News
now browsing by category
मातृभाषा पहिचानको मूल आधार हो
सुनुवार डट ओआरजि समाचारदाता
२२ भदौ, यालाखोम । ‘भाषा मरे संस्कृति मर्छ । संस्कृति मरे जाति मर्छ । यो चलनचल्तीको बोली भइ सकेको छ । वास्तवमा यो धु्रवसत्य पनि हो । हाम्रो भाषा मरेमा हामीले गर्ने संस्कार संस्कृतिको कुनै अर्थ रहँदैन । अहिले मूल वस्तीबाट बाध्येतावाश वा करबलले टाढा रहेको कोइँचमा यसको प्रभाव जटिल देखिएको छ । यसैले क्युइँतबु कल्याण कोषलेअ आफ्नो आठौं वर्षको उपलक्ष्यमा आफ्नो मुखपत्र जत्नमुइलिलाई कोइँच साहित्य विशेषङ्क प्रकाशन गरेर कोइँच पहिचान अक्षुण्ण राख्ने काम गरेर स्तुतियोग्य कार्य गरेको छ । अहिले देश पहिचानको संकटमा छ । यसैले हरेक कोइँच थरिकुटिहरु यसरी नै पहिचानको पक्षमा एकजुट हुनु परेको छ । यहाँ केही कोइँच हुन नसकेकाहरुले कोइँच पहिचानलाई पुनः दाउमा राखेर नामोनिसाना नमेट गर्ने चलखेल पनि भइरहेको पाइएको छ । यसैले अबको संविधान सभामा सबै कोइँच पहिचानको पक्षमा एक जुट भएर उभिनु पर्छ अनि मात्र हाम्रो असली मुक्ति हुन्छ ।’ प्रमुख अतिथि सुनुवार सेवा समाजका
अध्यक्ष मनप्रसाद सुनुवारले क्युइँतबु कल्याण कोषको आठौं वार्षिकोत्सवलाई सम्बोधनको क्रममा सबै कोइँचहरुलाई आव्हान गर्नु भयो ।
विगतको वर्षमा जस्तै यस वर्षमा पनि क्युइँतिचहरुको कार्यक्रम गर्ने दिन उपत्यका बन्द भएको हुँदा निर्धारित समयभन्दा एक घण्ट पछिबाट शुरु भए पनि कार्यक्रम उद्घाटन कोइँच परम्परानुसार जोर सागुन राखेर पिदार गरी दुमो गुइँगुइँ बजाएर गरिएको थियो । Read More
सुनुवार सेवा समाज ललितपुरमा नयाँ कार्य समिति निर्वाचित
सुनुवार डट ओआरजि समाचारदाता
१९ भदौ, यालाखोम । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको चौथो जिल्ला सम्मेलनले चन्द्रप्रकाश सुनुवारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिमा गठन भएको छ । सुनुवार सेवा समाजको विधानानुसार प्रत्येक दुइ दुइ वर्षमा जिल्ला सम्मेलन गरेर नयाँ कार्य समिति चयन गर्ने प्रावधान भए पनि विशेष कारण सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको जिल्ला सम्मेलन एक वर्ष ढिला गरी सम्पन्न भएको छ । सो सम्मेलनबाट उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः नेत्रबहादुर सुनुवार, देविका सुनुवार, रुपक सुनुवार, श्याम सुनुवार, भुबानि सुनुवार, दिपा सुनुवार, फत्तामाया सुनुवार, प्रेमा सुनुवार, मदन सुनुवार, खजेन्द्रविक्रम सुनुवार, किशोर सुनुवार, शिवराज सुनुवार रहेका छन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानको लागि सबै कोइँच एक हुनु पर्ने बताउँदै नयाँ कार्य समितिले सुनुवार सेवा समाजले अगाडि सारेको वल्लो किरात स्वायत्त प्रदेशको वारेमा तदारुकताका साथ अगाडि बढ्ने आशा व्यक्त गर्नु भएको थियो । क्युइँतबु कल्याण कोष, सुनुवार विद्यार्थी समाज, किरात र्राई यायोक्खा, किरात याक्थुङ चुम्लुङका अध्यक्षले पनि भाषा, धर्म, कला संस्कृति कोइँचको पहिचान भएको हुँदा बालबालिकाहरुलाई आकर्षण हुने कार्यक्रम सुनुवार सेवा समाजले ल्याउनु पर्ने बताएका थिए र्।र्
इश्वरकिरण सुनुवार, इन्द्रकुमार सुनुवार, मुना मुखिया सम्मिलित निर्वाचन समितिले ललितपुर जिल्ला सम्मेलनमा नयाँ कार्य समिति चयन गराउने जिम्मेवारी लिएको सो सम्मेलनमा ललितपुर सुनुवार सेवा समाजले शव वहान सेवा सञ्चालन गरेर देशको सबैतिर कोइँचको पहिचान पस्किन सकेकोमा गर्व गर्दै हाल संस्थामा पन्चनब्बे हजार तीन सय सताइस रुपैंया अठासी पैंसा वचत रहेको संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
सो सम्मेलनमा संस्थाको मुखपत्र शाक-कार-पोः पनि सार्वजानिक गरिएको थियो ।
कोइँच साहित्य अब श्रव्यदृश्यमा
चुप्लु दाम्लोच
भदौ, यालाखोम । चुप्लु समाजले भाषाको लागि साहित्य अभियानसहित हालसम्म कोइँच मातृभाषामा कविता, गीत, गजल, यात्रा संस्मरण, कथा, लोककथा, हाँस्यव्याङ्ग्य, निबन्ध र उपन्यास प्रकाशन गरिसकेको छ । ती साहित्यहरुमा एक दुइ वटा कविताको श्रव्यदृश्य दुदा भिडीयो म्यागेजिन र सुनुवार डट ओआरजिसँगको सहकार्यमा उत्पादन गरिसकेको छ । अब चुप्लु समाजले सुसेस काठमाडौं जिल्ला समितिले सञ्चालन गरेको कोइँच लोः सिकौं भाषा प्रशिक्षणका प्रशिक्षार्थीहरुसँग मिलेर कोइँच मातृभाषाको साहित्यलाई श्रव्यदृश्यमा उतार्ने भएको छ । यो कार्यक्रममा क्युइँतबु कल्याण कोष, सुनुवार सेवा समाज संस्कृति तथा अनुशन्धान विभाग, सुनुवार सेवा समाज, ललितपुर, सुनुवार डट ओआरजि र दुरदा सञ्चार गृहको सहभागिता रहने छ । साथै भाषा संस्कृति प्रेमी कोइँचहरुलाई उक्त कार्यमा सहयोग गर्न चुप्लु समाजले हार्दिक अपिल गरेको छ ।
Read More
तीन पुस्तक विमोचित
पाम बा. सुनुवार, सुनुवार डट ओआरजी ।
ल. पु. भदौ १५ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सभा हलमा एकै साथ तीन किराती स्रष्टाहरुको कृतिहरु लोकार्पण गरियो । कवि÷साहित्कार अतित मुखियाको आदिवासी सौन्दर्यशास्त्र थेःनिको एक सैदान्तिक अध्ययन, लेखिका बिना प्रोन्ज्योस खालिङको वास् दर्पण तथा डा. लाल शाँःकारेलु रापचाको रिमाचमा हिरसि नाम कृतिहरु एकै साथ लोकार्पण गरियो । कृति इमानसिँ चेम्जोङ मेमोरियल फाउण्डेशनका अध्यक्ष एबं पुर्व डि. आइ. जी. हाङसिङ चेमजोङ, प्रा. डा. तारालाल श्रेष्ठ र तथा प्रा. डा. विष्णुसिङ राईले कृतिको एकै साथ विमाचन गर्नु भयो । कार्यक्रममा बोल्दै कवि विक्रम सुव्वाले हाल बजाइँदै गरेको आदिवासीगानमा कहींकतै पनि आदिवासीहरुको कुनै पनि बाजाहरुको प्रयोग नभएको उल्लेख गर्दै यो भारतीय शास्त्रीय व्याकरणबाट प्रभावित भएकोले यसले आदिवासी जनजातिहरुको मर्म बोक्न नसक्ने बताउनु भयो । आदिवासीहरुको सँगीतको व्याकरण पुर्वीय चिनियाँ व्याकरणसँग मेल खाने बताउँदै उहाँले सो सम्बन्धि विशेष अध्ययन अनुसन्धानको आवश्यक्ता रहेको बताउँदै त्यतातिर हालसम्म कसैको ध्यान नगएको औल्याउनु भयो । साथमा उहाँको एक कविता वाचनमा सबै सहभागीहरुले साथ दिएका थिए । डा. लाल शाँकारेलु रापचाले कार्यक्रम संचालन तथा विमोचित पुस्तकको समिक्षा गर्नु भएको थियो । त्यस्तै प्रा. डा. तारालाल श्रेष्ठले सवाल्टर्न साहित्यको चर्चा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
किराँत सुनुवार सेवा समाज युकेका अध्य्क्ष पर्यवेक्षकमा छनौट
भवना परिस्कृत
लण्डन, भदौ l
यतिखेर बेलायतमा गैर आवासीय नेपाली संघ युके को निर्वाचनको बिषयलाई लिएर युके बासी नेपालीहरु बीच चर्चा परिचर्चाले ब्यापकता लिएको छ l आगामी १५ सेप्टेम्बर २०१३ मा हुन गैरहेको पुरानो निर्बाचन समितिलाई भंग गर्दै २५ अगस्त २०१३ आइतबारको दिन एन आर एन यु के का बर्तमान बरिष्ठ उपाध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा एक बिशेष सभा बसेको थियो l उक्त सभाले पुरानो निर्बाचन समितिप्रति विभिन्न कारणले आफ्नो असहमति जनाउँदै नया निर्बाचन समितिको गठन गरेको छ, यसै क्रममा ९ जना निर्वाचन पर्यवेक्षक समिति समेत सभाले गठन गरेको छ l जसमा किसुसेस युके का अध्यक्ष जंग सुनुवार पनि पर्यवेक्षकमा छनौट हुनु भएको छ l
सुसेस हाँवा गाउँ समिति गठन : काम, कर्तव्य वारे स्पष्टता
चुप्लु दाम्लोच
सुनुवार सेवा समाज जिल्ला तदर्थ समिति दोलखाले हाँवा गाउँ सम्मेलन सम्पन्न गरेको छ । लगभग सुनुवार सेवा समाज स्थापनाकालकै समयमा हाँवा गाउँ समिति गठन गरे पनि त्यसले सोचे अनुसार द्रुत गतिमा आफ्नो कार्य अगाडि बढाउन सकिरहेको थिएन । भर्खरै जिल्ला तदर्थ समितिले गाउँ सम्मेलन सम्पन्न गरी सुनिलकुमार सुनुवारको अध्यक्षतामा ११ सदस्यीय गाउँ समितिको गठन गरेको छ । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः रजिना, गंगा, नरध्वज, अमृत, केदारराज, अन्जु, भिमकुमार, सन्तोषी, भोजराज र तिलकबहादुर सुनुवार रहेका छन् । Read More
काठमाडौं कोइँच श्रव्यदृश्य स्त्रिmनिङ
सुनुवार डट ओआरजी समाचारदाता ।
यालाखोम, ९ भदौ । सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले चुप्लु समाज, सुनुवार डट ओआरजिसँग सहकार्य गर्र्दै काठमाडौं कोइँच श्रव्यदृश्य स्त्रिmनिङ गरियो । सुनुवार सेवा समाजको भवन कोटेश्वरमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले रजत वर्षो उपलक्ष्यमा प्रत्येक शनिवार साप्ताहिक भाषा प्रशिक्षणसँगसँगै २०६४ मा तयार गरिएको अमृत सुनुवारको “शाँदार पिदार” वृत्तचित्र, पाम सुनुवारको म्युजिक भिडियो “चुइँचिमा” र “थोलेदेम्बा” र आशिष सुनुवारको “क्योङ” देखाइएको थियो । सो कार्यक्रमलार्इ सम्बोधन गर्ने क्रममा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले भन्नु भयो, “हिजो हाम्रो पुर्खाले यो गरेनन् त्यो गरेनन् भनेर टिकाटिप्पणी गर्नु भन्दा पनि हामीले हाम्रो पछिल्लो पुस्तालाई के छाडेर जाँदै छौं भन्ने कुरा युवा पुस्ताले सोच्नु पर्छ । हिजो हामीलाई हाम्रो भाषा संस्कृतिको वारेमा लेख्न, भन्न प्रतिवन्ध थियो । अहिले हाम्रो भाषा संस्कृतिको बारेमा भन्न लेख्न स्वतन्त्रता त छ तर हाम्रो संस्कार संस्कृति हराइसकेको छ । त्यसैले हामी हाम्रो पहिचान अक्षुण्ण राख्न सबै जाग्नु परेको छ । सबैले आफ्नो भाषा संस्कृति जानी राख्नु परेको छ । भाषा संस्कृति हरायो भने हामी हराउँछौं । हामी कोइँच हौं भन्ने कुनै आधार रहँदैन । पहिचान गुमाएर उत्पीडनमा बसेर राष्ट्रियता दिगो रहँदैन यसैले हामी आदिवासी जनजातिलाई आत्मनिर्णयको अधिकार आवश्यकता छ । कुनै पनि व्यक्ति उत्पीडन सहेर बस्न रुचाउँदैन । पहिचान पहिलो कुरा हो । पहिचान हराएर हामी नेपाली बन्न सक्दैनौं । Read More
