News
now browsing by category
संविधानसभा र राजनीतिक शक्तिको त्रिकोणात्मक लडाईं
पहिलो संविधानसभाले नेपालमा तीन प्रकारको राजनीतिक शक्ति स्थापना ग¥यो । (१) पहिलो शक्ति पहिचानसँग जोडिएको अधिकार बोक्ने आदिवासी जनजाति (२) दोस्रो शक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पहिचान विरोधी वा बर्गीय मुद्दामात्र ठीक भन्ने तर २५० बर्षे एक जातीय साम्प्रदायिक कायम राख्न चाहाने केहि पुराना र दोस्रो जनआन्दोलन पछि राज्य शक्तिमा आएका नया राजनीतिक पार्टी जस्लाई केही संकीर्ण जातीबादी बाहुन र क्षेत्रीले नियन्त्रण गर्छ । (३) तेस्रो शक्ति मधेशी पहिचानको राजनीति गर्ने ।
त्रिकोणात्मक शक्तिको लडाईं
पहिलो संविधानसभाको त्रिकोणात्मक लडाईमा पहिलो शक्ति र तेस्रो शक्ति वीच केहि विषयमा मतभिन्नता भएपनि गठबन्धन गरे किनकि दुवै पहिचानवालाको साझा शत्रु एकलजातीय हैकम चलाउने दोस्रो शक्ति थियो । अब दोस्रो संविधानसभामा पनि मिल्ने पहिलो र तेस्रो नै हुन् । राज्य पुनर्संरचना र जातीय मुक्तिका लागि दोस्रो शक्ति समाप्त हुन अपरिहार्य छ ।
दोस्रो शक्तिले पहिलो (पहिचान वा आदिवासी जनजाति) शक्तिलाई किन आक्रमण गर्दैछ ?
दोस्रो शक्तिको राजनीतिकमात्र होइन उनीहरुको घरबास नै छाडेर भाग्ने अवस्थासम्म मधेश आन्दोलनले पु¥याए पछि उस्को एकमात्र सुरक्षित स्थान पहाड नै हो जहाँ धेरै आदिवासी छन् र उस्ले भोट बैंकको रुपमा प्रयोग गर्दै आएको छ । पहिलो शक्तिले संविधानसभामा धेरै सीट जित्यो वा उस्को मुद्दा अहिले जस्तै राजनीतिमा प्रमुख (CORE ISSUE) भइरहेमा पनि दोस्रो शक्ति धराशयी हुने र २५० बर्षे सत्ता र शक्तिबाट पाखा परिने भयले उ पहिचानलाई समाप्त पार्ने वा बहुपहिचान वा साझा पहिचान भनि विकृत पार्ने रणनीतिमा लागेको छ ।
त्रिकोणात्मक लडाईमा के होला ?
डा. कृष्ण भट्टचनका अनुसार बाहुन क्षेत्री सक्ता र शक्तिको चुचुरोमा पुगेको हुनाले उस्को अब ओरालो झर्ने बाटो मात्र छ । आदिवासी जनजातिले भएका सबैकुरा गुमाएको र गुमाउन केहि बाँकी नभएकोले लिनमात्र बाँकी भएको कारण शक्ति र सक्ता जसरी पनि पाउने अवस्थामा छ ।
www.facebook.com/shankar limbu
बिचल्लीमा बाढी पीडित कोइँच (सुनुवार) परिवार : सहयोगको अब्हान
चुप्लु दाम-लोच ।
साउन, रामेछाप । शहर बजारको कुनै पनि सामान्य भन्दा सामान्य घरका लागि पनि एउटा पलाङ, सिरक, डस्ना, सिरानी साधारण कुरा हो । तर पलाङ, सिरक, डस्ना, सिरानीको कुरा पर छाडौं रामेछाप जिल्ला खिम्ती ३ को नाङ्थलीको पाँच जनाको एक कोइँच (सुनुवार) परिवारलाई झर्झर् झरी परिरहेको गिज्गिजीे हिलोमा टाँगिएको पालभित्र बस्नु पर्ने बाध्येता छ । त्यो कल्पना गर्नुहोस् मस्त निन्द्रमा निदाएको हुनुहुन्छ । चकमन्न अँध्यारो रात छ । मुसलधारे वर्षा बर्सीरहेको छ । एक्कासी घर लाक्लाक हल्लिँदै बग्यो । पहिरोले बगाउँदै छ । के गर्नु हुन्छ ? अवश्य तपाईँले आफ्नु वचाउ गर्नु हुन्छ ।
चकामन्न रात छ । घरको मुली खिम्ती बजारमा काम विशेषले गएका छन् । घरमा आमा, छोराछोरी मात्र छन् । मुसलधारे वर्षा वर्सेको छ । आमा, दुइ छोरा र दुइ छोरी सुतीरहेको अवस्थामा घर लग्लगी काम्न थाल्छ । अत्तालिएर आमा दुइ छोरा र छोरी लिएर घर बाहिर निस्किन्छिन् । तर ठूली छोरीको न्रि्रा खुलेको छैन । उनी घर भित्र सुतीरहेकी छिन् । नानीहरुलाई बाहिर निकालेर अलिपर पुराएर फर्किएर ठूली छोरी लिन घर हेर्छिन् घर पहिरोमा बगीरहेको हुन्छ । मानौं तपाइँ आमा हुनुहुन्छ, तपाइँ दाजुभाई, दिदीबहिनी, बुबा, बाजेबजु हुनुहुन्छ भने तपाइँको मनमा कस्तो पीडा हुन्छ, वा तपाइँमा होसहवास् के कसरी उड्ला ?
हो, त्यस्तै भयो खिम्ती नाङथलीको शेरबहादुर सुनुवार तथा प्रेमकुमारी सुनुवारको घरमा ।
प्रेमकुमारी सुनुवार आफ्नो छोरा कृष्ण, देबकुमार सुनुवार र छोरी निर्मलालाई बचाउन सके पनि ठूली छोरी सिता सुनुवार, वर्ष१२ लाई सदासदाको लागि गुमाउन पुगिन् । शेरबहादुर खिम्तीबजारबाट घरमा स्याँस्याँ फ्याँफ्याँ गरेर पुग्दा न घर पाए न त छोरी ! छोरीलाई खिम्ती भन्दा माथिको खोल्सामा मृत फेला पारे ।
एकातिर छोरीको वियोग, अर्कोतिर वर्षको बेला ओत लाग्ने बास छैन । यो विचल्लीको खवर मन नलागी नलागी सुन्नु, देख्नु र अनुभूत गर्नु परेको छ ।
सुनुवार सेवा समाज जिल्ला समिति रामेछापका अध्यक्ष रमेशकुमार सुनुवारकानुसार अहिले यस परिवारलाई रामेछाप जिल्लाको राहत समितिबाट मानव मृत्यु भएकोले ४० हजार र घर बगाएको हुँदा २० हजार सहित ६० हजार नगद राहत र रेडक्रसबाट एक थान पाल, केही भाँडाकुँडा प्राप्त भएको छ ।
सुनुवार अगाडि भन्छन्, ‘बडी पिडीत परिवारको जीवन गुजारा साह्रै दयानिया अवस्थामा छ । ठूला ठूला गफ राजनीतिक नेता भनौदा मैले यति पैसा भाँडाकुँडा राहत वितरण गरेँ भनेर खोक्न थालेको छन् । ती सबै राज्यले स्वाभाविकरुपमा दिने राहत नै हो । तर बडीपीडितको नाममा चुनावी लिना खोज्नेको होडबाजी छ । ती नेताले वास्ताविक सहयोग हामीलाई न पहिले गरेका थिए न अहिले गर्छन् । त्यसैले सबै कोइँच दाजुभाई दिदीबहिनीहरुले ती परिवारलाई आफ्नो गच्छे अनुसार सहयोग गरिदिन अपिल गर्दछु । तपाइँले दिनुभएको सहयोगलाई सुनुवार सेवा समाजले सम्बन्धित व्यक्तिसम्म पुराइदिने काम गर्ने छ ।’
सेवा नै धर्म हो, दान नै पुण्य हो । आदरणीय सबै कोइँच दाजुभाई दिदीबहिनीहरु खिम्ती ३ नाङथलीको शेरबहादुर सुनुवारलाई सहयोग गरिदिनहुन सुनुवार सेवा समाज, चुप्लु समाज, सुनुवार डट ओआरजि परिवार हार्दिक अनुरोध गर्दछ । विचल्ली परिवारको जीवन रक्षाको लागि तपाइँको थोरै सहयोग पनि अमूल्य हुने छ ।
कतार एन आए एन मा किशोर सुनुवार
चुप्लु दाम्लोच
साउन, कतार । गैर-आवासीय नेपालीहरुको सङ्गठन एन आर एन, कतार शाखामा आदिवासी जनजाति कोटाको सदस्यमा किशोर सुनुवार निर्विरोध निर्वाचित भएका छन् । ओखलढुङ्गा जिल्ला खिँचि काःत, पेलुका सुनुवार अहिले कतारमा बस्दै आएका छन् । अहिले अन्य पद तथा सदस्यहरुको निर्वाचन भने भइसकेको छैन । सुनुवार सुनुवार सेवा समाज कतार शाखाका प्रथम उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ कतार च्याप्टरका सदस्य पनि हुन् ।
मूलसमारोह कार्यक्रममा सुुनुवार सेवा समाजको झाँकी ¥यालीमा सहभागी
१९ औं बिश्व आदिवासी दिवस २०७० को मूलसमारोह कार्यक्रममा सुुनुवार सेवा समाजको झाँकी ¥यालीमा सहभागी सुनुवारहरुमा सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यबाद ब्यातm गर्दछ । सहभागी नामवली केन्द्रीय समिति ललितपुर जिल्ला समिति १. मन प्रसाद सुनुवार १. चन्द्र प्रकाश सुनुुवार २. रणवीर सुनुवार २. भवानी सुनुवार ३. उतम कुमार सुनुवार ३. फत्र माया सुनुवार ४. पे्रम कुमार सुनुवार ४. प्रेमा सुनुवार ५. मोहन सुनुवार काठमाडौ जिल्ला समिति ६. दिर्घबहादुर सुनुुवार १. गोपाल बहादुर सुनुवार ७. शान्ति माया सुनुवार २. मान बहादुर सुनुवार ८. समिर मुखिया सुनुवार ३. राज कुमार रापचा ९. विवेक सुनुवार ४. शोभा सुनुवार अन्य सहभागीहरु बिद्यार्थी समाज १. जिवन सुनुवार काठमाडौ १.मुना मखिया २. प्रेम माया सुनुवार ललितपुर २. छविलाल सुनुवार ३. पूर्ण माया सुनुवार ललितपुर ३. सूर्य प्रकाश सुनुवार ४. राजेन्द्र सुनुवार काठमाडौ ४. मनिका सनुुवार ५. पाम बहादुर सुनुवार ललितपुर ५. समित सुनुवार ६. देबिका सुनुवार ललितपुर ७. कुला देबी सुनुवार ललितपुर ८. चन्द्र माया सुनुवार ललितपुर ९. मोहन माया सुनुवार काठमाडौ १०.दाल कुमारी सुनुवार काठमाडौ ११. संयोचा सुनुवार भक्तपुर १२. बिमला सुनुवार ललितपुर १३. रेखा सुनुवार १४. केसर सिंह सुनुवार काठमाडौ १५. क्षेत्र बहादुर सुनुवार काठमाडौ १९ औं बिश्व आदिवासी दिवस २०७० को मोटर साईकल ¥यालीमा सहभागी सुनुवार बन्धुहरुमा सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यबाद ब्यातm गर्दछ । सहभागीहरुको नामवली । १.मन प्रसाद सुनुवार २.रणवीर सुनुवार ३.उतम कुमार सुनुवार ४.पाम बहादुर सुनुवार ५.खिम बहादुर सुनुवार ६.चन्द्र प्रकाश सुनुवार ७.सामुयल सुनुवार ८.राज कुमार रापचा ९.आषिश सुनुवार १०.मोहन कुमार सुनुवार ११.बिमला सुनुवार १२.प्रेम कुमार सुनुवार १३.जिवन कुमार सुनुवार १४.नाराणय सुनुवार १५. हेम सुनुवार १६.प्रशान्त सुनुवार १७.गोपाल ब.सुनुवार १८.रमेश कुमार सुनुवार १९.तोरण सुनुुवार २०.प्रदिप सुनुवार २१.पुण्य सुनुवार २२.बुद्धिराज सुनुवार २३.दशराम सुनुवार २४.ओमराज सुनुवार २५.समिर सुनुवार २६.ईश्वर किरण सुनुवार २७.विवेक सुनुवार २८.क्षेत्र ब सुनुवार
किरण सुनुवार पुनः इलाम जिल्ला समिति सुसेसमा निर्वाचित
चुप-लु दाम-लोच
साउन, इलाम । सूदुर पर्वका कोइँचहरु पहिचानको राजनीतिमा सचेत बनेका छन् । संविधान सभाको निर्वाचनको वहस चलीरहेको बेला आम कोइँचको भविश्यको लागि पुनः कोइँचहरु संगठित हुनु परेको छ । पूर्ण समानुपातिक प्रतिनिधिसहित पहिचानसहितको संघीयताको लागि आदिवासी जनजातिहरु सक्रिया जागरुक भइरहेको बेला कोइँचहरु मात्र कहाँ चुप लागेर बस्ने कुरै भएन यसैले सुनुवार सेवा समाज जिल्ला समिति इलामले कोइँचको हक अधिकारको लागि जिल्ला सम्मेलनबाट अगामी निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नकै लागि पनि निर्वाचित नयाँ कार्य समितिको चयन गरेको छ । किरण सुनुवारको अध्यक्षतामा गठित १३ सदस्यीय कार्यसमितिमा क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु देहयवमोजिम रहेका छन् : देवी सुनुवार-इलाम नगरपालिका, मदनकुमार सुनुवार-मंगलवारे, अमरदीप सुनुवार-माइमझुवा, निरुपा सुनुवार-गजुरमुखी, गंगा सुनुवार-प्याङ, गीता सुनुवार-माइपोखरी, कर्णबहादुर सुनुवार-इरौटार, टेकप्रसाद सुनुवार-लुम्दे, डेविट सुनुवार-इभाङ, लिलामाया सुनुवार-लुम्दे ।
सो सम्मेलनले सोम सुनुवारको अध्यक्षतामा कोइँच पत्रकार समाज, रत्न सुनुवारको अध्यक्षतामा महिला समिति, मुकेश सुनुवारको अध्यक्षतामा युवा कार्य समिति, पृथसिङ सुनुवारको अध्यक्षतामा नाअÞसो समिति पनि गठन गरेको जानकारी प्राप्त भएको छ ।
रामेछाप खिम्तीको पहिरोमा एक जना कोइँचको मृत्यु
चुप्लु समाचारदाता
साउन २९, खिम्ती । गएको बेलुकीको भिषण वर्षको कारण रामेछाप खिम्तीको पहिरोमा परि एक जना सुनुवार लगायत ७ जनाको मृत्यु भएको छ । पहिरोमा वेपत्ता मानिसको खोजी कार्य तिव्र रुपमा चलीरहेको छ । गत बेलुकीको भिषण वर्षको कारण खिम्ती नाङथलीकी ११ वर्षीय सिता सुनुवारको मृत्यु भएको छ भने उनको आमा किर्नेटार अस्पतालमा वेहोस अवस्थामा उपचार गरिँदै छ । उनको बहिनीको दुबै आँखा काम नलाग्ने गरी क्षती भएको र अवस्था गम्भिर भएको हुँदा पहिरोले बगाएको घरबाट उद्धार गर्न नसकिएको समाचार स्रोतले जनाएको छ । खिम्ती ४ कटुन्जेका थापा परिवारका चार जना र रश्नाइलुका तीन जना तामाङको मृत्यु भएको पुष्टी भएको छ । अन्य बेपत्ता भएकाहरुको एकिन डेटा उपलब्ध हुन सकिरहेको छैन । सुनुवार सेवा समाज रामेछाप जिल्ला समिति तथा सुनुवार सेवा समाजका केन्द्रीय समितिका प्रतिनिधि उक्त स्थलमा गइ उद्धार कार्यमा संलग्न हुनुहुन्छ ।
१९ औँ विश्व आदिवासी दिवसमा किराँत सुनुवार सेवा समाज बेलायतको सहभागिता
१९ औँ विश्व आदिवासी दिवस अगष्ट ९ तारीखलाई विश्वका विभिन्न देशका आदिवासी जनजातिहरूले भव्यताको साथ मनाइरहेको अवस्थामा आदिवासी जनजाति महासंघ बेलायतले भने आफ्नो समय अनुकूलता अनुसार २०१३ अगष्ट १० तारीख शनिबारको दिन भव्यताको साथ मनायो ।बेलायतस्थित अक्सफोर्डमा आदिबासी जनजाति महासंघ बेलायत र आदिबासी जनजाति महिला महासंघ बेलायतले संयुक्तरूपमा एक दिवसीय कार्यक्रमको आयोजना गरेको थियो । आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतभरि रहेका विभिन्न आदिबासी जनजाति नेपाली संघसंस्थाहरूले आफ्नो जातीय पहिचानसहितको सांस्कृतिक कार्यक्रम लिएर सहभागिता जनाएका थिए । यसैगरी प्रत्येक जातीय संघ संस्थाबाट अतिथिहरूको उपस्थिति रहेको सो भव्य भेलामा किराँत सुनुवार सेवा समाज (किसुसेस) बेलायतका अध्यक्ष जंग सुनुवारको पनि उपस्थिति रहेको थियो । अतिथिको आसनबाट विभिन्न वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा किसुसेस बेलायतका अध्यक्ष जंग सुनुवारले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा आदिबासी जनजाति (मूलबासी) को साझा मुद्दामा सम्पूर्ण प्रवासी संघ संस्था आदिबासीहरूबाट एकवद्धता जनाउने र पहिचानसहितको संघीय राज्य नबनेसम्म सम्पूर्ण मूलबासीहरूले विश्राम लिनु हुन्न भन्ने कुरामाथि जोड दिनुभएको थियो ।
यसैगरी सो अवसरमा किसुसेस बेलायतले ष्याँदर ढोल शीललाई प्रस्तुत गरेर कोइँच सुनुवारहरूको भेषभुषा तथा संस्कृतिको परिचय दिएको थियो ।
