All about Sunuwar

तीन पुस्तक विमोचित

bookbimochanपाम बा. सुनुवार, सुनुवार डट ओआरजी ।

ल. पु. भदौ १५ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सभा हलमा एकै साथ तीन किराती स्रष्टाहरुको कृतिहरु लोकार्पण गरियो । कवि÷साहित्कार अतित मुखियाको आदिवासी सौन्दर्यशास्त्र थेःनिको एक सैदान्तिक अध्ययन, लेखिका बिना प्रोन्ज्योस खालिङको वास् दर्पण तथा डा. लाल शाँःकारेलु रापचाको रिमाचमा हिरसि नाम कृतिहरु एकै साथ लोकार्पण गरियो । कृति इमानसिँ चेम्जोङ मेमोरियल फाउण्डेशनका अध्यक्ष एबं पुर्व डि. आइ. जी. हाङसिङ चेमजोङ, प्रा. डा. तारालाल श्रेष्ठ र तथा प्रा. डा. विष्णुसिङ राईले कृतिको एकै साथ विमाचन गर्नु भयो । कार्यक्रममा बोल्दै कवि विक्रम सुव्वाले हाल बजाइँदै गरेको आदिवासीगानमा कहींकतै पनि आदिवासीहरुको कुनै पनि बाजाहरुको प्रयोग नभएको उल्लेख गर्दै यो भारतीय शास्त्रीय व्याकरणबाट प्रभावित भएकोले यसले आदिवासी जनजातिहरुको मर्म बोक्न नसक्ने बताउनु भयो । आदिवासीहरुको सँगीतको व्याकरण पुर्वीय चिनियाँ व्याकरणसँग मेल खाने बताउँदै उहाँले सो सम्बन्धि विशेष अध्ययन अनुसन्धानको आवश्यक्ता रहेको बताउँदै त्यतातिर हालसम्म कसैको ध्यान नगएको औल्याउनु भयो । साथमा उहाँको एक कविता वाचनमा सबै सहभागीहरुले साथ दिएका थिए । डा. लाल शाँकारेलु रापचाले कार्यक्रम संचालन तथा विमोचित पुस्तकको समिक्षा गर्नु भएको थियो । त्यस्तै प्रा. डा. तारालाल श्रेष्ठले सवाल्टर्न साहित्यको चर्चा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *