All about Sunuwar

मातृभाषा पहिचानको मूल आधार हो

IMG_7069सुनुवार डट ओआरजि समाचारदाता
२२ भदौ, यालाखोम । ‘भाषा मरे संस्कृति मर्छ । संस्कृति मरे जाति मर्छ । यो चलनचल्तीको बोली भइ सकेको छ । वास्तवमा यो धु्रवसत्य पनि हो । हाम्रो भाषा मरेमा हामीले गर्ने संस्कार संस्कृतिको कुनै अर्थ रहँदैन । अहिले मूल वस्तीबाट बाध्येतावाश वा करबलले टाढा रहेको कोइँचमा यसको प्रभाव जटिल देखिएको छ । यसैले क्युइँतबु कल्याण कोषलेअ आफ्नो आठौं वर्षको उपलक्ष्यमा आफ्नो मुखपत्र जत्नमुइलिलाई कोइँच साहित्य विशेषङ्क प्रकाशन गरेर कोइँच पहिचान अक्षुण्ण राख्ने काम गरेर स्तुतियोग्य कार्य गरेको छ । अहिले देश पहिचानको संकटमा छ । यसैले हरेक कोइँच थरिकुटिहरु यसरी नै पहिचानको पक्षमा एकजुट हुनु परेको छ । यहाँ केही कोइँच हुन नसकेकाहरुले कोइँच पहिचानलाई पुनः दाउमा राखेर नामोनिसाना नमेट गर्ने चलखेल पनि भइरहेको पाइएको छ । यसैले अबको संविधान सभामा सबै कोइँच पहिचानको पक्षमा एक जुट भएर उभिनु पर्छ अनि मात्र हाम्रो असली मुक्ति हुन्छ ।’ प्रमुख अतिथि सुनुवार सेवा समाजका

अध्यक्ष मनप्रसाद सुनुवारले क्युइँतबु कल्याण कोषको आठौं वार्षिकोत्सवलाई सम्बोधनको क्रममा सबै कोइँचहरुलाई आव्हान गर्नु भयो ।

विगतको वर्षमा जस्तै यस वर्षमा पनि क्युइँतिचहरुको कार्यक्रम गर्ने दिन उपत्यका बन्द भएको हुँदा निर्धारित समयभन्दा एक घण्ट पछिबाट शुरु भए पनि कार्यक्रम उद्घाटन कोइँच परम्परानुसार जोर सागुन राखेर पिदार गरी दुमो गुइँगुइँ बजाएर गरिएको थियो ।
डा. लाल रापचा, विद्यार्थी सहसचिव मुना सुनुवारले लगायतले कोइँच पहिचानको वारेमा आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो ।
सुनुवार सेवा समाज भवन कोटेश्वरमा आयोजित सो कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष रणवीर सुनुवारले भन्नुभयो,मुलुकमा हुन गइरहेको संविधानसभाको दोश्रो पटकको निर्वाचनबाट गठन हुने संविधानसभाले निर्माण गर्ने देशको संविधानमा इतिहासले पछौटे र अल्प पारेको ओल्लो किरातवासी कोइँच समुदायको अस्तित्वलाई पनि सम्बोधन गर्न सकोस भन्ने उद्देश्यले जत्नमुइँलिको यो अंकलाई कोइँच साहित्य विशेषाङ्कका रुपमा पस्केको छौं । कोइँच पहिचानको लागि यो पूर्ण नभए पनि आधारप्रस्तार हुनसक्छ क्युइँतबु कल्याण कोष । क्युइँतिच मात्र होइन सबै कोइँच अब संगठित हुनु परेको छ । कोइँच एकता होइन अब कोइँच विविधतालाई सबैले स्वीकार गर्नु पर्दछ । लड्डु होइन इन्द्रेणी एकता हामीलाई आवश्यकता हो । सबै कोइँचले अब समावेशी, सामाजिक न्याय र स्पष्ट जातीय पहिचानको लागि ऐक्यवद्धता जनाउनु परेको छ । सबैमा अब राजनीतिक चेतको विकास हुनु आवश्यक छ । हामी सबै कोइँचले राजनीति के हो बुझ्नु परेको छ । राजनीतिबाट भागेर हाम्रो उन्नति प्रगति असम्भव छ । नेल–लि कोइँचआनके बार–शिला दुम–ला । चेरेलिल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *