News
now browsing by category
स्वेच्छ वचत समुह र सुनुवार विद्यार्थी समाजलाई सम्मान तथा शुभकामना वधाई
सुनुवार डट ओआरजि समाचार दाता
२७ माघ, ललितपुर । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले एम्बुलेन्सका लागि सहयोग उपलब्ध गराउने स्वेच्छ वचत समूह हङकङ र नव निर्वाचित सुनुवार विद्यार्थी समाजका पदाधिकारी तथा सदस्यहरुलाई सम्मन तथा शुभकामना वघाई ज्ञापन गरेको छ । रु. ४५,००० पैतालिस हजार नगद प्रदान गरेको स्वेच्छ वचत समूहका अध्यक्ष भिषण सुनुवारलाई ताम्रपत्र सहितको पुष्पगुच्छाले सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार र ललितपुर अध्यक्ष यामबहादुर सुनुवारले सम्मान गर्नुभयो । सुनुवार सेवा समाजका अध्यक्ष लगयत ललितपुर सुनुवार सेवा समाजका सम्पूर्ण पदाधिकारीहरुले पुष्पागुच्छासहित खादा ओढाएर शुभकामनासहित वधाई ज्ञापन गर्नु भयो । Read More
बल्ला दुई प्रतिष्ठानले कोइँचलाई पत्तायो : बौद्धिक प्रतिस्परधा शुरु
-कोइँचबु काःतिच
२६ माघ, यालाखोम । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले क्रमशः आदिवासी कोइँच मौलिक साहित्य थेअनिको सैद्धान्तिक सौन्दर्य अध्ययनको लागि ईश्वरकिरण सुनुवार र कोइँच भाषाको निजात्मक निवन्ध लेखनको लागि डा. लाल श्याँकारेलु रापचालाई थोरै भए पनि अध्ययन तथा लेखन खर्च दिएको छ । कोइँच (सुनुवार) भाषाको साहित्य लेखनको चार दशक पछि बल्ला नेपाली साहित्यको इतिहासमा कोइँच भाषाको साहित्यमा सौन्दर्यशास्त्र छ भन्ने महसुश राज्यले गरेको छ । हुन त माओवादी सरकारका वेला विवादित प्राज्ञ चयन हुँदा टिकाराम सुनुवारको नाम पढ्न र देख्नमा आएको थियो । तर ती सुनुवार कोइँच सुनुवार हुन वा दलित सुनार हुन् अभैm अत्तो पत्तो छैन र हाम्रो सम्पर्क आएका पनि छैनन् र उनको नाम ठेगना अभैm पत्तो पाउन सकेका छैनौं । र, कोइँच सुनुवार नै हुन् भने पनि कोइँच भाषा साहित्यका प्रवद्र्धक अवश्य पनि होइनन् र थिएनन् । निजात्मक तीन वटा लामा बास्साइ बाजा, टुङना गीत लेखेर कोइँच साहित्य लेखनको वाश पिदार गर्ने दोलखा फाचे नेपानेका क्या. तिलकबहादुर सुनुवार अहिले धोवघिाट ललितपुरमा बुढौलीले गलेर बसेका छन् । कोइँच सवाई कथ्ने टि. पारगाच कहाँ छन् को हुन् अत्तो पत्तो छैन । (पारुहाङ सम्पादक टंकबहादुर राईका अनुसार उनी खिँचीका हुन् रे भन्नेसम्म सुनियो तर पतता लाग्न सकेको छैन ।) देवी बहादुर, डिकमान विरही, के.वि. जेँतिच यस संसारबाट विदा लिईसक्नु भयो । Read More
किराँत सुनुवार सेवा समाज युकेको नयाँ कार्य समिति गठन
–भावना परिष्कृत सुनुवार
४ फेब्रुअरी २०१२ शनिबारको दिन फार्नब्रो स्थित वकफम स्कुलको कम्यूनिटी हलमा किराँत सुनुवार सेवा समाज (कि.सु.से.स.) युकेको वार्षिक भेला सम्पन्न भएको छ । उक्त बैठकमा पुरानो कार्य समितिको कार्यकाल पूरा भएकोले नयाँ कार्य समितिको चयन समेत गरिएको छ ।
संस्थाको अध्यक्ष जङ्ग सुनुवारको अध्यक्षतामा उक्त बैठक सम्पन्न गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा सचिव छत्रबहादुर सनुवारले उपस्थित सबै सहभागीलाई स्वागत गर्दै सम्पन्न हुन गइरहेको बैठक तथा नयाँ कार्य समिति गठन कार्यक्रमबारे प्रकाश पारेका थिए । यसको साथै सन् २००९ देखि आफ्नो २ वर्षे कार्यकालभरि भए गरेका संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष पूर्ण सुनुवारले कार्यकालभरिको आर्थिक प्रतिवेदनलाई पारदर्शीरूपमा प्रस्तुत गरेका थिए । जसलाई सर्वसम्मतिबाट अनुमोदन गरिएको थियो । Read More
भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम
सुनुवार डट ओआरजि समाचारदाता–
माघ २०, यालाखोम । सुनुवार सेवा समाजको भवनमा भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन समिति, सुनुवार सेवा समाज, केन्द्रीय समिति, कोटेश्वर, काठमाडौंले भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम ऋगकतयmबचथ ब्लअभकतचब िज्यmभबिलम ःबउउष्लन या प्ष्चबलतष्(प्õष्तक इचष्लतबतष्यल उचयनचबmmभ आज शुरु भयो । स्थलगत अध्ययनकर्ताहरुलाई भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन गर्न सहज र सहयोगी बनाउन जिपिएस, जिआइएस, पुरख्यौली थलो र प्राकृतिक स्रोत अध्ययनको तौरतरिका बारे सामान्य जानकारी गराउने उद्देश्य रहेको सो कार्यक्रम दुई दिन सञ्चालन हुने छ । आज डा. बि.बि. मुखिया र डा. लाल रापचाले अनुशिक्षण दिनु भयो । कोइलँचबु काःतिच (उत्तमकुमार सुनुवार), रणवीर सुनुवारले सहजीकरण गर्नु भएको थियो भने सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्दै शुरु भएको सो कार्यक्रम भोलिसम्म चल्ने छ । भोलि प्रकाश झा, योगेन्द्र गुरुङ, खगेन्द्र जगेबुले अनुशिक्षण गर्नु हुने छ ।
सुनुवार कालाकार ताथा चालचितराकारमि गाउँ सामिति गाथान
चुपलु दामलोच-
१८ ङारिच, प्लेतति । सुनुवार कालाकार ताथा चालचितराकारमि सामाज प्लेतति गाउँ सामिति गाथान दुमता । केनदिरिये आदचचे आमरित सुनुवारआ मुलिनामसोचआ रापसिमि ९ सादासिये गाथान दुमशोमि आदाचचे, उपादेचचे, साचिब, साहसाचिब, कोसादेचचे नु सादाससे पेनमारिशा नामि सानतोस सुनुवार, मिना सुनुवार, तेज सुनुवार, सिमा सुनुवार, चित्र सुनुवार, देविाद सुनुवार । Read More
विकट गाउँमा ‘कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८’
ओखलढुङ्गा ।
कुलदीप सुनुवार स्मृति कोषले यस वर्ष ‘कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८’ प्रदान गरिएको छ ।ओखलढुङ्गाको विकट गाँउ खिजिकातीमा अवस्थित श्री कुण्डली मा.वि.मा अध्ययनरत चार विद्यार्थीहरुले यो छात्रवृद्धि पाएका छन् ।स्व.कुलदीप सुनुवारको हरेक वर्षको मंसिर २६को वार्षिकीमा विभिन्न राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आएको संस्थाले यस वर्ष स्व.कुलदीप सुनुवारले शिक्षा प्ररम्भ गर्नु भएको विद्यालयमा ‘कुलदीप सुनुवार स्मृति छात्रवृद्धि २०६८’ प्रदान गर्ने घोषना गरेको थियो ।संस्थाले छात्रवृद्धिका लागि निर्देशिका समेत बनाएको थियो ।संस्थाले बिभिन्न आधार र सिमाहरु मध्ये मुलत विद्यार्थीको आर्थिक अवस्था, शैक्षिक स्तर, विद्यालयको र घरको दुरी, समावेशी जस्ता आधारमा विद्यार्थिहरु छनोटमा गरेको थियो ।छात्रवृद्धि पाउनेहरुमा कक्षा ६ मा अध्ययरत मेलिना न्यौपाने कक्षा ७ मा अध्ययरत निसा सुनुवार, पूजन भुजेल तथा कक्षा ८ मा अध्ययरत सबिता तामाङ् छन् ।अबिभावक, शिक्षक, बिद्यार्थीहरुको उपस्थित रहेको कार्यक्रम गत माघ ३ गते भएको हो । कुण्डली मा.वि. स़ंजोरमा विद्यालय व्यावस्थापन समितिको सहयोगमा आयोजना गरिएको कार्यक्रममा सभापति विद्यालय व्यावस्थापनका अध्यक्ष खेमराज सुनुवार, प्रमुख अतिथि संस्थाका सचिव नितेश सुनुवार, विशेष अतिथि विद्यालय मुल समितिका अध्यक्ष रेखनाथ न्यौपाने, अतिथिमा अविभावक शिक्षक संघका अध्यक्ष शुभराज सुनुवार यस्तै अतिथिमा संस्थाका सदस्य थीर ब सुनुवार, शिक्षकहरु नारायणप्रसाद ढकाल, कृष्णनबहादुर खड्का, नर बहादुर खड्का,कलमप्रसाद न्यौपाने, पदम सुनुवार आदि रहेका थिए ।कार्यक्रममा कक्षा ८मा अध्ययरत विद्यार्थीहरुले स्वागत गीत गाएका थिए, स्व. कुलदीप सुनुवारका शिक्षक समेत रहेका शिक्षक कृष्ण बहादुर खड्काले आफ्नो विद्यार्थीको निधनले आफु दुखित रहेको बताउँदै आफुले कुलदीपसँग विताएको समयको सम्झना गर्नु भयो । उनी एक महेनती र अनुसासित विद्यार्थी रहेको बताउँदै आफुले पढाएका बिद्यार्थीहरु मध्ये अंग्रेजी विषयमा माष्टर डिग्रि गर्ने उनी मात्र रहेको समेत बताउनु भयो ।”मैले मेरो विद्यार्थीमात्र नभै एक असल गुरु समेत गुमाएको छु” भन्दै खड्काले कुलदीप सुनुवारको आत्माको चीरशान्तिको कामना गर्दै उहाँको संस्थाको उत्तरउत्तर प्रगतिको कामना गर्नु भयो ।यस्तैगरी बिद्यालयका नारायणप्रसाद ढकालले स्व.कुलदीप सुनुवारले विद्यालयको शैक्षिक विकासका लागि गरेको सहयोगको चर्चा गर्दै उहाँको आत्मा शान्तिको कामना गर्नु भयो ।यस्तै बिशेष अतिथि रेखनाथ न्यौपानेले कुलदीप सुनुवारको निधनले भाव विह्वल बनाएको बताउँदै यस क्षेत्र लगायत सिङ्गो राष्ट्रले एक बहुप्रतिभालाई गुमाएको बताउनु भयो ।कुलदीप सुनुबार लगायत उहाँको परिवारले विद्यालय स्थापना गर्नका लागि ठूलो योगदान पुर्याएको बताउदै उहाँप्रति भावपूर्ण श्रृद्धाञ्ली अर्पण गर्नु भयो ।त्यसपश्चात प्रमुख अतिथिले छात्रवृद्धि प्रदान गर्नु भयो साथै कक्षा ५ देखि १० सम्म अध्ययनरत पहिलो, दोस्रो, तेस्रो विद्यार्थीहरुलाई अतिथिहरुले प्रति बिद्यार्थी ८ उत्तरपुस्तिका प्रदान गर्नु भयो ।कार्यक्रममा बिद्यार्थीहरुले कविता, गीत प्रतुत गरेका थिए ।बहुप्रतिभाका धनी दाई कुलदीप सुनुवारको निधनले सिङ्गो राष्ट्रले क्षति बेहोरेको बताउदै प्रमुख अतिथि नितेश सुनुवारले स्व. कुलदीपले गर्नु भएका कार्यहरुको चर्चा गर्नु भयो । कुलदीप सुनुवारका रूची उहाँले गर्न खोज्नु भएका अधुरा कार्य पुरा गर्न तथा उहाँलाई अमरत्व प्रदान गर्न संस्थाले बिबिध कार्यक्रम गदै आएको जानकारी दिदैँ छात्रवृद्धि निर्देशिकाका वारे प्रष्ट पार्नु भएको थियो ।दाई कुलदीप सृजनशील कार्य रुचाउनु हुने भएकाले संस्थाले पनि बौद्धिक सृजना गर्ने जो कोहिलाई पनि संस्थाले सहयोग गर्ने समेत बताउनु भयो ।साथै अन्त्यमा सबै बिद्यार्थीहरुलाई बधाई दिदै सृजनशील कार्यमा लाग्न आग्रह गर्नु भयो ।अन्तमा सभापति खोमराज सुनुबारले कुलदीप सुनुवार स्मृति कोषलाई धन्यबाद दिदै सबै बिद्यार्थीहरुलाई संस्थाका वारे जानकारी राख्न अनुरोध गर्नु भयो ।साथै भाबि दिनमा विद्यालयमा कुलदीप सुनुवारको नाममा बिबिध कार्यक्रम आयोजना गर्ने बताउनु भयो । Read More
सुनुवार विद्यार्थीको राष्ट्रिय महाधिवेशन सम्पन्न
ओआरजी समाचारदाता
काठमाडौं । विगत लामो समयदेखिको अन्तरालपश्चात् सुनुवार विद्यार्थी समाजको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । उक्त समाजमा २१ सदस्ययीय नयाँ कार्ड समिति चयन भएको छ ।
उक्त समाजको अध्यक्षमा सुदीप सुनुवार (ओखलढुङ्गा), उपाध्यक्ष मानबहादुर सुनुवार (दोलखा), सचिव इन्द्रसेन सुनुवार (ओखलढुङ्गा), सहसचिव मुना सुनुवार (झापा), कोषाध्यक्ष छविलाल सुनुवार (रामेछाप) तथा सदस्यहरुमा सविता सुनुवार (ललितपुर), सविता सुनुवार (रामेछाप), सजिना सुनुवार (रामेछाप), Read More
