All about Sunuwar

News

now browsing by category

 

सुसेस वार्षिक साधारणसभाको बन्द सत्र शुरु

सुनुवार सेवा समाज केन्द्रीय समितिको वार्षिक साधारणसभाको दोस्रो सत्र भर्खरै शुरु भएको छ । यस क्रममा विभिन्न जिल्लाबाट आउनुभएका प्रतिनिधिहरुको आसनग्रहणको क्रम जारी रहेको छ ।
केही समयपश्चात बन्दसत्रको औपचारिक कार्यक्रम शुरुहुँदै छ ।

सुनुवार सेवा समाजको वाषिर्क साधारण सभा अहिले

सुनुवार सेवा समाजको वाषिर्क साधारण सभा अहिले सुनुवार सेवा समाजको भावनामा उद्घाटन भएको छ । विभिन्न जिल्ला गाउँबाट आएका प्रतिनिधिबाट सुनुवार सेवा समाजको प्रगति विवरण तथा भावी नीति कार्यक्रमसम्बन्धी विषयमा छलफल गरिँदै छ ।

सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क

चुप्लु दामलोच
२१ जेठ, यालाखोम । आज अहिले कोइँच लगायत आदिवासी जनजातिहरुले मंगलबाजार पाटन दरबारक्षेत्रमा जनसभा तथा झाँकी प्रस्तुत गर्दै छ । नेपालको राजनीतिमा सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क आदिवासी जनजातिको रहेको छ । यही कुराको पर्दाफास गर्न अहिले आदिवासी जनजाति नेताहरुले स्थानीयस्तरमा कार्यक्रम गर्ने भएको छन् । Read More

जलविधुत विकास तथा स्वतन्त्र पूर्व सुसुचित मञ्जुरीको अधिकार

सुनुवार डट ओआरजि समाचारदाता

२० जेठ, यालाखोम । कोइँच (सुनुवार)को पुख्र्यौली थलोको प्राकृतिक स्रोत माथिको नाङ्गो हस्ताक्षेप भएको विरुध्द एसियाको आदिवासीहरुको प्रतिनिधिमूलक संस्था एसियन इन्डिजिनिस पिपुल्स प्याक्ट थाइल्याण्ड बाट लिखु ४ को अध्यायन प्रतिवेदन प्रकाशित भएको छ । कोइँच बस्तीमा लिखु ५, खिम्ती २ जल विधत अर्को परियोजना अध्ययन क्रममा छ । यो अध्ययन सुनुवार सेवा समाज, लाहुर्निप र एआइपिपि लागि शंकर लिम्बु, भिम राईको बिशेष सल्लाह र निर्देशनमा कोइँचबु काःतिच (उत्तम) र रणवीर सुनुवारले गरेका छन् । अध्ययन रिर्पोट हेर्न यहाँ किल्क गर्नुहोस्

पर्ूव आदिवासी जनजाति सभासद्सभा (ककस) को प्रेस विज्ञप्ती

र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अभिमतबाट गठन भएको विश्वमा नै नमूना मानिएको समावेशी र समानुपातिक प्रतिनिधित्व भएको संविधानसभा नेपालका तीन राजनीतिक दल र मधेशी मोर्चाका नेताहरुको अकर्मण्यता र प्रतिगामी अडानका कारण मृत घोषित भएको छ । Read More

वाच्पु शाँदार पिदारका केहि झलकहरु

ओखलढुंगा जिल्ला पोकलि गा.वि.स वाच्पुमा शाँदार पिदार यसपाली परम्परागत नभै सबै गाउँले मिलेर सुनुवार सेवा समाजको आयोजनामा चोखो शाँदार पिदार गरेका छन् । केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

वल्लो किरात स्वायत्त प्रदेशले संविधान सभा घेराउ

सुनुवार डट ओआरजि समाचारदाता
१४ जेष्ठ,  यालाखोम । आज पनि सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र अन्य आदिवासी जनजाति संस्थाहरुलगायत वल्लो किरात स्वायत्त प्रदेशको लागि संघर्षरत वल्लो किरात संघीय राज्य परिषदले  संविधान सभा नयाँ वानेश्वरको शंखमूल जाने सडकमा धर्ना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा नाराहरुका साथै बिभिन्न संग सस्थाहरुका प्रतिनिधिबाट मन्तव्य, गित तथा सुनुवारहरुको श्याँदर सिल पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रम सकिए लगतै सम्पूर्ण जनजातिहरु मिलेर संयूक्त रुपमा रतभर दबाब दिनका निम्ती नयाँबानेश्वर एभरेष्ट होटेल अगाडी नारा लगाउदै बसेका छन् ।