News
now browsing by category
सुनुवार भाषा गोष्ठी एवम् सुनुवार भाषा प्रशिक्षण कार्यक्रम
“सुनुवार जातिको पहिचानको एउटा महत्वपूर्ण पक्ष सुनुवार भाषा हो । भाषा र संस्कृति बिना जातिको अस्थित्व रहँदैन । यो अमूल्य नीधि र सम्पत्ति हो जसले हाम्रो पहिचानको लागि महत्वपूर्ण स्थान ओगटेको हुन्छ ।”
“भाषा नरहे संस्कृति पनि रहँदैन, संस्कृति र संस्कारनै नरहे हामी सुनुवारहरुको अस्तित्व पनि समाप्त हुन्छ ।” न यो किन्न नै सकिन्छ, न बेच्न नै, बरु यस्तो सम्पदा र संस्कृतिलाई एउटा पुस्ताबाट अर्काेमा हस्तान्तरण गर्न भने सकिन्छ ।
सुनुवार सेवा समाज सैपू गाउँ समिति र नेपाल सरकार आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको साझेदारी कार्यक्रम अन्गर्तत मिति २०६८/१२/१८ का दिन जिल्ला रामेछाप , गा.वि.स. सैपू, वडा नं. ६, सुविदार टोल, आहालडाँडामा नेपालका सीमान्तकृत समूहका आदिवासी जनजाती सुनुवारहरुको मातृभाषा संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले “सुनुवार भाषा गोष्ठी एवं प्रशिक्षण कार्यक्रम २०६८” उद्घाटन समारोहकासाथ सुचारु भएको छ । Read More
थोरै संख्याका आदिवासी जनजातिहरु एक जुट : प्रचण्ड निवास घेराउ
सुनुवार डट ओआरजि समाचारदाता
७ वैशाख, काठमाडौं । थोरै संख्याका आदिवासी जनजाति सभासद तथा आदिवासीको प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको दुइ दिने भेलाको उद्घाटन आज नगरकोटमा आदिवासी सभासद ककसको अध्यक्ष पृथ्वीसुब्बा गुरुङले गरेका छन् भने आज विहान सुनुवार सेवा समाज लगायत नेपाल आदिवासी जनजाति महासंघले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निवास घेराउ गरेका छन् । संविधान सभाबाट संविधान जारी गर्ने समय नजिकीँदै जाँदा आदिवासी शसंकित हुँदै छन् भने प्रमुख राजनीतिक दलहरु निरङ्कुश राजतन्त्रको भूमिका निर्वाह गर्दै छन् । Read More
रामेछापको दुर्गम गाउँ सैपूमा कम्प्यूटर प्रशिक्षण संचालन हुने
सात प्रदेश विरुद्ध आदिवासी जनजाति
चुपलु दामलोच
6 बैशाख, यालाखोम । आदिवासी जनजातिहरुको पहिचानको आधारमा प्रस्तावित प्रदेशहरुको संख्या घटाउन पाइँदैन, सात प्रदेश आदिवासी जनजातिहरुलाई स्वीकार्य हुने छैन । जेठ १४ गते भित्र आदिवासी जनजातिको अधिकार सुनिस्चित भएको संविधान जारी गर । स्वशासन र आत्मनिर्ण्र्ााो अधिकार सुनिस्चित गर । अपुरो, अधुरो र संक्षिपत संविधान जारी गर्न पाइँदैन । नयाँ संविधानमा सिमान्तकृत र अल्पसंख्याकहरुको अधिकार सुनिस्चित भएको संविधान जारी गर लगायत पाँच बुँदे मागसहित आज नेपाल आदिवासी जनजाति महासंघले तीन प्रमुख दललाई ज्ञापन पत्र बुझाएको छ । सुनुवार सेवा समाज लगायत आम आदिवासी जनजाति संस्था, आदिवासी सभासद् ककसले राज्य पुनसंरचना तथा राज्य शक्ति वाँडफाँड समितिले सिफारिस गरेको १४ प्रदेश नै हुनु पर्ने र सुनकोशी प्रदेशलाई वल्लो किरात हुनु पर्ने अडान राखेको थियो । Read More
खिँचि हवाई मैदान उद्घाटन
सुनुवार डट ओआरजि समाचारदाता
चैत्र २९, दोवास । चुप्लु खिँची दोबास हवाईमैदान खार्ने कामको शुरुआत पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले उद्घाटन गर्नु भयो । ओखलढुंगा जिल्लाको यो दोस्रो हवाइमैदान बन्ने छ । सुनुवार वस्तीमा बन्न लागेको यस विमानस्थलको उपभोक्ता समितिमा भने सोलुकी गोमा के.सी (हाल बरुणेश्वर गा.वि.स ढुस्के विवाह गरेकी) अध्यक्ष रहेकी छिन् । Read More
युकेबासी कोइँच (सुनुवार) को सहयोग वल्लो किरात प्राप्तिको लागि

वल्लो किरात स्वायत्त प्रदेश प्राप्तिको लागि संर्घष्ा जारी गर्न युके निवासी कोइँच -सुनुवार) को तर्फबाट किरात सुनुवार सेवा समाज युकेका अध्यक्ष जंगबहादुर सुनुवारले सुनुवार सेवा समाज केन्द्रीय कार्यालयमा रु. पन्ध्र हजार नगद सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई हस्तान्तरण गर्दै
कोइँचबु काःतिच
चैत्र २८, यालाखोम । ‘हाम्रो भौतिक शरीर मात्र युकेमा हो । हाम्रो मन मस्तिष्क र हाम्रो पूर्ख्यौली थाँतथालो नेपाल नै हो । नेपालको पनि वल्लो किरात प्रदेश हो । हामी कोइँचको पहिचान वल्लो किरातसँग गाँसिएको छ । चीन, भारतको उन्नति भनेकै बाहिर बसेका उनीहरुको जनर्ताबाट भएको हो । र, अहिले चिनीया तथा भारतीय मूलका युवायुवतीहरु आफ्नो क्यारियरको लागि स्वदेश फर्किने गरेका छन् । भोलि नेपालीको स्थिति पनि त्यस्तै हुन सक्ने छ । यसैले बाँच्नको लागि युके बसे पनि सधै सधै बाँच्नको लागि युके पर्याप्त हो भन्नेमा कोइँचहरु कहिलै बिश्वास गर्ने छैनन् । यसैले वल्लो किरात युकेबासी कोइँचको पनि चाहना Read More
कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी
अब बजारमा आउँदै गरेको कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी : कोइँच युवायुवतिहरुको लागि समर्पित “दोमोका दारशो सेरेमफु”
(स्पष्टीकरण : यो दोमोका दारशो गीति एल्बमबाट उठेको रकमले अर्को मौलिक लोकबाजाको साथ लोकगीत रेकर्डिङ गरिने छ जुन तत्काल उत्पादनको लागि दुइ वटा गीति एल्बम तयारीमा छ । यो अभियान कोइँच भाषा तथा संस्कृति प्रवर्द्धनको लागि हो ।)
१. गीतको बोल : एयि, होमाचिरि
भाका : साङ दुपि साङासो लोकभाका
रचना तथा संगीत : कोइँचबु काःतिच
स्वर : महेश सुनुवार (क्याःब)
एयि, होमाचिरि होपो’मा, सुनि जिकरिस नोलेङा
ङामजिम गोइ आँकेन, हेमशो ग्लुमसि काःलेङा
(दाः ब्लोइँचि फुइलिकालि) ४ Read More
