रथामिकता दिइएको जानकारी दिनु भएको थियो । सुनुवार विद्यार्थी समाज, सुनुवार सेवा समाज, ललितपुर जिल्ला समिति, सुनुवार सेवा समाज काठमाडौं जिल्ला समिति, भक्तपुर सुनुवार सेवा समाजको उत्साहजनक सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *