All about Sunuwar

किराँत सुनुवार सेवा समाज बेलायतले तेस्रो अधिवेशन सु-सम्पन्न l

फारन्ब्रो १४,
“भाषा, धर्म, सस्कृति, हाम्रो गर्नुछ जगेर्ना
किसुसेस युकेको पहिचान, जातीय चेतना”
भन्ने मुल नाराको साथमा किराँत सुनुवार सेवा समाज बेलायतले तेस्रो अधिवेशन  १४ डिसेम्बर २०१३ फारन्ब्रोमा  भव्यताको साथ सु-सम्पन्न गर्यो l उक्त कार्यक्रम साहित्यकार तथा कवियत्री भावना परिस्कृत द्वारा सन्चालन गरिएको थियो l  कार्यक्रममा स्वागत मन्तव्य सस्थाका माहासचिव छत्र सुनुवारले गर्नु भएको थियोभने मन्तव्यको क्रममा  सल्लाहकारहरु क्रमश: भू. पु (ब्रिटिश गोर्खा) का मेजर वीरु सुनुवार,  मोहन सुनुवार, कीशोर सुनुवार र भू.पू (किसुसेस बेलायत) का अध्यक्ष वीजय मुख़ियाले सस्थाको भावी कार्यक्रममा गर्नु गराउनु पर्ने कार्यनीतिहरु   तथा विगतका दिनहरुमा गरेका राम्रा नराम्रा दुवै पक्षहरुलाई औल्याउदै आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए l
त्यस पश्चात अध्यक्ष जंग सुनुवार, महासचिव छत्र सुनुवार र कोषाध्यक्ष पूर्ण कुमार सुनुवारले आ-आफ्नो कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए l

दोस्रो चरण
किसुसस बेलायतको चौथो कार्य समितिको अध्यक्षमा मोतिराज सुनुवार
दोस्रो चरणमा निर्वाचन समितिकास संयोजक केदार सङ्केतको तत्वधानमा किराँत सुनुवार सेवा समाज बेलाएतको विधान नियमावली  इस्वी सम्वत् २००७, भाग २, धारा १९, दफा १३ को बमोजिम किसुसेस युकेको चौथो नयाँ कार्य समितीको गठनमा निम्न लिखित पदाधिकारीहरुको मनन-चयन गरियो l
१.        अध्यक्ष- श्री मोति सुनुवार (केन्ट, फोक्स्टोन)
२.        उपाअध्यक्ष- श्री यादव तुर्सुचा (फारंब्रो, ह्याम्पसाइर)
३.        महासचिव- श्री भक्तमान सुनुवार (लण्डन)
४.        सह-सचिव- श्री मोहन कुमार सुनुवार (फोक्स्टोन, केन्ट)
५.        कोषाध्यक्ष- श्री प्रकाश सुनुवार जिजिच (फारंब्रो, ह्याम्पसाइर)
६.        सह-कोषाध्यक्ष- श्रीमती सपना सुनुवार (केन्ट, फोक्स्टोन)
७.        प्रवक्ता- श्रीमती भावना सुनुवार परिस्कृत (फारंब्रो, ह्याम्पसाइर)
८.        केन्द्रीय सदस्य- श्री बुद्धि सुनुवार (केन्ट, फोक्स्टोन)
९.        केन्द्रीय सदस्य –श्री जीतेन्द्र सुनुवार (केन्ट, फोक्स्टोन)
१०.        केन्द्रीय सदस्य- श्रीमती शिरीस सुनुवार (केन्ट, फोक्स्टोन)
११.        केन्द्रीय सदस्य- श्री चन्द्रकुमार सुनुवार (पिटर्सब्रो)
१२.        केन्द्रीय सदस्य- श्री बज्रमान सुनुवार (केन्ट, फोक्स्टोन)
सवै नव-निर्वाचित पदाधिकारी सदस्यहरुलाई कार्यकालको उत्तर्रोतर सफलताको कामनाका साथै अधिवेशनमा उपस्थित हुनुभएका सम्पूर्ण किराँत सुनुवार समाज बेलायतलाई हार्दिक बधाई तथा धन्यवाद l

किसुसेस बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *