All about Sunuwar

शान्ति मन्त्रालयमा अझै वार्ता हुँदै : सहमति खोज्ने प्रयास जारी

चुप्लु दाम्लोच
९ जेठ, यालाखोम । सरकारी वार्ता टोली र आदिवासी जनजाति संघर्ष समितिको वार्ता टोली वीच शान्ति मन्त्रालयमा वार्ता हुँदै छ । सरकारी वार्ता टोलीका चार सदस्य मध्ये तीन सदस्य सहमति नजिक आए पनि नेकपा एमालेका राधा ज्ञावालीका कारण वार्तामा सहमति हुन सकिरहेको छैन । यो आदिवासी जनजातिको लागि सोचनीय विषय बनेको छ । कुन राजनीतिक पार्टी आदिवासी जनजात्रि्रति कति उत्तरदायी र उनीहरुको माग सम्बोधन गर्न तत्पर छन् भन्ने बुझन जरुरी भएको आदिवासी जनजाति विज्ञहरु बताउँछन् । यतिवेला बाहिर सहमति भएको हल्ला छ भने माओवादीको सिंहदरवार घेराउ कार्यक्रम विफल पारे जस्तै नेपाल उद्योग बाणिज्य महासंघले सद्भाव रेली नाम दिएर आदिवासी जनजातिको मागलाई तुहाउने प्रपञ्च रचिएको समाचार पनि प्राप्त भएको छ । प्रत्येक उद्योग कम्पनीबाट अनिवार्यरुपमा कर्मचारीहरु उपस्थिति हुनुपर्ने उर्दी मालिकहरुबाट जारी भएको हल्ला अहिले व्यापक भएको छ । पत्रकारहरुले पनि आदिवासी जनजाति विरुद्ध रेली निकाल्ने हल्ला चलेको छ ।
उता आदिवासी जनजाति संघर्ष समितिले भने वार्ता विफल भए नेपाल बन्द थप आक्रमकरुपमा अगाडि बढाइने र वार्ता सफल भए पनि भोलि विशाल रेली गरेर आमसभामा परिणत गरेर सौहार्दपूर्वक सम्पन्न गर्ने जानकारी सूचना जारी गरेको छ । सबै आदिवासी जनजातिहरुलाई भोली पनि विहान पाँच बजेदेखि अहिले आफू खटिएको क्षेत्रमा उपस्थित हुन अनुरोध गरिएको छ ।
यसै द्विविधामा आम नेपाली जनता रहेका छन् । सरकारी वार्ता टोलीको लाहपरवाहीले जनतालाई त्रस्त पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *