All about Sunuwar

आदिवासी जनजातिको आमसभा बसन्तपुर डबलीमा : धेरै जनसंख्या भएका आदिवासी जनजातिले बेलैमा सचिनु पर्ने

चुप्लु दाम्लोच
१० जेठ, यालाखोम । हिजो बेलुकी ९ बुँदे सहमति भए पछि आज वसन्तपुर डबलीमा आदिवासी जनजातिहरु आफ्नो झाँकीसहित शहर परिक्रम गर्दै आमसभामा परिणत भएको छ । तर वल्लो किरात संघीय राज्य परिषदलाई न त आशन ग्रहण गराइयो न त सुनुवार सेवा समाजलाई नै । धेरै जनसंख्या भएका आठ आदिवासी जनजातिलाई मात्र कार्यक्रममा बोल्न र आशन ग्रहण गराइएको थियो । धेरै जनसंख्या भएका आदिवासी जनजाति विशेष गरी नेवार, गुरुङ, मगर, तामाङ, र्राई, लिम्बुका अन्य भारेभुरे संस्थाका प्रतिनिधिसमेतलाई आशन ग्रहणमा बोलाइएको थियो । यस कार्यक्रमका सञ्चालक किरात र्राई यायोक्खाका महासचिव चन्द्रविक्रम र्राई थिए । विहान संघर्ष समितिको वैठकमा वल्लो किरातका वारेमा सम्बोधन गर्ने सहमति भएको थियो तर कार्यक्रममा कतै पनि वल्लो किरातको उच्चारण गरिएन ।
यसरी धेरै जनसंख्या भएकाले थोरै जनसंख्या भएका आदिवासी जनजातिहरुमाथि आफ्नो विचार लाद्ने र थिचोमिचो गर्ने हो भने खस-बाहुन र आदिवासी जनजाति भन्नुमा कुनै अर्थ नरहेको थोरै जनसंख्या भएका आदिवासी जनजातिको गुनासो रहेको छ । आदिवासी जनजाति कोइँचको हकमा भन्नु पर्दा कोइँचहरुको भूमि तामाङ र शेर्पाहरुले अतिक्रमण गरेका छन् भने संस्कार र संस्कृति तथा शासकीय दमन गर्ने नेवारहरु हुन् । शाहहरु कोइँच मुलुकमा पस्दा नेवारहरुले कोइँचको भूमि वल्लो किरातमाथि दमन र शोषण गरिरहेका थिए । उता शेर्पाहरुले पनि कोइँचको भूमि अतिक्रमण गर्ने कोइँचलाई दुःख दिने काम गर्दै आएको इतिहास साँक्षी छ । यसैले अबको आन्दोलन वा व्रि्रोह वा युद्धा खस क्षेत्री बाहुनहरुसँग त हो नै नेवार, तामाङ, सेर्पाहरुसँग पनि हो । कोइँचलाई आफ्नो पुर्ख्यौली थलोबाट विस्थापित गर्ने गराउने नेवार, तामाङ र सेर्पा पनि हुन् भन्ने कुनै पनि कोइँचले विर्सनु हुन्न । अझै पनि नेवार इष्ट हुँदैन बाउ दुष्ट हुँदैन, तामाङलाई बन नदिनु बाहुनलाई मन नदिनु भन्ने उखान कोइँच गाउँमा यत्रतत्र सुन्न पाइन्छ ।
आजको आदिवासी जनजातिको आमसभाले यही उखानलाई सम्झाउँथ्यो । एउटा निरङ्कुश राजा फालेर फेरि नयाँ अरु भारेभुरे राजको जन्म दिन खोजिएको हो कि भन्ने शंका थोरै जनसंख्या भएका आदिवासी जनजातिमा  परेको छन् । यदि धेरै जनसंख्या भएका धक धम्कीमा वा जवर्जस्ती बलमिचाइले थोरै जनसंख्या भएका आदिवासी जनजातिको भावना र चाहनालाई सही र समान ढंगले सम्बोधन नहुने हो भने गम्भीर दुर्घटना पनि हुने संकेत देखाएको छ ।
एकातिर तीन ठूला पार्टी मध्ये नेकपा एमाले र काङ्ग्रेसले पार्टीको निर्देशन विपरीत नजाना आफ्ना सभासदहरुलाई पहिचान सहितको जातिय राज्यको पक्षमा कुनै विचार वा मत जाहेर नगर्न निर्देशन जारी गरेको छ भने तीनै पार्टीका भातृ संगठनलाई समेत आमसभामा मञ्च दिइएको थियो । ठूला पार्टीका सभासद सुरेश आले र संयुक्त संघर्ष समितिका सचिव परशुराम तामाङले भने हिजो नै नौ बुँदे सहमतिलाई विजय ठानेर विजयोत्सव मनाउने तर्क राखेका थिए । यसरी वार्ता टोलीभित्रै पनि ठूला पार्टीबाट आदिवासी जनजातिको नाममा आसेपासे हुलेर आदिवासी जनजात्रि्रति जालझेल गरिएको हो कि भन्ने शंकाउपशंका आम आन्दोलित आदिवासी जनजातिमा उब्जिएको छ ।
३७ प्रतिशत आदिवासी जनजातिको धाक रवाफ दिँदै थोरै जनसंख्या भएका आदिवासी जनजातिलाई सडकमा ओरालेर अन्तमा धेरै जनसंख्या भएका आदिवासी जनजातिहरुको हकहित र पक्षमा मात्र वाकलता गरेर खास बाहुनहरु गाली गर्नुको कुनै अर्थ रहने छैन । सरकारसँग सामन्य सहमति जारी हुँदै त आफ्नो असली चरित्र पस्किने धेरै जनसंख्या भएका आदिवासी जनजातिहरुले भोली जातिय पहिचान सहितको प्रदेश प्राप्त गर्दा उनीहरुको रवाफ कतै खस-वाहुनले दिएको उत्पीडन भन्दा बढी त हुँदैन भन्ने शंका गर्ने ठाउँ प्रशस्त भएको हो कि ! यसैले धेरै जनसंख्या भएका आदिवासी जनजातिले बेलैमा सचिनु पर्ने हो कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *