All about Sunuwar

रेडियो लिखु ९१.३ मेगाहर्ज परीक्षण प्रसारणमा…

सुनुवार डट ओआरजि समाचारदाता ।
निकै समयको प्रतिक्षापछि रेडियो लिखु ९१.३ मेगाहर्ज पहिचानको लागि सञ्चार नारा लिएर कात्तिक १५ गतेदेखि परीक्षण प्रसारण हुने भएको छ । सम्पूर्ण प्राविधिक कार्य पूरा भइ शुक्रबादेखि परीक्षण प्रसारण शुरु हुनेछ ।
राज्यबाट सम्प्रेषित सूचना तथा अवसरहरु यहाँका सुनुवारहरुको पहुँचमा कहिल्यै पुगेन, सदरमुकामबाट पनि हामी निकै टाढा रहेकाले हरेक कुराबाट पछि पर्यौ । अब यी खाडल केही हदसम्म पुर्ने छ भन्ने मलाई आशा लागेको छ स्थानीय एक समाजसेवी वृद्ध जोस्सिदै भन्नुहुन्छ ।
राज्यबाट प्राप्त हुने सूचनाबाट हामी निकै टाढा थियौं । अब चाहिँ यसबाट टाढा नहुने बताउँदै स्थानीयस्तरमा एफएम प्रसारण हुन लागेकाले हाम्रो पनि सूचना र सञ्चारमा केही पहुँच पुगेको कुरा स्थानीयबासी टीकाराम सुनुवार भन्नुहुन्छ ।
स्थानीय युवा सन्तबहादुर सुनुवार भन्नुहुन्छ– हामीले कुनै सूचना प्राप्त गर्न सदरमुकामै धाउनुपथ्र्यो र सूचनाको पहुँचमा पुग्दा नपुग्दै त्यसको म्याद सकिसकेको हुन्थ्यो । अनि हामी जहिल्यै पनि राज्यको सुविधा र सेवाबाट बञ्चित हुने गरेका थियौं । अब हामीलाई यस्ता सास्तीबाट केही सहज हुने कुरामा आशावादी छौं ।
रामेछाप जिल्ला गुप्तेश्वर गाविसमा रहेको स्टेशनले रामेछापलगायत ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, खोटाङ र उदयपुर जिल्लाका आसपाससम्म सुन्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *