All about Sunuwar

रेडियो लिखु ९१.३ मेगाहर्जको भव्य समारोहका साथ उद्घाटन

सुनुवार डट ओआरजी समाचारदाता ।
‘पहिचानको लागि सञ्चार’ नारा लिएर स्थापना गरिएको रेडियो लिखु ९१.३ मेगाहर्जको आज एक भव्य कार्यक्रमका साथ प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा गुप्तेश्वर गाविसका स्थानीय बासिन्दालगायत आसपासका सुनुवार गाउँहरुबाट आफ्नो परम्परागत सुनुवार भेषभूषामा भव्य उपस्थिति थियो । उक्त अवसरमा सुनुवार परम्परा अनुसार नाःसो मानवीर सुनुवारले जोर सगुन राखेर पिदार गर्नुभएको थियो भने पोइँब सन्तबहादुर सुनुवार टावरको फेदमा पोइँब सिल गरी पिदार गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गुप्तेश्वर गाविसका ज्येष्ठ नागरिकद्वय गंगाबहादुर सुनुवार र देवबहादुर सुनुवुारलाई दोसल्ला ओढाइ ज्येष्ठ नागरिकको शिर उठाएर सम्मान गरियो । नागरिक सम्मानका क्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले आज हाम्रो गाउँमा सूचनाको एउटा खुडकिलोका रुपमा यो रेडियो स्थापना गरिएको र उक्त कार्यक्रमलाई यहाँका स्थानीय तथा आसपासका छिमेकीहरुले निकै चासोका हेरिएकाले अब सूचना र सञ्चारका लागि यस क्षेत्रमा एउटा कोसे ढुंगा साबित हुने कुरा बताउँदै यसलाई हामीले अझ उत्कृष्ट बनाउन सबैको अझ सहयोग चाहिएको कुरा बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका सचिव श्री चन्द्रकुमार सुनुवारले अबको दिनमा आदिवासी जनजातिलगायत यस क्षेत्रका जनगुनासो तथा विकासका प्रत्येक खुडकिलाहरुलाई रेडियोको सहयोगमा अझ अगाडि बढाइने तथा यहाँ रहेका हरेक भाषाभाषीलाई रेडियोमार्फत प्रचारप्रसार गरेर भाषा र संस्कृतिको प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
शुभकामनाकै क्रममा सुनुवार सेवा समाज प्रिती गाउँ समितिका अध्यक्ष श्री सञ्जितकुमार सुनुवारले वर्षौदेखि दबाएर राखिएको हाम्रो भाषा र संस्कृतिको यस रेडियोमार्फत प्रचारप्रसार गरेर पुनः जागृत गराउनुपर्ने कुरामा जोड दिनुभयो । हाम्रो संस्कृति, भाषालाई जिवन्त राख्न अझ रेडियो लिखुले पनि एउटा इँटा थपिदिएको कुरा बताउनुभयो ।
शुभकामना दिनेहरुमा स्थानीय संघ–संस्थाहरु, आमा समूह, गरिबी निवारण कोष, स्वास्थ्य स्वयंसेविका समूह, परिवार स्वास्थ्य कार्यक्रम परिवारहरुले आआफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुनुवार सेवा समाज गुप्तेश्वर गाउँ समितिका अध्यक्ष श्री उत्तरकुमार सुनुवारले भन्नुभयो– सदरमुकाम र नेताको आँखामा नपरेका विकट सुनुवारबस्तीमा आज आफ्नै प्रयासले सामुदायिक रेडियोको स्थापना गर्न पाएकोमा हर्षविभोर भएको र यसलाई अझ समुदायको बनाउन हरेक गाउँका बुद्धिजीवि, व्यापारी, शिक्षक, विद्यार्थी, युवायुवतीहरुको साथ चाहिएको कुरा पनि बताउनुभयो ।
कार्यक्रम सुनुवार सेवा समाज गुप्तेश्वर गाउँ समितिका अध्यक्ष श्री उत्तरकुमार सुनुवारको सभापतित्व तथा सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

2 Comments to रेडियो लिखु ९१.३ मेगाहर्जको भव्य समारोहका साथ उद्घाटन

  1. padam kumar sunuwar says:

    रिम्शो हजुर पुकी/चाकेने यितेने मुनु जाने देसो खोनेसो/ कोइच यी के सई मरनाया थियिउ/ मार्दुमया सै- सै/ ईए के बजे पुर्खा मि मरपसो बाम/ मोको लो रुप्स्या वैचा मल्भई हजुर पुकी/ मुनु ताप्स्य नेतिके ९१.३ लिखु मि रिम्सयो उद्दिम पावल यी सुनुवार कलि/ गे- गो यी के पितृ ठेब देओता हो मोको मनेस्यो नु नासो मार्फत नु बुडा पाको वैस्या पिदारी पतिके रिति-थिति छ/मोको डुम-मत रिम्सो हो आ-के तर्फ ला/ मुनु अझै उन्नति पचा मा-पोललो-नेन/

  2. padam kumar sunuwar says:

    रिम्शो हजुर पुकी/चाकेने यितेने मुनु जाने देसो खोनेसो/ कोइच यी के सई मरनाया थियिउ/ मार्दुमया सै- सै/ ईए के बजे पुर्खा मि मरपसो बाम/ मोको लो रुप्स्या वैचा मल्भई हजुर पुकी/ मुनु ताप्स्य नेतिके ९१.३ लिखु मि रिम्सयो उद्दिम पावल यी सुनुवार कलि/ गे- गो यी के पितृ ठेब देओता हो मोको मनेस्यो नु नासो मार्फत नु बुडा पाको वैस्या पिदारी पतिके रिति-थिति छ/मोको डुम-मत रिम्सो हो आ-के तर्फ ला/ मुनु अझै उन्नति पचा मा-पोललो-नेन/

Leave a Reply

Your email address will not be published. Required fields are marked *