All about Sunuwar

News

now browsing by category

 

झुप्रोबाट एफ एम रेडियो प्रसारणको तयारी

सुनुवार डट ओआरजि समाचारदाता ।
रेडियो लिखु ९१.३ मेगाहर्जको सम्पूर्ण प्राविधिक कार्य एन्टेना जडान, टावर रिपिङ, अर्थिन ढलान लगभग पूरा भएको छ । कार्तिक ६ गते २ जना प्राविधिकसहित मनप्रसाद सुनुवार, उत्तम सुनुवार र सुरज सुनुवारको टोली एफएमस्थल रामेछाप गुप्तेश्वर पुगेर कात्तिक ७ गतेदेखि निर्माण कार्य अगािड बढाएको हो । निर्माण कार्य सम्पन्न हुने वित्तिकै केही दिनमा परीक्षण प्रसारण गरिने कुरा एक प्राविधिक अधिकारीले बताए ।
पहिचानको लागि सञ्चार भन्ने नाराका साथ स्थापना गरिएको रेडियो लिखु ९१.३ मेगाहर्जले सुनुवारहरुको भाषिक, साँस्कृति, आर्थिक र राजनीतिक पक्षमा वकालत गर्ने योजना रहेको सुरज सुनुवारले बताए । रेडियो स्थापनाका लागि सम्पूर्ण सुनुवारहरुलाई सहयोगको आह्वान गरिएको र सहयोग निरन्तर चलिरहेकाले हाल झुप्रोमा नै स्टेसन स्थापना गरेर प्रसारण सुरु गरिने कुरा पनि बताउनुभयो ।
आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्ने उद्देश्यका साथ स्थापना गरिएको रेडियोले कोइँच बस्तीमा विभिन्न सूचनाका सामग्रीहरु पस्किने र राज्यबाट भएका सूचनाका भेदभावलाई हटाउने कोसिस गरिने कुरा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले बताए । हाम्रो भूमिमा राज्यका विभिन्न अवसरहरु, विकासका कार्यको पहुँच बढाउन तथा त्यहाँभित्र हुने भ्रष्टाचार, अनियमितताको सूचना सम्पूर्ण सुनुवारहरुमाझ प्रस्तुत गरी सवल र समृद्ध कोइँच गाउँ बनाउने कुरा पनि बताए ।

सुनुवार वचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

सुनुवार डट ओआरजि समाचारदाता
२३, असोज, यालाखोम । सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सुनुवार सेवा समाज भवन कोटेश्वरमा सहकारी डिभिजन कार्यालयका प्रतिनिधिको उपस्थितिमा सम्पन्न सहकारी संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो प्रतिवेदन अनुसार शेयर पूँजी सोरा लाख चौरासी हजार, वचत निक्षेप नौ लाख उनन्असी दुइ सय पचासी रुपैयाँ बत्तीस पैसा देखिएको छ भने नगद मौज्दात वीस हजार सात सय बत्तीस हजार बहत्तर, बैंक  मौज्दात आठ लाख छ हजार पन्ध्र रुपैयाँ चौरानब्बे पैसा कर्जा लगानी पन्ध्र लाख अठासी हजार आठ सय एक्काइस रुपैयाँ चार पैसा र सम्पत्तिमा एक लाख बयालीस हजार पाँच सय एकत्तार रुपैयाँ सत्तारी पैसा र सहकारी विकास वैंकमा लगानी दश हजार लगानी गरेको उल्लेख गरिएको छ ।

नेल–लि वार–चि पाइ–बा कोइँच–आनकालि चेरे दुम–ला : बाढी पीडितलाई युके महिलाको सहयोग ।

sahayogसुनुवार डट ओआरजि समाचारदाता
२०, असौज, यालाखोम । ‘आँ गालागति दुम–शो खेम वार–चि पाइबा नेल–लि कोइँचकालि थुँ हार–श–शा चेरे दुम–ला । मुलाइ यो आँ जाहानआ नोफा वार–साउ । नोफा मानेःबा दुम–ता । तामिके खोइलि ग्लोइत–ता । खिँ कोरोमि योल–ताउ । रु नेल–लि ब्लालाचिला दुम–ता । एच–चि पाल किःशा बाअÞशो नुङ । एको केतमि मुल दासाइ नुम–मे नोले खिँ सेल–नुङ । बिसेस पा किरात सुनुवार माहिला सामाज युकेङा आदेच–चे पार–मिला सुनुवार नु साल–लाहाकार बाबाना पारिस–किरितकालि चेरे–दुम–ला दे आदारनामदार थार–नुङ ।’ Read More

ठूलो पाताल सुनुवार सेवा समाज गठन

सुनुवार डट ओआरजी समाचारदाता
सुनुवार सेवा समाज जिल्ला तदर्थ समिति दोलखाले ठुलोपातल गाँउ सम्मेलन २०७०÷५÷२१ गते सम्पन्न गरेको छ ।  जसको पदाधिकारीहरु निम्न प्रकारछन् ।
अध्यक्ष लाल ब सुनुवार’उप बबिता सुनुवार’ सचिव मेघ  माया सुनुवार’ सह सरस्वती सुनुवार’ कोषध्याक्ष  बिराट बिक्रम सुनुवार’ सदस्यहरु : लाल ब सुनुवार
मिला सुनुवार’ बिष्णु सुनुवार’ वीर ब सुुनुवार’ मतीमाया सनुवार’ निर ब सुनुवार
सल्लाकार : पारशसिंह सुनुवार’ दिपा सुनुवार’ टेक माया सुनुवार

खिम्तीको बाढीपीडित कोइँचलाई बेलायतबाट सहयोग

किरात सुनुवार महिला समाज, (यू.के.)ले रामेछाप खिम्तीका बाढी पीडित शेरबहादुर सुनुवारको परिवारलाई रु २४,००० हजार सहयोग उपलब्ध गरेको छ । समाजका सल्लाहकार भावना परिष्कृतले सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष तथा क्युइँतबु कल्याण कोषका अध्यक्ष रणवीर सुनुवार मार्पmत उक्त रहात सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. मा खोलिएको राहत कोषमा जम्मा गर्नु भएको छ ।
सो रकम सहयोगदाताको अनुरोधमा पीडित शेरबहादुर सुनुवारलाई सिधै उपलब्ध गराउन असोज २० गते सुनुवार सेवा समाज रामेछाप जिल्लाका अध्यक्ष रमेशकुमार सुनुवारले सुनुवार सेवा समाज काठमाडौं ल्याउने हुनु भएको छ । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले असोज २० गते राहत कोषमा जम्मा भएको सो रकम पीडित शेरबहादुर सुनुवारलाई सहयोगदातासँग भिडियो कल गराइ हस्तान्तरण गरिने जानकारी गराउनु भएको छ ।

कोइँचको पहिचानलाई जाकटी राखेर पार्टीलाई सहयोग गर्न नसकिने

programmeसुनुवार डट ओआरजि समाचारदाता
२० असोज, यालाखोम । आदिवासी जनजाति कोइँचको राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक, भाषिक विकाससम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आज सुनुवार सेवा समाजको भवनमा सम्पन्न भएको छ । संविधानसभा निर्वाचनको समय घोषणा  नजिकिँदै जाँदा आदिवासी जनजाति कोइँचहरुको घरगाउँमा फेरि पनि पहिचानविरोधी पार्टीनेता सल्बलाइरहेको अवस्थामा कोइँचहरुले आफ्नो पहिचानको बारेमा के कसरी राजनीतिक पार्टर्ीी नेताहरुसँग कुराकानी गर्ने सम्बन्धी विस्तृत छलफल गरिएको थियो ।
विहान ८ बजेदेखि नियमित रुपमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले कोइँच लोः सिकौं पठनपाठन गर्दै आएकोमा थप अन्य अतिरिक्त क्रियाकलाप गर्दै आएकोमा यो साता कोइँचको विकाससम्बन्धी एजेण्ड निर्माण अन्तरक्रिया गरेको जानकारी समाजका सचिव आशिष सुनुवारले बताउनुभयो । Read More

उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृद्धि वितरण

studentसुनुवार डट ओआरजि समाचारदाता
५ असोज, काठमाडौं । सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले आज उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृद्धि वितरण कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थी सम्मान तथा छात्रवृद्धि वितरण गरियो । प्रमुख अतिथि नगेन्द्र कुमालले उत्कृष्ट विद्यार्थी निर्जला मुखिया, इलाम तथा उत्कृष्ट विद्यार्थी मनिस सुनुवारलाई २०६९ को उत्कृष्ट विद्यार्थी ट्रफी प्रमाण पत्र सहित विशिष्ट श्रेणीमा उत्तिर्ण ३१ अन्य विद्यार्थीलाई सम्मान गरियो भने २०६९ को छात्रवृद्धि महिला तर्पm मोरङका शिला मुखिया (रु.७,०००) र पुरुषतर्पm सन्दिप सुनुवार (रु. ७,०००) दोलखा र विशेष छात्रवृद्धि सकुन रापचा (रु. ७,०००) लाई प्रदान गरियो ।
सुनुवारहरु सबै पहिचानको लागि कोइँच एक हुनु पर्ने सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले बताउनु भयो । मानवीर सुनुवारको अध्यक्षतामा आयोजित सो कार्यक्रम मुना मुखियाले सन्चालन गर्नु भएको थियो ।