All about Sunuwar

सुनुवार सेवा समाज ललितपुरमा नयाँ कार्य समिति निर्वाचित

DSC02276सुनुवार डट ओआरजि समाचारदाता
१९ भदौ, यालाखोम । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको चौथो जिल्ला सम्मेलनले चन्द्रप्रकाश सुनुवारको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिमा गठन भएको छ । सुनुवार सेवा समाजको विधानानुसार प्रत्येक दुइ दुइ वर्षमा जिल्ला सम्मेलन गरेर नयाँ कार्य समिति चयन गर्ने प्रावधान भए पनि विशेष कारण सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको जिल्ला सम्मेलन एक वर्ष ढिला गरी सम्पन्न भएको छ । सो सम्मेलनबाट उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः नेत्रबहादुर सुनुवार, देविका सुनुवार, रुपक सुनुवार, श्याम सुनुवार, भुबानि सुनुवार, दिपा सुनुवार, फत्तामाया सुनुवार, प्रेमा सुनुवार, मदन सुनुवार, खजेन्द्रविक्रम सुनुवार, किशोर सुनुवार, शिवराज सुनुवार रहेका छन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले पहिचानको लागि सबै कोइँच एक हुनु पर्ने बताउँदै नयाँ कार्य समितिले सुनुवार सेवा समाजले अगाडि सारेको वल्लो किरात स्वायत्त प्रदेशको वारेमा तदारुकताका साथ अगाडि बढ्ने आशा व्यक्त गर्नु भएको थियो । क्युइँतबु कल्याण कोष, सुनुवार विद्यार्थी समाज, किरात र्राई यायोक्खा, किरात याक्थुङ चुम्लुङका अध्यक्षले पनि भाषा, धर्म, कला संस्कृति कोइँचको पहिचान भएको हुँदा बालबालिकाहरुलाई आकर्षण हुने कार्यक्रम सुनुवार सेवा समाजले ल्याउनु पर्ने बताएका थिए र्।र्
इश्वरकिरण सुनुवार, इन्द्रकुमार सुनुवार, मुना मुखिया सम्मिलित निर्वाचन समितिले ललितपुर जिल्ला सम्मेलनमा नयाँ कार्य समिति चयन गराउने जिम्मेवारी लिएको सो सम्मेलनमा ललितपुर सुनुवार सेवा समाजले शव वहान सेवा सञ्चालन गरेर देशको सबैतिर कोइँचको पहिचान पस्किन सकेकोमा गर्व गर्दै हाल संस्थामा पन्चनब्बे हजार तीन सय सताइस रुपैंया अठासी पैंसा वचत रहेको संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

सो सम्मेलनमा संस्थाको मुखपत्र शाक-कार-पोः पनि सार्वजानिक गरिएको थियो ।

2 Comments to सुनुवार सेवा समाज ललितपुरमा नयाँ कार्य समिति निर्वाचित

  1. प्रकाश सुनुवार says:

    कोइंचहरु संस्थागत रुपमा संगठित भएर अघि बढ्नु पर्छ र संगठित संस्थाले बिचार जन्माउने व्यक्तिहरुको उत्पादन पनि गर्न पर्छ – खासखासमा पोल्टिक्स्मा संस्थालाई नफ़साएर शिक्षा क्षेत्रमा हाम्रो उत्पादन के थियो, अहिले के छ र अबको दश बर्ष भित्र हाम्रा उत्पादन कस्तो र कतिकति हुनेछ भनेर “संस्थाको प्रतिबेदन” मा पर्न सके राम्रो सुनिने थियो कि ?

  2. प्रकाश सुनुवार says:

    कोइंचहरु संस्थागत रुपमा संगठित भएर अघि बढ्नु पर्छ र संगठित संस्थाले बिचार जन्माउने व्यक्तिहरुको उत्पादन पनि गर्न पर्छ – खासखासमा पोल्टिक्स्मा संस्थालाई नफ़साएर शिक्षा क्षेत्रमा हाम्रो उत्पादन के थियो, अहिले के छ र अबको दश बर्ष भित्र हाम्रा उत्पादन कस्तो र कतिकति हुनेछ भनेर “संस्थाको प्रतिबेदन” मा पर्न सके राम्रो सुनिने थियो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *