All about Sunuwar

सुनुवार विद्यार्थीका पदाधिकारीहरुलाई शुभकामना तथा वधाई

सुनुवार डट ओआरजि समाचारदाता
६ फागुन, यालाखोम । सुनुवार सेवा समाज केन्द्रीय कार्य समितिले औपचारिकरुपमा आज सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना तथा बधाई दिएको छ । सुनुवार सेवा समाजको भवन, कोइँचनगर कोटेश्वरमा शुभकामना तथा वधाई कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सुसेस सल्लाहकार लोकप्रिय सुनुवारले शुभकामना तथा वधाई दिँदै धेरै वर्षछि नयाँ जोश र जाँगर बोकेर आएको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले कोइँच चिनारीको लागि नयाँ योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै गरी अर्का सल्लाहकार टेकबहादुर सुनुवारले पनि सुविस नयाँ समितिले कोइँचको पहिचान अक्षुण्ण राख्ने काममा लागी पर्नु पर्ने बताउनु भयो । कानुनी सल्लाहकार अतीत मुखियाले युवा जोश र जाँगरले भरिएका नयाँ कार्यसमितिले अध्ययन अनुसन्धानतिर लाग्नु पर्ने जसले गर्दा कोइँच पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनु भयो ।
डा. लाल रापचाले कोइँच राजनीतिज्ञले कोइँचको लागि के के गरे र कहाँ के बोले अब मुल्याङ्कन गर्नु पर्ने बेला आएको बताउँदै कोइँच र कोइँच संस्थामा उपस्थित नभएका राजनीतिक व्यक्तिले कसरी कोइँचको बारेमा सैद्धान्तिक आवाज उठान गर्न सक्नेछन् ? भन्दै नवनिर्वाचित समितिका युवा विद्यार्थीहरुले समयलाई महत्व दिनु पर्ने र हरेक कामलाई अभिलेखीकरण गरिरहनु पर्ने विचार व्यक्त गर्नु भयो । उहाँले युवा विद्यार्थी नै कोइँचको चिनारीलाई बचाई रख्ने खम्बा भएका हुँदा हरेक घटना र क्रियाकलापलाई आफ्नो दैनिकीमा अभिलेखीकरण गर्दै विश्लेषण गर्नु पर्ने जोड दिँदै भाषा, कला, धर्म-संस्कृतिलाई विर्सनु नहुने विचार व्यक्त गर्नु भयो । उहाँले भोलि के बन्ने आजै आफ्नो भविश्यको वारेमा सोच्नु पर्ने र अध्ययनलाई निरन्तरता दिनु पर्ने प्रति पनि जोड दिनु भयो ।
डा. बि.बि. मुखियाले आफ्नो वीस वर्षो अध्यापनमा दर्ुइ जना मात्र सुनुवार विद्यार्थीसँग भेट भएको बताउँदै राज्यबाट थिचोमिचो र उत्पीडनमा पारिएको कोइँचले कानुन संकाय पढ्नु जरुरी भएको बताउनु भयो । कानुन पढ्नु भनेको राजनीति गर्नु हो यसैले कानुन पढे पछि शासकीय जातिले थिचोमिचो गर्न हिच्किचाउने तर्क अगाडि सार्दै युवा विद्यार्थीहरुले अध्ययन अनुसन्धानलाई छाड्नु नहुने बताउनु भयो ।
प्रथम उपाध्यक्ष रणवीर सुनुवारले सुनुवार सेवा समाजको भावी कार्यनीति, कोइँचले गर्नु पर्ने राजनीाित र संघीयताको विषयमा सुनुवार सेवा समाजले उठान गरेको अवधारण प्रति जानकारी गराउँदै स्वागत गर्दै कार्यक्रमको उठान गर्नु भएको थियो ।
महासचिव खडोस सुनुवार सञ्चालन गर्नु भएको शुभकामना तथा वधाई कार्यक्रममा कार्यक्रमाध्यक्ष मनप्रसाद सुनुवारले कोइँचको प्रकृति र प्रवृति माथि प्रकाश पार्दै नयाँ जोश र जाँगर सहित सम्मेलनको बेलामा उम्मेदवारी दिने र कार्य समितिमा पसे पनि विस्तारै आदिवासी जनजाति कोइँच संस्थाले गर्नु पर्ने अथाह काम र त्यसका लागि लाग्ने खर्च व्यहोर्ने सर्न्दर्भलाई बुझी सके पछि विस्तार ती सतही विचार बोकेका साथीहरु संगठनबाट बाहिरीने छन् । जसका कारण समितिको आकार संकुचन भएर जाने छ । यस्तो अवस्थामा पनि सुनुवार विद्यार्थी समाजका नव पदाधिकारीहरुले हतोत्सही नभई अगाडि बढ्नु पर्ने र सुनुवार विद्यार्थी समाजको कोइँच पहिचानको लागि गर्ने हरेक काम साथ सहयोग रहने प्रविवद्धता व्यक्त गर्दै कार्यक्रमको बिट मार्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *