All about Sunuwar

अनिस्चीतकालिन वन्दको सम्भावना : कोइँच (सुनुवार)हरु कोटेश्वरमा नेपाल बन्द सफल पार्न

चुप्लु दामलोच
९ जेठ, यालाखोम । आदिवासी जनजाति संयुक्त संघर्ष समिति र सरकार वीच अझै वार्ता हुन सकिरहेको छैन । वार्ता सफल नभए वा सरकारले आदिवासी जनजातिको मागलाई वेवास्ता गरिए नेपाल बन्द अनिस्चीत कालसम्म रहने संघर्ष समिति भनाई बाहिर आएको छ । भोलिको दिनमा आन्दोलनलाई कसरी सशक्त र परिणममूलक बनाउने साथै सरकारी वार्ता टोली सँग कुन कुन विषयमा के कसरी सहमति गर्ने भन्ने विषयमा अहिले भर्खरै अनामनगरमा वसेको आदिवासी जनजाति संयुक्त संघर्ष समितिको बैठक सकिएको छ । जातीय स्वायत्त, श्वाशासन, आत्म निर्णयको अधिकार भएको पहिचान सहितको संघीय राज्य हुनु पर्ने आदिवासी जनजातिको अडान छ । अहिलेसम्म एक अपुष्ट समाचार प्राप्त भएसम्म चार दलले पहिचान सहितको एकल जातिय प्रति सरकार लचिलो भएर प्रस्तुत हुन सक्ने सम्भावना देखिएको छ ।
सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिले पनि तीन दिनदेखि संयुक्त संघर्षको नेतृत्व गरेको छ भने कटरीमा पनि पूर्णरुपमा वन्द सफल भएको जानकारी उपसंयोजक केयरसिह सुनुवारले बतााउनु भयो । यस्तै गरी ओखलढुंगा, झापा, मोरङ, सुनसरी, सिन्दुली, सर्लाही, पाँचथर, इलाममा समेत सुनुवार सेवा समाजले बन्द आब्हान गर्दै सडकमा उत्रेको छ । सुनुवार सेवा समाज केन्द्रीय समिति, सुनुवार विद्यार्थी समाज, वल्लो किरात संघीय राज्य परिषद अहिले कोटेसोर चोकमा जम्मा भएर नाचगान, फेस पेन्ट गर्दै बन्दमा सहभागी भएका छन् । अन्त्र पत्रकार कुटिए ता पनि यहाँ भने पत्रकारलाई सम्मानस्वरुप अबिर जात्रा गर्दै निश्पक्ष भई विन पूर्वाग्राही तथा दुराग्राहीरुपमा समाचार नलेख्न, प्रसारण नगर्न डटपेन पनि दिइएको थियो । आज कोइँचको उपस्थिति हिजोको भन्दा बढी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *