All about Sunuwar

थोरै संख्याका आदिवासी जनजातिहरु एक जुट : प्रचण्ड निवास घेराउ

सुनुवार डट ओआरजि समाचारदाता
७ वैशाख, काठमाडौं । थोरै संख्याका आदिवासी जनजाति सभासद तथा आदिवासीको प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको दुइ दिने भेलाको उद्घाटन आज नगरकोटमा आदिवासी सभासद ककसको अध्यक्ष पृथ्वीसुब्बा गुरुङले गरेका छन् भने आज विहान सुनुवार सेवा समाज लगायत नेपाल आदिवासी जनजाति महासंघले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निवास घेराउ गरेका छन् । संविधान सभाबाट संविधान जारी गर्ने समय नजिकीँदै जाँदा आदिवासी शसंकित हुँदै छन् भने प्रमुख राजनीतिक दलहरु निरङ्कुश राजतन्त्रको भूमिका निर्वाह गर्दै छन् ।
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा पाँच बुँदे ज्ञापनपत्र दिँदै प्रचण्ड निवास घेराउ गर्दै लगायत आधा घण्टा लाजिम्पाट सडक बन्द गरेका थिए । ज्ञापनपत्र बुझदै अध्यक्ष प्रचण्डले आदिवासी जनजातिले सडक तताए मात्र उनीहरुको अधिकार सुनिस्चित हुने बताउँदै अहिले नेकपा एमाले र नेपाली काङ्ग्रेस जातीय पहिचानको संघीयता नचाहेको हुँदा संविधान सभाबाट मात्र आदिवासी जनजातिले आफ्नो अधिकार पाउने सम्भावना कम भएको जानकारी गराए । उनले अगाडि भने यदि आदिवासी जनजाति साँच्चिकै आत्मनिर्णय अधिकार सहितको जातिय स्वायत्तता चाहेका हुन् भने सडक आन्दोलनलाई छड्नु हुँदैन । सडक आन्दोलन जारी रहृयो भने मात्र हामीले सदनमा हाम्रो मुद्दालाई निरन्तरता दिन सक्ने छौं । यो ठीक समयमा ज्ञापन पत्र बुझाउनु भएको छ । यसो गर्नु भएन भने नेपाली काङ्ग्रेस र नेकपा एमालेले पहाडमा पाँच र मधेशमा दुइ प्रदेशको प्रस्ताव अगाडि सार्ने छन् जसलाई नेकपा माओवादीले पनि र्समर्थन गर्न बाध्ये हुनु पर्ने आशय व्यक्त गरे ।
ककस अध्यक्ष पृथ्वीसुब्बा गुरुङले पनि थोरै संख्याका आदिवासी हुन वा धेरै संख्याका, आदिवासी जनजातिको आत्मनिर्णय अधिकार सहितको जातीय स्वायत्तताको नेकपा एमाले र काङ्ग्रेस नरहेको हुँदा आदिवासी जनजाति सभासदलाई आदिवासीको पक्षमा बोल्न आदिवासी जनजाति तथा उनीहरुको प्रतिनिधिमूलक संस्थाले बाध्ये पार्नु पर्ने र आफ्नो समुदायको नाम भजाएर सभासद्ले आफ्नो जातिको पक्षमा नबोली पार्टी वाकलता गरेका छन् भने उनीहरुलाई सामाजिक वहिस्कार गर्नु पर्ने पनि बताउनु भयो । आदिवासी जनजातिको हक अधिकार विरुद्धमा राजनीतिक पार्टी लागेका छन् नै कतिपय आदिवासी जनजाति राजनीतिकर्मीहरु र सभासद पनि लागेको देख्दा त्यस्ता ढुलमुले राजनीति गर्ने नेता तथा सभासदलाई खबरदारी गर्नु पनि आदिवासी जनजातिको पहिलो कर्तव्य भएको जानकारी गराउनु भयो ।
सुनुवार सेवा समाज तथा जिरेल र सुनुवार सभासदले भने आजको नगरकोट वैठकमा वल्लो किरात स्वायत्त प्रदेशको पक्षमा सबैलाई लबिङ गर्न र गरिदिन अनुरोध पनि गर्नु भएकेा छ ।

2 Comments to थोरै संख्याका आदिवासी जनजातिहरु एक जुट : प्रचण्ड निवास घेराउ

  1. chandra pks sunuwar says:

    feeling heat at the last moment? ha ha ha.I was educating and giving information to make aware about autonomous of wallo kirant and our right to evey single sunuwars in advance more than 5 years ago even sending personal emails regarding this matter, saying something sinister is coming or i am talking about this very day or moment of truth but none of the selfish, uneducated, arrogant and blind sunuwar had open their eyes except few such as honarable (Uttam katicha, Mana prasad, Lal rapacha, Amrit, Dal kumari couple) but this is not enough and never ever get proper help what we need for such sensitive issue.Now ready to face consequences —— yesterday you was slave of brahmin-chetri now will be slave of your own brothers such as (Tamasaling or Sherpa).If they declear wallo kirant in last moment then thanks to god otherwise no need to panic because broken tribe can never rule in history.

  2. chandra pks sunuwar says:

Leave a Reply

Your email address will not be published. Required fields are marked *