All about Sunuwar

मन्थली, रामेछापमा आदिवासी कोइँच शक्ति पर्दशन हुँदै

चुप्लु दामलोच-
११ फागुन, मन्थली । कोइँचहरुको मूल वस्ती अर्थात पूख्र्यौली थलोका कोइँचहरु इतिहासमा पहिलो पटक रामेछाप जिल्लाको सदरमुकाममा आफ्नो शक्ति पर््रदर्शन गर्ने भएका छन् । सुनुवार सेवा समाज रामेछाप जिल्ला सम्मेलनको अवसर पारेर गर्न लागिएको शक्रि पर््रदर्शनले कोइँचको पूख्र्यौली भूमिमा कोइँचको पहुँच हुननसकेको जहिल्यै पनि बाहिरिए र कोइँचले मौका पाए पनि खस बाहुन गिदीबाट मागदर्शित बाहुनवादी कोइँचहरुको मात्र हलीमुहली भएको रामेछाप संगठन विस्तार संयोजक अमृत सुनुवारले बताउनु भयो । अहिलेसम्म रामेछापबाट राजनीति गर्ने कोइँच नेताले कोइँचलाई भर्‍याङ मात्र बनाउने र चुनाव जितेपछि कोइँचको घरदैलो नटेक्ने उहाँको दाबी रहेको छ ।
फागुन १६ गते रामेछाप मन्थलीमा नगर परिक्रम गर्दै सभामा परिणत हुने कार्यक्रम अनुसार रामेछापका २७ गा.वि.सका सुनुवारहरु आफ्नो मौलिक झाँकीसहित उपस्थित हुने आयोजक समितिका रमेशकुमार सुनुवारको भनाई रहेको छ । वल्लो किरात स्वायत्त प्रदेशको आवाज उठाइरहेको सुनुवार सेवा समाजको मूलवस्तीको सदरमुकाममा हुन लागेको यो कार्यक्रम पहिलो हो ।
ल्याङल्याङ (रामेछाप) जिल्ला विश्वका आम कोइँचहरुको तर्ीथस्थल हुने तर्क अगाडि सार्दै आयोजक समितिका सदस्य चन्द्र सुनुवारले यो सम्मेलन ऐतिहासिक बनाउन दिनरात कोइँच गाउँ घुमेको बताउनु भयो । वास्तवमा रामेछाप जिल्लाको प्लेतति गा.वि.स मा मात्र कोइँचको महान चाड शाँदारको उपस्थिति छ । त्यहाँ पनि हिजो आज इसाइकरणले गर्दा र शहरीकारणका कारण गाउँ घुमेर शाँदार शिल नाच्न छाडेको अमृत सुनुवारको भनाई रहेको छ ।
सुनुवार सेवा समाज रामेछाप जिल्ला सम्मेलन दर्ुइ दिन हुने भएको छ । उक्त सम्मेलनमा सहभागी हुन अध्यक्ष वेदबहादुर सुनुवारले आम रामेछापवासी कोइँचहरुलाई हार्दिक निमन्त्रण गर्नु भयो ।

7 Comments to मन्थली, रामेछापमा आदिवासी कोइँच शक्ति पर्दशन हुँदै

  1. Chandra Kumar Sunuwar says:

    Keep it countinue.

  2. Chandra Kumar Sunuwar says:

    Keep it countinue.

  3. thari kayaba says:

    सफलताकेा शुभकामना ।

  4. thari kayaba says:

    सफलताकेा शुभकामना ।

  5. Hom sunuwar(dasuch) says:

    नमसेवल
    बधाई शुभकामना

  6. Hom sunuwar(dasuch) says:

    नमसेवल
    बधाई शुभकामना

  7. Hom sunuwar(dasuch) says:

    नमसेवल
    बधाई शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *