All about Sunuwar

News

now browsing by category

 

पूर्बमा भाषिक, सास्कृतिक जागरणको शुरुवात

सोम सुनुवार (का:तिच)
पुष २३, इलाम/पछिल्लो समयमा आएर पूर्बका कोइंच–सुनुवारहरु आफ्नो मातृ भाषा तथा भेषभुषाप्रति सचेत वन्न थालेका छन् । यस समुदायका मानिसहरुको मौलिक धार्मिक, भाषिक, साास्कृतिक पक्ष पछाडि पर्न थालेको भन्दै युवाहरु सोको जगेर्ना गर्न लागिपरेका हुन् ।
मेचीको इलाम–पााचथरका बिभिन्न भागका युवाहरु अहिले आफ्नो मातृ भाषालाई बोलचिालीमा ल्याउन भरपर्दो माध्यमको खााचो रहेको बताउन थालेका छन् । पााचथर नाम्दु/मजुवाका सन्देश सुनुवार अहिले रेडियोबाट आफ्नो भाषा सिक्न पाए हुन्थ्यो भन्छन् । यता इलाम पुवामझुवा–३ की देवकुमारी सुनुवार पनि भाषिक प्यास मेटाउन एफएम एक भर पर्दो माध्यम हुने बताउछिन् । इलाम, लुम्देका मधुराज सुनुवार त यस्तो काममा ढिलाई गर्ने नहुने सुझाव दिन्छन् ।
त्यस्तै एकरुपताकासाथ भेषभुषाको संरक्षण गर्नुपर्नेमा पसनि उनीहरु एक मत देखिएका छन् । पुवामझुवा ३ की गोमा सुनुवार समय सापेक्ष र एकरुप भेषभुषा वनाउने तालिमको खााचो भएको बताउछिन् । उता घरेलु कार्यालयले जातीय संस्थाले साझेदारीमा पोशाक वनाउने तालिम सञ्चालन गर्न सक्ने जनाउदै आएको छ ।

किरातीहरुले कतारमा किराती नयाँ साल मनाउँने तयारीमा ।

भानु सुनुवार
०५ जनवरी २०१४ दोहा, कतार
तीन किराती संस्था किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज कतारद्धारा यहि १० जनवरी शुक्रवारका दिन कतारको सनैया–१० न्यू माउटेन रेष्टुरेन्टमा किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे–५०७४ तथा कोक्फेवा तङ्नाम शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ मनाउँने तयारीमा छन् ।
एकिकरण पछिको नेपालमा राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा ओझेल पारिएका किरात समुदायको भाषा, मौलिक पहिचान र संस्कृतीलाई लोप हुन नदिन देश बिदेशमा रहेका सबै किरातीहरुका कर्तव्य र आवश्यकता रहेकाले कतारमा पनि तीन भाई किराती संस्थाहरु मिलेर यो बर्षबाट किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे पर्व मनाउँने भएका छन् ।
पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वकारुपमा हाल चलनचल्ति पात्रो अनुसार माधे सक्रान्तिमा आजपनि किरातीहरु काँचो बनतरुलको टिका लगाएर पहिला काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल (तरुल, पीडालु, फर्सी, सखर खण्ड) भोजनका रुपमा खाने गर्दछन् । यसै दिनलाई किरातीहरुले नयाँ साल मान्दै आएकाछन् ।
यहि आउँदो बिदाका दिन शुक्रबार पारेर कतारमा पनि किरातीहरु मिलेर किराती नयाँ साल येले तङबे/दोङ्ग र नक थोच मनाउने परम्पराको थालनी गर्ने भएकाछन् । यस कार्यक्रमा कतारमा आप्रवास जीवन बिताई रहेका सम्पूर्ण किरात तथा गैरकिरात बिच शुभकामना आदानप्रदान गर्दै सो पर्वमा किरातीहरुले ग्रहण गर्ने गरेको किराती परिकार बितरण गरिका साथै यो पर्वको महत्वका बारे प्रकाश पारिने कुराको

जहाँ इच्छा त्यहाँ उपय : कोइँच भाषा कक्षाका सहभागीहरुको हौसला बढाउने प्रति हार्दिक साधुवाद (अगामी कार्यक्रम सामुहिक सामी पिदार र किरात येले थोचे ५०७४ को शुभकामना आदनप्रदान ।)

सुनुवार डट ओआरजि समाचारदाता । पुस, येलाखोम । इतिहासमा पहिलो पटक कोइँच रुम्देलबुम्देल (सुनुवार सेवा समाज) का सदस्य, जो कोइँच लोः सिकौं का सहभागीहरुले हामी कोइँचहरुको साझा घर सुनुवार सेवा समाजको भवन र त्यसको वरपर सरसफाइ गरे । यो कार्यबाट हौसिएर सो अभियानको लागि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्षले ती कोइँच लोः सिक्ने सहभागीलाई रु. पाँच हजार र ललितपुर सुनुवार सेवा समाजका कोषाध्यक्षले रु. दुइ हजार नगद व्यक्तिगत सहयोग पनि गर्नु भयो ।

हालसम्म स्वइच्छाले सहयोग गर्नुहुने सहयोगी दाताहरु वेलायतबाट सुनुवार सेवा समाजका निबर्तमान अध्यक्ष जंग सुनुवार तथा भावना परिस्कृत, मलेसियाबाट जोन सुनुवारले क्रमशः रु. १०,००० र ४,३५० कोइँच लोः सिक्ने सहभागीहरुलाई नगद सहयोगी गरी हौसल प्रदान गर्नु भएको छ । त्यस्तै गरी केवलकुमारी सुनुवार, खिजीकाती ओखलढुंगाले ग्याँस चुल्हा, पाइप, रेगुलेटर, आशिष सुनुवारले भट्टे ग्याँस चुल्हा, अतीत मुखियाले चिया पकाउने केट्ली, लालबहादुर सुनुवार सिन्धुलीले किचन रेक, शोभा सुनुवार भुजी रामेछापले डेक्ची र पन्यु, गोपाल बहादुर सुनुवार भुजी रामेछापले चिया कप दुई दर्जन सरसामान किनीदिनु भएको छ भने कुवेतबाट खड्क बहादुर, नेपाल धापसीबाट प्रेम सुनुवार, नेपाल ललितपुरबाट सुनिल मुखिया, ललितपुरबाटै सुसेस चन्द्रप्रकाश सुनुवारले पनि थप सहयोग गर्ने वचन दिनु भएको छ ।

सुनुवार सेवा समाज स्थापना भएको रजत वर्षको उपलक्ष्यमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले कोइँच लोः सिकौं कार्यक्रम सञ्चालन गरेको ६ महिना नाघेको छ । शुरुमा नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरबाट प्रकाशित इयिँ लाँ अनौपचारिक पाठ्यपुस्तकमा आधारित भएर कोइँचबु काःतिचले कक्षा सञ्चालन गर्दै आउनु भएको थियो भने हाल अतीत मुखियाले सो कक्षा प्रत्येक शनिवार विहान ८ बजे देखि नौ बजेसम्म सञ्चालन गर्दै आउनु भएको छ । Read More

कोइँच भाषाका विद्यार्थीको सरसफाइ अभियान

सुनुवार डट ओआरजी संवाददाताimage-org
काठमाडौं २० पुस । काठमाडौं जिल्ला समितिद्वारा सञ्चालित कोइँच लोः सिकौं अभियानका विद्यार्थीहरुले सुनुवार सेवा समाज भवनमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइ अभियानमा संस्थाका घर वरिपरि, कार्यालय कोठा, हल तथा कौसीमा रहेका फोहरहरु व्यवस्थापन गरिएको थियो ।
यो सरसफाइ अभियान हरेक शनिबार गरिने कुरा कोइँच भाषा कक्षाका संयोजकले बताए । उक्त कार्यक्रमका निम्ति देश विदेशबाट विभिन्न व्यक्तिबाट सरसफाइ अभियानका लागि चाहिने सामग्रीहरुको सहयोग गरेका थिए ।
कार्यक्रममा बोल्दै सुनुवार सेवा समाजका केन्द्रिय अध्यक्ष श्री मनप्रसाद सुनुवारले एउटै टाउकोको सोचभन्दा धेरै टाउकाको सोच उत्कृष्ट हुन्छ । त्यसैले हामीले समाजका विभिन्न कार्यमा सबैको सोचलाई समेटेर प्रगति मार्गमा अघि बढ्न सकिने पनि बताए । विगतमा सरसफाइका निम्ति संस्थाका पदाधिकारीहरुले पनि सोच्न नसकेको र अन्य सुुनवारहरुबाट पनि यस्तो सोच नराखेकोले आज यस कोइँच लोः सिकौं अभियानका भाइबहिनीहरुले यसलाई व्यवहारमा उतारिदिएकोमा धन्यवादसमेत दिए ।
केही वर्ष पहिले यो संस्थामा आउँदा स्वयं केन्द्रीय अध्यक्षज्यूले आफै सरसफाइ गरिरहेको देख्दा आफूलाई कताकता आत्मग्लानिको महसुस भएको र यस्तो कार्यलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाउदा बनाउँदै कोइँच लोः सिकौं अभियानका भाइबहिनीहरुलाई यसलाई व्यवहार उतारेर एउटा गतिलो उदाहरण पेश गरेको कुरा सुनुवार विद्यार्थी समाजका सहसचिव मुना मुखिया सुनुवारले बताए ।
सरसफाइ अभियान तथा चिया खाजा व्यवस्था अभियान अन्तर्गत विभिन्न व्यक्तिबाट चिया पकाउन चाहिने विभिन्न सामग्री सहयोग गरेका थिए । अभियानका क्रममा चिया पकाएर प्रथमपटक सम्पूर्ण कोइँच लोः सिकौं अभियानका विद्यार्थी तथा आमन्त्रितहरुलाई खुवाएका थिए । Read More

कोइँच भाषा कक्षाका सहभागीलाई एक जना ग्याँस सिलीण्डर दाताको खाँचो

सुनुवार डट ओआरजी समाचारदाता । कोही छ त्यस्तो सहासी व्यक्ति ? कोइँच लोः भाषा सिकौं कार्यक्रमका सहभागीहरुको सहासलाई सलाम, जसले सही निर्णय गरेको छ ।

यो जाडोको मौसम । विहानै भाषा कक्षामा थुरुरु काम्दै भाषा सिक्नु पर्ने । शरीर तताउनु त परेउ नै । कि त तातो पानी कि त चिया । तर के गर्ने सुनुवार सेवा समाजको भवनमा किचन व्यवस्था छैन । बाहिरबाट चिया माग्यो एक कपको रु. १५ । साह्रै चित्ता दुख्दो कुरा । संसार बदल्नु छ भने पहिला आफुबाटै सुरु गर भन्न भनाइलाई चरितार्थ गर्दै सुनुवार सेवा समाज काठमाडौंका कोषाध्यक्ष शोभा सुनुवार र भाषा कक्षा संयोजक देवराज सुनुवारको पहलमा सुनुवार सेवा समाजकै भवनमा चिया पकाउने व्यवास्था गर्ने कुरा भयो ।

र, सबैले आ आप्mनो तर्पmबाट सहयोग गर्ने कुराको टुँगो लाग्यो ।

जसमा

किचन रेक : लालबहादुर सुनुवार (एल बि) भक्तपुर सिर्जनानगर ।

चुलो तथा केट्ली, ग्याँस पाइप : शोभा सुनुवार, कपन ।

५ केजी चिनी र १ केजी चियापत्ती भाँडो सहित : देवराज सुनुवार ।

फोहर उठाउने डस्वीन : प्रेमकुमार सुनुवार, धपासी ।

दुइ दर्जन कप सेट : गोपाल बहादुर सुनुवार ।

मरिच, सुक्मेल : सागर सुनुवार, भिरपानी, रामेछाप ।

पानी तथा पानी राख्ने भाँडा : एसिड रावाच केर कोइँच ।

झाडु भवन सफा गर्ने : दिपक सुनुवार ।

डाडु पन्यू र चिया छान्ने : दुर्गा सुनुवार तुनिचा (धनुषा) ।

शौचालय सफा गर्ने सर सामान : लेखबहादुर सुनुवार, हाँवा ।

अब ग्याँस सिलीण्डार दान गर्ने व्यक्तिको खोजीमा रहेका छन् विहानी भाषा सिकौं कक्षाको सहभागीहरु । अब एक वटा ग्याँस सिलिण्डर दिने दाता पाए विहानी भाषा कक्षाका साथीहरु अति रमाउने थिए । साथै उनीहरुले अन्य सामुहिक कार्यमा पनि योगदान दिन सक्ने थिए ।

साथै प्रत्येक महिनाको दोश्रो हप्ता सुनुवार सेवा समाजको भवन सरसफाइ गर्ने उनीहरुको दैनान्दीनिमा परेको छ ।  र, सबै कोइँचहरुलाई यस कार्यमा सहकार्य र सहयोग गर्न पनि हार्दिक आव्हान गरिन्छ ।

कतारमा किरातीहरुले उधौली पर्व भब्यताका साथ मनाए

shyanderभानु सुनुवार
२२ डिसेम्बर २०१३ दोहा, कतार
किरातीहरुका महान चाड तथा राष्ट्रिय पर्व चासोक तङ्नाम, साकेला उधौली, फोल शाँदार– किरात येले तङ्बे/दोङ्ग/थोचे–५०७३ तथा बनभोज कार्यक्रम तीन किराती संस्था किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र सुनुवार सेवा समाज कतारद्धारा आयोजित संयुक्त कार्यक्रम २० डिसेम्बर शुक्रवारका दिन कतार स्थित समाल गार्डेनमा भव्यताका साथ सम्पन्न भयो ।
किरात सभ्यताको सरूवात शिकारी पेसाबाट जीवन निर्वाह गर्ने अवस्था देखिनै पूर्खा र प्रकृति पूजाको परंम्परा सुरु भएर खेतीपाती गर्न थालेपछि पनि प्राकृतिक तथा पूर्खा पूजालाई किरातहरुले निरन्तरता दिदै आए । पञ्च महाभूत शक्तिलाई आत्मसात गर्दै आगो पुज्नु, पानी पुज्नु, बायु पुज्नु, भूमि ढोग्नु, आकाश ढोग्नु, जस्ता बोन आचारसंहिता पालना गर्दै प्रकृतिको सम्मान गर्दै आए । अझ खेतीगर्न थाले पश्चात् किरातहरूले उधौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पूर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकेपछि भित्राउँदा, नयाँ अन्न पितृहरूलाई अपर्णगरेर मात्र खाने परम्परा विकास गर्दै गए । यसरी मनाइने चाड किरात समुदायहरुमा गुराँस वा आरु फुलेको याम, जुनबेला चराहरु तथा खोलाका माछाहरु उत्तरतिर लाग्छन्, सो यामलाई बाली लगाउने याम मानेर अन्नबाली सप्रियोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयँु फुलेको याममा जुन समय चराहरु र खोलाका माछाहरु दक्षिणतिर लाग्छन, सो यामलाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख समृद्घिको कामना गर्दै उधौली पर्व मनाइन्छ ।
केहि फरक संस्कार भएता पनि किरात समुदायका एउटै संस्कृति छ । तसर्थ सम्पूर्ण किरात समुदायमा एकता हुनुपर्छ भन्ने उद्देश्यले आयोजित संयुक्त कार्यक्रमका सभापतित्व किरात याक्थुङ चुम्लुङका अध्यक्ष लोकेन्द्र तुम्रोक र प्रमुख आतिथी नेपाली राजदुतावास कतारका द्धितीय सचिव हरिहरकान्त पौडेलले गरेका थिए भने बिशेष अतिथिहरुमा नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेस तामाङ्ग, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रि समन्वय परिषदका उपाध्यक्ष टि.बी कार्की, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मक्शुद आलम, किरात याक्थुम् चुम्लुङ कतारका प्रमुख सल्लाहकार दिल किरण खजुम, किरात राई यायोक्खा शाखा कतारका प्रमुख सल्लाहकार चन्द्रसेर राई, सुनुवार सेवा समाज कतारका सल्लाहकार भानु सुनुवार रहेका थिए । Read More

हार्दिक श्रद्धाञ्जलि

हार्दिक श्रद्धाञ्जलि

22स्व. पदमबहादुर सुनुवार
सुनुवार विद्यार्थी समाजका अध्यक्ष सुदीप सुनुवारका श्रद्धेय पिता श्री पदमबहादुर सुनुवारको मिति २०७० मंसिर २६ गते असामयिक निधन भएको आज १३औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण सुनुवार विद्यार्थी केन्द्रीय समितिको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।

सुनुवार विद्यार्थी समाज
केन्द्रीय समिति