All about Sunuwar

कोइँच साहित्य अब श्रव्यदृश्यमा

चुप्लु दाम्लोच
भदौ, यालाखोम । चुप्लु समाजले भाषाको लागि साहित्य अभियानसहित हालसम्म कोइँच मातृभाषामा कविता, गीत, गजल, यात्रा संस्मरण, कथा, लोककथा, हाँस्यव्याङ्ग्य, निबन्ध र उपन्यास प्रकाशन गरिसकेको छ । ती साहित्यहरुमा एक दुइ वटा कविताको श्रव्यदृश्य दुदा भिडीयो म्यागेजिन र सुनुवार डट ओआरजिसँगको सहकार्यमा उत्पादन गरिसकेको छ । अब चुप्लु समाजले सुसेस काठमाडौं जिल्ला समितिले सञ्चालन गरेको कोइँच लोः सिकौं भाषा प्रशिक्षणका प्रशिक्षार्थीहरुसँग मिलेर कोइँच मातृभाषाको साहित्यलाई श्रव्यदृश्यमा उतार्ने भएको छ । यो कार्यक्रममा क्युइँतबु कल्याण कोष, सुनुवार सेवा समाज संस्कृति तथा अनुशन्धान विभाग, सुनुवार सेवा समाज, ललितपुर, सुनुवार डट ओआरजि र दुरदा सञ्चार गृहको सहभागिता रहने छ । साथै भाषा संस्कृति प्रेमी कोइँचहरुलाई उक्त कार्यमा सहयोग गर्न चुप्लु समाजले हार्दिक अपिल गरेको छ ।
हाल सुसेस काठमाडौं जिल्ला समितिले सञ्चालन गरेको भाषा प्रशिक्षणमा २५ जना प्रशिक्षार्थीहरु सहभागी छन् । उनीहरुलाई भाषा प्रशिक्षणसँगसँगै कोइँच भाषा संस्कृति सम्बन्धि विविध थप कार्यक्रमहरुमा संलग्न गर्ने क्रममा गत शनिवार उद्घोषणको सामान्य प्रशिक्षण समेत प्रदान गरिएको छ । यस प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुले पाँचवटा रेडियो नाटक तयार पार्नुको साथै पाँच अंकको रेडियो भाषा प्रशिक्षण कार्यक्रम उत्पादन पनि गर्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *