All about Sunuwar

सुसेस हाँवा गाउँ समिति गठन : काम, कर्तव्य वारे स्पष्टता

चुप्लु दाम्लोच
सुनुवार सेवा समाज जिल्ला तदर्थ समिति दोलखाले हाँवा गाउँ सम्मेलन सम्पन्न गरेको छ । लगभग सुनुवार सेवा समाज स्थापनाकालकै समयमा हाँवा गाउँ समिति गठन गरे पनि त्यसले सोचे अनुसार द्रुत गतिमा आफ्नो कार्य अगाडि बढाउन सकिरहेको थिएन । भर्खरै जिल्ला तदर्थ समितिले गाउँ सम्मेलन सम्पन्न गरी सुनिलकुमार सुनुवारको अध्यक्षतामा ११ सदस्यीय गाउँ समितिको गठन गरेको छ । उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः रजिना, गंगा, नरध्वज, अमृत, केदारराज, अन्जु, भिमकुमार, सन्तोषी, भोजराज र तिलकबहादुर सुनुवार रहेका छन् । भरत मुखिया, सूर्यबहादुर सुनुवार खड्गबहादुर सुनुवार, खुश बहादुर सुनुवार, गोपालसिं सुनुवार सल्लाहकार रहेको सो समितिको सम्मेलनमा ४१ जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसैक्रममा सुनुवार सेवा समाजले बेला बेलामा स्थानीय तहको समितिलाई कोइँचको हकअधिकारको लागि सचेत हुन निर्देशन गरेको छ । गाउँ समितिले कोइँच -सुनुवार) को नाममा आएको १) छत्रवृत्तिको खोजी, २) गाउँ परिषद्मा बजेट बाँड्ने बेला संस्थागत उपस्थिति गरी बजेटको बाँडफाँडमा कोइँचहरुको तर्फबाट पहुँच जनाउने, ३) मातृभाषामा शिक्षाको लागि बजेट विनियोजन गराउने, ४) मातृभाषामा सूचनाको अधिकार सुनिस्चत गराउने, ५) विभिन्न राजनीतिक पार्टीमा सामानुपातिक प्रतिनिधित्व गराउन पहल गर्ने वा अनुगमन र मुल्याङ्कन गर्ने, ६) विभिन्न संघसंस्थाहरुमा कोइँचको समावेशीकरण छ छैन हेर्ने, ७) उनीहरुले गरेको काम कारवाही कोइँचको भाषा, धर्म, संस्कार संस्कृति विरुद्ध छ छैन हेर्ने र कारवाही अगाडि बढाउने, ८) प्राकृतिक स्रोत साधानमा कोइँचको अग्राधिकार सुनिस्चित गरेको छ छैन अनुगमन, मुल्याङ्कन गर्ने, ९) आदिवासी जनजातिको हक अधिकारसम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालनको लागि हरेक कार्यक्रम र संस्थालाई निस्चित बजेट तथा कार्यक्रम छुटाउन लगाउने, १०) भाषा-धर्म कलासंस्कृति सम्बन्धि विभिन्न कार्यक्रम तथा संरक्षण, विकास र पर््रवर्द्धनको लागि स्थानीय सरकारसँग माग जस्ता विभिन्न कार्यक्रम, अभियान, अनुगमन-मुल्याङ्कन तथा आन्दोलन जस्ता काम गर्नु पर्दछ । कतिपय गाउँ समितिमा यहाँ सबै कोइँच नै त छौं । के को आदिवासी जनजाति – हामी सबै आदिवासी जनजाति भनेर आफ्नो अधिकारलाई तिलञ्जली दिएको पनि देखिन्छ यसो गर्नु भनेको सर्वसाधारण कोइँचको मुख मोस्नु हो सुनुवार सेवा समाजमा लागेका कुनै पनि पदाधिकारी र सदस्यहरुले यस्तो कुराको कडा प्रतिवाद गर्नु पर्छ । यी माथिका अधिकार कानुनले प्रदत्ता अधिकारहरु हुन् भन्छन् सुनुवार सेवा समाज केन्द्रीय समितिका उपाध्यक्ष तथा नेपला सरकार स्थानीय विकास मन्त्रालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सञ्चालक परिषदका सदस्य रणवीर सुनुवार । र, सुनुवार सेवा समाजले सबै स्थानीय तहका समितिलाई स्थानीय तहमा संविधान सभा मार्फत कोइँचको हक अधिकार स्थापनाको लागि कार्यक्रम गर्न समेत निर्देशन भएको सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले बताउनु भएको छ ।

2 Comments to सुसेस हाँवा गाउँ समिति गठन : काम, कर्तव्य वारे स्पष्टता

  1. LB sunuwar says:

    फेरी अर्को चोटी आफ्नो गाउँ को खुसीको खबर सुन्न पाएँ , येहा हरुलाई धेरेइ धन्नेबाद र शुभकामना छ मेरो तर्फ़ बाट …. नमसेवल ….

  2. LB sunuwar says:

    फेरी अर्को चोटी आफ्नो गाउँ को खुसीको खबर सुन्न पाएँ , येहा हरुलाई धेरेइ धन्नेबाद र शुभकामना छ मेरो तर्फ़ बाट …. नमसेवल ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *