All about Sunuwar

शान्ति मन्त्रालयमा वार्ता टोलीको प्रवेश : मन्त्री अर्कै बैठकमा व्यस्त

चुप्लु दाम्लोच

९ जेठ, यालाखोम । भर्खरै सरकारले आदिवासी जनजातिको संयुक्त संघर्ष समितिको वार्ता टोलीलाई शान्त्रि मन्त्रालय सिङ्हदरवारमा बोलाएको छ । अहिले वार्ता टोली मन्त्रालयको हलमा प्रवेश गर्दै छन् । तर सरकारी वार्ता टोलीका मन्त्रीहरु भने अर्कै बैठकमा व्यस्ता छन् । यस घटनाले सरकार आदिवासी जनजातिको माग र चाहना प्रति त्यति गम्भिर नभएको भन्ने आदिवासी जनजाति विश्लेषकहरुको भनाइ छ । आदिवासी जनजातिले अघि सारेको चार बुँदे मागप्रति सरकार सहमत भएमा आजसम्मको बन्द स्थागित हुने छ । यदि वार्ता सफल भएन वा सरकार आदिवासी जनजातिको माग प्रति सकारात्मक भएन भने बन्द निरन्तररुपमा जारी रहने पनि संघर्ष समितिमा आवद्ध आदिवासी जनजाति संघसंस्थाहरुको रहेको छ ।

आजको वार्ता विफल भएमा आदिवासी जनजाति भोलिदेखि झन सशक्त र आक्रमक हुन सक्ने सम्भावना बढेको छ । अहिले बन्द नेपालभरि जारी रहेको छ । तर खस बाहुनहरुले भने सञ्चार गृह र पत्रकारलाई आक्रमण गरेको गलत अपवाह फैलाइरहेको वन्दकर्ताहरुको भनाइ रहेको छ । सुनुवार सेवा समाज, वल्लो किरात, किरात राइ यायोक्खाले गरेको वा सम्हालेको वन्द क्षेत्र कोटेसोर भने शान्तिपूर्ण र सौहर्दमय छ । कान्तिपुरका एक सम्वाददाता भन्दै थिए यो किरात राज्य भने ठिक रहेछ । पर्यटक, विरामी बोकेको, अस्पताल, विवाह, विद्यालयका गाडी, पत्रकार, सुरक्षाकर्मी, एम्बुलेन्सलाई निर्वादरुपमा आवतजावत गर्न दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *