All about Sunuwar

वल्लो किरात स्वायत्त प्रदेशले संविधान सभा घेराउ

चुप्लु दाम्लोच

१२ जेठ, यालाखोम । सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र अन्य आदिवासी जनजाति संस्थाहरुलगायत वल्लो किरात स्वायत्त प्रदेशको लागि संघर्षरत वल्लो किरात संघीय राज्य परिषदले संविधान सभा घेराउ कार्य शुरु गरेको छ । संविधान सभा नयाँ वानेश्वरको शंखमूल जाने सडकमा धर्ना कार्यकारम आयोजना गरिएको छ । भोलि पनि सोही स्थानमा धर्ना कार्यकाराम हुने छ । यसको लागि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले संविधान सभा घेराउको लागि भोलि पनि उपस्थित हुन हार्दिक अनुरोग गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघबाट जारी सूचना :

जेठ १३ र १४ संविधानसभा घेराउ र सडक प्रर्दशन
आदिवासी जनजाति संयुक्त संघर्ष समितिको कार्य समितिको वैठक आज मिति २०६९ जेठ ११ गते काठमाडौमा संम्पन्न भयो । वैठकले जेठ ६ गतेको जनप्रर्दशन र जेठ ७, ८ र ९ गतेको नेपाल बन्दको समिक्षा गर्नुको साथै जेठ १४ गते सम्मको कार्यक्रम घोषणा गरेकोछ । काठमाडौ र बाहिरी जिल्लाहरुमा जेठ ६ गतेको जनप्रर्दशन मसाल जुलुस र जेठ ७, ८ र ९ गतेको तिन दिने नेपाल बन्द पूर्ण सफल, उत्कृष्ट एवं विशाल मानव सागर सहभागी आदिवासी जनजाति ऐतिहांसिक आन्दोलन र नेपालको सन्र्दभमा जनआन्दोलन दोश्रोको रुपमा परिभाषित गरियो । आन्दोलनमा भाए सवल पक्षहरुलाई पूँजीकृत गर्दै र भएको कमिकमजोरलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरियो ।

भावि कार्यक्रमको सन्र्दभमा
नेपाल सरकार र संर्घष समिति बीच भएको ९ वुंदे सझौता कार्यान्वयन गराउन, जातिय पहिचानको आधारमा राज्यको पुनसंरचना गराउन र जातिय पहिचानमा आधारित संघीयता सहितको संविधान जेठ १४ गते भित्र जारी गराउन दवाव दिने उद्देश्यले जेठ १३ र १४ गते काठमाडौ उपत्याकामा संविधानसभा घेराउ र बाहिरी जिल्लाहरुमा सडकमा जनप्रर्दशन गर्ने निर्णय भएकोछ ।

काठमाडौंमा संविधानसभा घेराउ र बाहिरी जिल्लामा जनप्रर्दशनलाई व्यवस्थित बनाउन जातिय संगठनका अध्यक्षज्यहरु र जिल्ला समन्वय परिषदका अध्यक्षज्यूहरुबाट समन्वयकारी भूमिकाको अपेक्ष गरिएकोछ । दुई दिनको कार्यक्रमको लागी आवश्यक पानी, टोइलेट, स्वयक सेवक, प्राथमिक ओषधी उपचार, माईक, सांस्कृतिक प्रर्दशन, गीत, कविता वाचन र वक्ताहरुको अग्रीम तयारको लागि सबैलाई हार्दिक अनुरोधछ ।

संविधानसभा घेराउ गर्ने स्थानहरुः
संविधानसभाको उत्तर पट्टी ( सिठ्ठी जुलुस बसेको स्थान) देखि पुरानो बानेश्वर चोकसम्म शेर्पा स्वायत्त प्रदेश कार्यान्वयन संर्घष समिति, लामा भोटे स्वायत्त कार्यान्वयन संर्घष समिति र हिमाली क्षेत्रका सबै आदिवासी जनजातिका जातिय संगठनहरु

मिन भवन ट्रली बसको चोक ः तामसलिङ, किराँत र लिम्बुवान स्वायत्त प्रदेश कार्यान्वयन संर्घष समिति र पहाडी क्षेत्रका आदिवासी जनजातिका जातिय संगठनहरु
कृष्ण टावर अगाडी नेवाः तमुवान र मगरात स्वायत्त प्रदेश कार्यान्वयन संघर्ष समिति र पहाडका आदिवासी जनजातिका जातिय संगठनहरु

शंखमूल तर्फको बाटोमा, थरुहट, वल्लो किराँत स्वायत्त प्रदेश कार्यान्वयन संर्घष समिति, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, अल्पसंख्या सिमान्तकृत आदिवासी जनजाति सञ्जाल र तराई र भित्री तराईका आदिवासी जनजातिको जातिय संगठनहरु

पुनश्च ः आदिवासी जनजाति संयुक्त संर्घष समिति गठन नभएका जिल्लाहरुमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको नामबाट जनप्रर्दशन सम्पन्न गर्न जिल्ला समन्वय परिषदका अध्यक्षहरुलाई यो सरकुर्लर जारी गरिएकोछ ।

कृपाय यो सूचनालाई सबैलै कम्तिमा ५० जना साथीहरुलाई पठाउनुस । आदिवासी जनजातिको अधिकारको लागि जेठ १३ र १४ सबै आदिवासी घर छाडेर कार्यक्रममा सहभागी हौ ।

आङ काजी शेर्पा किसान
महासचिव
नेपाल आदिवासी जनजाति महासंघ

4 Comments to वल्लो किरात स्वायत्त प्रदेशले संविधान सभा घेराउ

  1. Chandra Pks Sunuwar says:

    Please help the president of Wallo Kirant (Mana Prasad Sunuwar) as much as you can by all means (tan, man, bachan ani karma) because this struggle or revolution is belongs to your future, your motherland and your future descendants.Therefore I have personal appeal and request bowing down with joining ten fingers in front of you all the people (son and daughter of Wallo Kiranti soil). Please be united for the sake of your bright future and self respect as great kiranti race leaving all differences aside.I would also like to give personal thanks for the particular person (Uttam katicha) for his all good karmas.

  2. Chandra Pks Sunuwar says:

  3. Chandra Kumar Sunuwar says:

    This is golden opertunity because if we lost this chance we can not get our right.We have to fight till our aim is not achived so I have personal request to all of SUNUWAR mother,father,brother,sister,student,teacher join hand with our society make success our goal.

    Thank you everybody

    Chandra Kumar Sunuwar (Noplicha)

  4. Chandra Kumar Sunuwar says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *