All about Sunuwar

News

now browsing by category

 

वल्लो किरात स्वायत्त प्रदेशले संविधान सभा घेराउ

चुप्लु दाम्लोच

१२ जेठ, यालाखोम । सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र अन्य आदिवासी जनजाति संस्थाहरुलगायत वल्लो किरात स्वायत्त प्रदेशको लागि संघर्षरत वल्लो किरात संघीय राज्य परिषदले संविधान सभा घेराउ कार्य शुरु गरेको छ । संविधान सभा नयाँ वानेश्वरको शंखमूल जाने सडकमा धर्ना कार्यकारम आयोजना गरिएको छ । भोलि पनि सोही स्थानमा धर्ना कार्यकाराम हुने छ । यसको लागि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले संविधान सभा घेराउको लागि भोलि पनि उपस्थित हुन हार्दिक अनुरोग गरेका छन् । Read More

आदिवासी जनजातिको आमसभा बसन्तपुर डबलीमा : धेरै जनसंख्या भएका आदिवासी जनजातिले बेलैमा सचिनु पर्ने

चुप्लु दाम्लोच
१० जेठ, यालाखोम । हिजो बेलुकी ९ बुँदे सहमति भए पछि आज वसन्तपुर डबलीमा आदिवासी जनजातिहरु आफ्नो झाँकीसहित शहर परिक्रम गर्दै आमसभामा परिणत भएको छ । तर वल्लो किरात संघीय राज्य परिषदलाई न त आशन ग्रहण गराइयो न त सुनुवार सेवा समाजलाई नै । Read More

बेलायतमा शाँदर पिदार उभौली सम्पन्न

२० मे आइतबारको दिन, फान्ब्रोरो स्थित वकफम स्कुलको कम्यूनिटी हलमा शाँदर पिदार (चण्डी पूजा) उभौली पर्व भव्यताको साथ सम्पन्न भयो । उक्त उभौली शाँदर पिदार कार्यक्रम किराँत सुनुवार सेवा समाज यु.के.को आयोजना तथा संस्थाका अध्यक्ष जंग सुनुवारको संयोजकत्वमा सम्पन्न भएको थियो ।
सचिव छत्र सुनुवारले स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारी गराउनुका साथै चण्डी पर्वको सांस्कृतिक महत्व माथि प्रकाश पार्नुभएपछि संस्थाका अध्यक्ष जंग सुनुवारले आमन्त्रित अतिथि तथा सम्पूर्ण सहभागीहरूलाई स्वागत मन्तव्य तथा येले सम्बत ५०७३ शाँदर पिदारको शुभकामना व्यक्त गर्नुभएको थियो । “किराँतीहरू पितृ, प्रकृति र आत्माको पूजक हौ । भुमी पुत्र किराँतीहरूको साझा पर्व उभौली मनाउनुको सार र महत्व सबै किराँतहरूको एउटै हो । सामुहिक रूपमा पितृदेवको आराधना उपाशना गरी पाकेको नयाँ अन्न बालीको परिकार बनाई चढाउने र नौगी खाने गरिन्छ । Read More

वार्तामा नौ बुँदे सहमति भएपछि समितिले बन्दलगायत आन्दोलनका सबै कार्यक्रम फिर्ता

चुप्लु दामलोच
९ जेठ, यालाखोम । आदिवासी जनजाति संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच अहिले राति भएको वार्तामा नौ बुँदे सहमति भएपछि समितिले बन्दलगायत आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ। वार्तामा प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति थियो।
Read More

शान्ति मन्त्रालयमा अझै वार्ता हुँदै : सहमति खोज्ने प्रयास जारी

चुप्लु दाम्लोच
९ जेठ, यालाखोम । सरकारी वार्ता टोली र आदिवासी जनजाति संघर्ष समितिको वार्ता टोली वीच शान्ति मन्त्रालयमा वार्ता हुँदै छ । सरकारी वार्ता टोलीका चार सदस्य मध्ये तीन सदस्य सहमति नजिक आए पनि नेकपा एमालेका राधा ज्ञावालीका कारण वार्तामा सहमति हुन सकिरहेको छैन । Read More

शान्ति मन्त्रालयमा वार्ता टोलीको प्रवेश : मन्त्री अर्कै बैठकमा व्यस्त

चुप्लु दाम्लोच

९ जेठ, यालाखोम । भर्खरै सरकारले आदिवासी जनजातिको संयुक्त संघर्ष समितिको वार्ता टोलीलाई शान्त्रि मन्त्रालय सिङ्हदरवारमा बोलाएको छ । अहिले वार्ता टोली मन्त्रालयको हलमा प्रवेश गर्दै छन् । तर सरकारी वार्ता टोलीका मन्त्रीहरु भने अर्कै बैठकमा व्यस्ता छन् । यस घटनाले सरकार आदिवासी जनजातिको माग र चाहना प्रति त्यति गम्भिर नभएको भन्ने आदिवासी जनजाति विश्लेषकहरुको भनाइ छ । आदिवासी जनजातिले अघि सारेको चार बुँदे मागप्रति सरकार सहमत भएमा आजसम्मको बन्द स्थागित हुने छ । यदि वार्ता सफल भएन वा सरकार आदिवासी जनजातिको माग प्रति सकारात्मक भएन भने बन्द निरन्तररुपमा जारी रहने पनि संघर्ष समितिमा आवद्ध आदिवासी जनजाति संघसंस्थाहरुको रहेको छ । Read More

अनिस्चीतकालिन वन्दको सम्भावना : कोइँच (सुनुवार)हरु कोटेश्वरमा नेपाल बन्द सफल पार्न

चुप्लु दामलोच
९ जेठ, यालाखोम । आदिवासी जनजाति संयुक्त संघर्ष समिति र सरकार वीच अझै वार्ता हुन सकिरहेको छैन । वार्ता सफल नभए वा सरकारले आदिवासी जनजातिको मागलाई वेवास्ता गरिए नेपाल बन्द अनिस्चीत कालसम्म रहने संघर्ष समिति भनाई बाहिर आएको छ । भोलिको दिनमा आन्दोलनलाई कसरी सशक्त र परिणममूलक बनाउने साथै सरकारी वार्ता टोली सँग कुन कुन विषयमा के कसरी सहमति गर्ने भन्ने विषयमा अहिले भर्खरै अनामनगरमा वसेको आदिवासी जनजाति संयुक्त संघर्ष समितिको बैठक सकिएको छ । जातीय स्वायत्त, श्वाशासन, आत्म निर्णयको अधिकार भएको पहिचान सहितको संघीय राज्य हुनु पर्ने आदिवासी जनजातिको अडान छ । अहिलेसम्म एक अपुष्ट समाचार प्राप्त भएसम्म चार दलले पहिचान सहितको एकल जातिय प्रति सरकार लचिलो भएर प्रस्तुत हुन सक्ने सम्भावना देखिएको छ ।
सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिले पनि तीन दिनदेखि संयुक्त संघर्षको नेतृत्व गरेको छ भने कटरीमा पनि पूर्णरुपमा वन्द सफल भएको जानकारी उपसंयोजक केयरसिह सुनुवारले बतााउनु भयो । यस्तै गरी ओखलढुंगा, झापा, मोरङ, सुनसरी, सिन्दुली, सर्लाही, पाँचथर, इलाममा समेत सुनुवार सेवा समाजले बन्द आब्हान गर्दै सडकमा उत्रेको छ । सुनुवार सेवा समाज केन्द्रीय समिति, सुनुवार विद्यार्थी समाज, वल्लो किरात संघीय राज्य परिषद अहिले कोटेसोर चोकमा जम्मा भएर नाचगान, फेस पेन्ट गर्दै बन्दमा सहभागी भएका छन् । अन्त्र पत्रकार कुटिए ता पनि यहाँ भने पत्रकारलाई सम्मानस्वरुप अबिर जात्रा गर्दै निश्पक्ष भई विन पूर्वाग्राही तथा दुराग्राहीरुपमा समाचार नलेख्न, प्रसारण नगर्न डटपेन पनि दिइएको थियो । आज कोइँचको उपस्थिति हिजोको भन्दा बढी थियो ।