All about Sunuwar

उधौली शाँदार पिदार भव्य रुपमा मनाइयो

2222सुनुवार डट ओआरजी
काठमाडौं । किरातहरुको महान चाड उधौली आज ललितपुरको हात्तिवनमा विशेष पूजाआजा गरी मनाए । प्रत्येक वर्षको मंसिर पूर्णिमा तथा बैशाख पूर्णिमा मनाइने चाडमध्ये मंसिरे उधौली सुनुवार, राई, लिम्बू र याक्खले भव्य रुपमा मनाए । विहान सबेरैदेखि ललितपुरको हात्तिवनस्थित माङखिम मन्दिरमा आआफनो मुक्दुम अनुसार पूजा आजा गरी मनाए ।
सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको आयोजनामा सुनुवारहरुको मुक्दुम पूजा गरी नखिपोटमा शाँदार सिल नाचियो । प्रकृति पूजक सुनुवारहरुले नयाँ अन्नबाली भित्र्याइ सकेको र लेकका चराचुरुङ्गीहरु बेसी झर्ने बेला भएको संकेत गर्दै उधौली शाँदार पिदारको आयोजना गरेका हुन् ।
उधौलीलाई सुनुवारले शाँदार पिदार, राईले साकेला, साकेन्वा, लिम्बूले चासोक ताङनाम, याक्खाले चोसोवा भनेर मनाउने गर्दछन् । त्यसैगरी किरात समुदायका अन्य थामी, हायु, सुरेल, जिरेल आदि जातिहरुले पनि यो चाड मनाउने गर्दछन् ।
किरात समुदाय रहेको विभिन्न स्थानहरुमा यो चाड भव्य रुपमा मनाइने गरिन्छ । सुनुवारहरुले हङकङ, बेलायत, सिक्किम, भुटान, बर्मा र अमेरिकालगायतका मुलुकहरुमा पनि मनाउने गर्दछन् । शाँदार सिल यही आउँदो पौष ६ गते टुँडिखेलमा आयोजना गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *