News
now browsing by category
उधौली शाँदार पिदार भव्य रुपमा मनाइयो
सुनुवार डट ओआरजी
काठमाडौं । किरातहरुको महान चाड उधौली आज ललितपुरको हात्तिवनमा विशेष पूजाआजा गरी मनाए । प्रत्येक वर्षको मंसिर पूर्णिमा तथा बैशाख पूर्णिमा मनाइने चाडमध्ये मंसिरे उधौली सुनुवार, राई, लिम्बू र याक्खले भव्य रुपमा मनाए । विहान सबेरैदेखि ललितपुरको हात्तिवनस्थित माङखिम मन्दिरमा आआफनो मुक्दुम अनुसार पूजा आजा गरी मनाए ।
सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको आयोजनामा सुनुवारहरुको मुक्दुम पूजा गरी नखिपोटमा शाँदार सिल नाचियो । प्रकृति पूजक सुनुवारहरुले नयाँ अन्नबाली भित्र्याइ सकेको र लेकका चराचुरुङ्गीहरु बेसी झर्ने बेला भएको संकेत गर्दै उधौली शाँदार पिदारको आयोजना गरेका हुन् ।
उधौलीलाई सुनुवारले शाँदार पिदार, राईले साकेला, साकेन्वा, लिम्बूले चासोक ताङनाम, याक्खाले चोसोवा भनेर मनाउने गर्दछन् । त्यसैगरी किरात समुदायका अन्य थामी, हायु, सुरेल, जिरेल आदि जातिहरुले पनि यो चाड मनाउने गर्दछन् ।
किरात समुदाय रहेको विभिन्न स्थानहरुमा यो चाड भव्य रुपमा मनाइने गरिन्छ । सुनुवारहरुले हङकङ, बेलायत, सिक्किम, भुटान, बर्मा र अमेरिकालगायतका मुलुकहरुमा पनि मनाउने गर्दछन् । शाँदार सिल यही आउँदो पौष ६ गते टुँडिखेलमा आयोजना गरिनेछ ।
पूर्वाञ्चलको लुम्दे इलाममा भव्य रुपमा शाँदार पिदार मनाइँदै
सुनुवार डट ओआरजी ।
इलाम । सुनुवार सेवा समाज इलामस्थित लुम्दे गाउँ समिति संयुक्त शाँदार सेवा समितिको आयोजनामा भव्य रुपले उधौली शाँदार पिदार मनाइयो । कार्यक्रममा पूर्वाञ्चलका इलाम, झापा, मोरङ, पाँचथर, ताप्लेजुङलगायत जिल्ला कोइँच सुनुवारहरुले भाग लिएका छन् ।
कार्यक्रम आयोजक समितिका एक सदस्य दीर्घ बहादुर सुनुवारले यो उधौली शाँदार पिदार कार्यक्रम सम्पूर्ण पूर्वका सुनुवारहरुका पहिचानका लागि गरिएको तथा यसमा अझ रौनक थप्न शाँदार सिल प्रतियोगिता राखेको कुरा बताएका छन् । कार्यक्रमस्थल पाँचथर र इलामको सिमानास्थित लुम्दे वडा नं. ९ स्थित आयोजना गरिएको छ । कार्यक्रम पौष २ गतेदेखि ३ गतेसम्म चल्ने कार्यक्रम व्यवस्थापन समितिका एक सदस्यले बताए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले सम्पूर्ण कोइँच सुनुवारहरुको पहिचान तथा मुख्य चाड शाँदार पिदार भएकोले यसलाई विभिन्न क्षेत्रमा बसेका सुनुवारहरुले आ–आफनो क्षेत्रबाट भव्य रुपमा मनाउनुपर्ने बताए । सुुनुवारहरुले आफ्नो पुख्र्यौली भूमिलाई वल्लो किरात क्षेत्रका रुपमा स्थापित गराउनका लागि सम्पूर्ण सुनुवारहरु जागरुक हुनुपर्ने पनि बताए । कार्यक्रमा सुनुवार सेवा समाजका कोषाध्यक्ष उत्तमकुमार सुनुवार र संस्कृति विभागका संयोजक अमृत सुनुवारले आफनो मन्तव्य राखेका थिए ।
किराँत सुनुवार सेवा समाज बेलायतले तेस्रो अधिवेशन सु-सम्पन्न l
फारन्ब्रो १४,
“भाषा, धर्म, सस्कृति, हाम्रो गर्नुछ जगेर्ना
किसुसेस युकेको पहिचान, जातीय चेतना”
भन्ने मुल नाराको साथमा किराँत सुनुवार सेवा समाज बेलायतले तेस्रो अधिवेशन १४ डिसेम्बर २०१३ फारन्ब्रोमा भव्यताको साथ सु-सम्पन्न गर्यो l उक्त कार्यक्रम साहित्यकार तथा कवियत्री भावना परिस्कृत द्वारा सन्चालन गरिएको थियो l कार्यक्रममा स्वागत मन्तव्य सस्थाका माहासचिव छत्र सुनुवारले गर्नु भएको थियोभने मन्तव्यको क्रममा सल्लाहकारहरु क्रमश: भू. पु (ब्रिटिश गोर्खा) का मेजर वीरु सुनुवार, मोहन सुनुवार, कीशोर सुनुवार र भू.पू (किसुसेस बेलायत) का अध्यक्ष वीजय मुख़ियाले सस्थाको भावी कार्यक्रममा गर्नु गराउनु पर्ने कार्यनीतिहरु तथा विगतका दिनहरुमा गरेका राम्रा नराम्रा दुवै पक्षहरुलाई औल्याउदै आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए l
त्यस पश्चात अध्यक्ष जंग सुनुवार, महासचिव छत्र सुनुवार र कोषाध्यक्ष पूर्ण कुमार सुनुवारले आ-आफ्नो कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए l
दोस्रो चरण
किसुसस बेलायतको चौथो कार्य समितिको अध्यक्षमा मोतिराज सुनुवार
दोस्रो चरणमा निर्वाचन समितिकास संयोजक केदार सङ्केतको तत्वधानमा किराँत सुनुवार सेवा समाज बेलाएतको विधान नियमावली इस्वी सम्वत् २००७, भाग २, धारा १९, दफा १३ को बमोजिम किसुसेस युकेको चौथो नयाँ कार्य समितीको गठनमा निम्न लिखित पदाधिकारीहरुको मनन-चयन गरियो l
१. अध्यक्ष- श्री मोति सुनुवार (केन्ट, फोक्स्टोन)
२. उपाअध्यक्ष- श्री यादव तुर्सुचा (फारंब्रो, ह्याम्पसाइर)
३. महासचिव- श्री भक्तमान सुनुवार (लण्डन)
४. सह-सचिव- श्री मोहन कुमार सुनुवार (फोक्स्टोन, केन्ट)
५. कोषाध्यक्ष- श्री प्रकाश सुनुवार जिजिच (फारंब्रो, ह्याम्पसाइर)
६. सह-कोषाध्यक्ष- श्रीमती सपना सुनुवार (केन्ट, फोक्स्टोन)
७. प्रवक्ता- श्रीमती भावना सुनुवार परिस्कृत (फारंब्रो, ह्याम्पसाइर)
८. केन्द्रीय सदस्य- श्री बुद्धि सुनुवार (केन्ट, फोक्स्टोन)
९. केन्द्रीय सदस्य –श्री जीतेन्द्र सुनुवार (केन्ट, फोक्स्टोन)
१०. केन्द्रीय सदस्य- श्रीमती शिरीस सुनुवार (केन्ट, फोक्स्टोन)
११. केन्द्रीय सदस्य- श्री चन्द्रकुमार सुनुवार (पिटर्सब्रो)
१२. केन्द्रीय सदस्य- श्री बज्रमान सुनुवार (केन्ट, फोक्स्टोन)
सवै नव-निर्वाचित पदाधिकारी सदस्यहरुलाई कार्यकालको उत्तर्रोतर सफलताको कामनाका साथै अधिवेशनमा उपस्थित हुनुभएका सम्पूर्ण किराँत सुनुवार समाज बेलायतलाई हार्दिक बधाई तथा धन्यवाद l
किसुसेस बेलायत
खाडीमा शाँदारको रौनक
कतार । सुनुवार सेवा समाज कतार शाखाले यस वर्षको शाँदार पिदार (उधौली) भव्य रुपमा सम्पन्न गर्ने भएको छ । यसको लागि सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी कतारस्थित रहेका किशोर र भानु सुनुवारले जानकारी दिनु भएको छ ।
“किरातिहरुको महान चाड तथा राष्ट्रिय पर्व रापवा शाँदर, चासोक तङ्नाम, साकेला उधौली- किरात येले थोचे/तङ्बे/दोङ्ग- ५०७३ को सुखद अवसरमा किरात तथा गैर-किरात सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ! सुनुवार सेवा समाज दोहा परीवार”
रेडियो लिखु ९१.३ मेगाहर्जको भव्य समारोहका साथ उद्घाटन
सुनुवार डट ओआरजी समाचारदाता ।
‘पहिचानको लागि सञ्चार’ नारा लिएर स्थापना गरिएको रेडियो लिखु ९१.३ मेगाहर्जको आज एक भव्य कार्यक्रमका साथ प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा गुप्तेश्वर गाविसका स्थानीय बासिन्दालगायत आसपासका सुनुवार गाउँहरुबाट आफ्नो परम्परागत सुनुवार भेषभूषामा भव्य उपस्थिति थियो । उक्त अवसरमा सुनुवार परम्परा अनुसार नाःसो मानवीर सुनुवारले जोर सगुन राखेर पिदार गर्नुभएको थियो भने पोइँब सन्तबहादुर सुनुवार टावरको फेदमा पोइँब सिल गरी पिदार गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गुप्तेश्वर गाविसका ज्येष्ठ नागरिकद्वय गंगाबहादुर सुनुवार र देवबहादुर सुनुवुारलाई दोसल्ला ओढाइ ज्येष्ठ नागरिकको शिर उठाएर सम्मान गरियो । नागरिक सम्मानका क्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले आज हाम्रो गाउँमा सूचनाको एउटा खुडकिलोका रुपमा यो रेडियो स्थापना गरिएको र उक्त कार्यक्रमलाई यहाँका स्थानीय तथा आसपासका छिमेकीहरुले निकै चासोका हेरिएकाले अब सूचना र सञ्चारका लागि यस क्षेत्रमा एउटा कोसे ढुंगा साबित हुने कुरा बताउँदै यसलाई हामीले अझ उत्कृष्ट बनाउन सबैको अझ सहयोग चाहिएको कुरा बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका सचिव श्री चन्द्रकुमार सुनुवारले अबको दिनमा आदिवासी जनजातिलगायत यस क्षेत्रका जनगुनासो तथा विकासका प्रत्येक खुडकिलाहरुलाई रेडियोको सहयोगमा अझ अगाडि बढाइने तथा यहाँ रहेका हरेक भाषाभाषीलाई रेडियोमार्फत प्रचारप्रसार गरेर भाषा र संस्कृतिको प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
शुभकामनाकै क्रममा सुनुवार सेवा समाज प्रिती गाउँ समितिका अध्यक्ष श्री सञ्जितकुमार सुनुवारले वर्षौदेखि दबाएर राखिएको हाम्रो भाषा र संस्कृतिको यस रेडियोमार्फत प्रचारप्रसार गरेर पुनः जागृत गराउनुपर्ने कुरामा जोड दिनुभयो । हाम्रो संस्कृति, भाषालाई जिवन्त राख्न अझ रेडियो लिखुले पनि एउटा इँटा थपिदिएको कुरा बताउनुभयो ।
शुभकामना दिनेहरुमा स्थानीय संघ–संस्थाहरु, आमा समूह, गरिबी निवारण कोष, स्वास्थ्य स्वयंसेविका समूह, परिवार स्वास्थ्य कार्यक्रम परिवारहरुले आआफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुनुवार सेवा समाज गुप्तेश्वर गाउँ समितिका अध्यक्ष श्री उत्तरकुमार सुनुवारले भन्नुभयो– सदरमुकाम र नेताको आँखामा नपरेका विकट सुनुवारबस्तीमा आज आफ्नै प्रयासले सामुदायिक रेडियोको स्थापना गर्न पाएकोमा हर्षविभोर भएको र यसलाई अझ समुदायको बनाउन हरेक गाउँका बुद्धिजीवि, व्यापारी, शिक्षक, विद्यार्थी, युवायुवतीहरुको साथ चाहिएको कुरा पनि बताउनुभयो ।
कार्यक्रम सुनुवार सेवा समाज गुप्तेश्वर गाउँ समितिका अध्यक्ष श्री उत्तरकुमार सुनुवारको सभापतित्व तथा सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।
आजबाट रेडियो लिखु परीक्षण प्रसारणमा…
सुनुवार डट ओआरजि समाचारदाता ।
रेडियो लिखु ९१.३ मेगाहर्ज ‘पहिचानको लागि सञ्चार’ नारा लिएर आज (कात्तिक १५ गते) ४:३० बजेदेखि परीक्षण प्रसारण आरम्भ भएको छ । उक्त परीक्षण प्रसारण सुनुवार संस्कारअनुसार नाःसो श्री अम्बरबहादुर सुनुवारले जोर सगुन राखेर विधिवत गर्नुका साथै सुनुवार सेवा समाजका क्न्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारज्यूबाट ‘ट्रान्समिटर अन’ गरेर उद्घाटन गरियो ।
परीक्षण प्रसारण विधिवत सुरु गरिए पनि स्थानीयबासी, पोइब, ग्याँमिसहित भोलि भव्य कार्यक्रम गर्ने कुरा एक स्थानीय समाजसेवी युवाले बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न झाँकीसहित रेडियो परिसरमा पुगी कार्यक्रम आरम्भ गर्ने कुरा पनि बताउनुभयो ।
हाल परीक्षण प्रसारणमा रहेको रेडियो लिखु रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, खोटाङ र उदयपुर जिल्लाका आसपाससम्म सुन्न सकिनेछ ।
रेडियो लिखु ९१.३ मेगाहर्ज परीक्षण प्रसारणमा…
सुनुवार डट ओआरजि समाचारदाता ।
निकै समयको प्रतिक्षापछि रेडियो लिखु ९१.३ मेगाहर्ज पहिचानको लागि सञ्चार नारा लिएर कात्तिक १५ गतेदेखि परीक्षण प्रसारण हुने भएको छ । सम्पूर्ण प्राविधिक कार्य पूरा भइ शुक्रबादेखि परीक्षण प्रसारण शुरु हुनेछ ।
राज्यबाट सम्प्रेषित सूचना तथा अवसरहरु यहाँका सुनुवारहरुको पहुँचमा कहिल्यै पुगेन, सदरमुकामबाट पनि हामी निकै टाढा रहेकाले हरेक कुराबाट पछि पर्यौ । अब यी खाडल केही हदसम्म पुर्ने छ भन्ने मलाई आशा लागेको छ स्थानीय एक समाजसेवी वृद्ध जोस्सिदै भन्नुहुन्छ ।
राज्यबाट प्राप्त हुने सूचनाबाट हामी निकै टाढा थियौं । अब चाहिँ यसबाट टाढा नहुने बताउँदै स्थानीयस्तरमा एफएम प्रसारण हुन लागेकाले हाम्रो पनि सूचना र सञ्चारमा केही पहुँच पुगेको कुरा स्थानीयबासी टीकाराम सुनुवार भन्नुहुन्छ ।
स्थानीय युवा सन्तबहादुर सुनुवार भन्नुहुन्छ– हामीले कुनै सूचना प्राप्त गर्न सदरमुकामै धाउनुपथ्र्यो र सूचनाको पहुँचमा पुग्दा नपुग्दै त्यसको म्याद सकिसकेको हुन्थ्यो । अनि हामी जहिल्यै पनि राज्यको सुविधा र सेवाबाट बञ्चित हुने गरेका थियौं । अब हामीलाई यस्ता सास्तीबाट केही सहज हुने कुरामा आशावादी छौं ।
रामेछाप जिल्ला गुप्तेश्वर गाविसमा रहेको स्टेशनले रामेछापलगायत ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, खोटाङ र उदयपुर जिल्लाका आसपाससम्म सुन्न सकिनेछ ।
