All about Sunuwar

पूर्वाञ्चलको लुम्दे इलाममा भव्य रुपमा शाँदार पिदार मनाइँदै

1111सुनुवार डट ओआरजी ।
इलाम । सुनुवार सेवा समाज इलामस्थित लुम्दे गाउँ समिति संयुक्त शाँदार सेवा समितिको आयोजनामा भव्य रुपले उधौली शाँदार पिदार मनाइयो । कार्यक्रममा पूर्वाञ्चलका इलाम, झापा, मोरङ, पाँचथर, ताप्लेजुङलगायत जिल्ला कोइँच सुनुवारहरुले भाग लिएका छन् ।
कार्यक्रम आयोजक समितिका एक सदस्य दीर्घ बहादुर सुनुवारले यो उधौली शाँदार पिदार कार्यक्रम सम्पूर्ण पूर्वका सुनुवारहरुका पहिचानका लागि गरिएको तथा यसमा अझ रौनक थप्न शाँदार सिल प्रतियोगिता राखेको कुरा बताएका छन् । कार्यक्रमस्थल पाँचथर र इलामको सिमानास्थित लुम्दे वडा नं. ९ स्थित आयोजना गरिएको छ । कार्यक्रम पौष २ गतेदेखि ३ गतेसम्म चल्ने कार्यक्रम व्यवस्थापन समितिका एक सदस्यले बताए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले सम्पूर्ण कोइँच सुनुवारहरुको पहिचान तथा मुख्य चाड शाँदार पिदार भएकोले यसलाई विभिन्न क्षेत्रमा बसेका सुनुवारहरुले आ–आफनो क्षेत्रबाट भव्य रुपमा मनाउनुपर्ने बताए । सुुनुवारहरुले आफ्नो पुख्र्यौली भूमिलाई वल्लो किरात क्षेत्रका रुपमा स्थापित गराउनका लागि सम्पूर्ण सुनुवारहरु जागरुक हुनुपर्ने पनि बताए । कार्यक्रमा सुनुवार सेवा समाजका कोषाध्यक्ष उत्तमकुमार सुनुवार र संस्कृति विभागका संयोजक अमृत सुनुवारले आफनो मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *