All about Sunuwar

रामेछापको दुर्गम गाउँ सैपूमा कम्प्यूटर प्रशिक्षण संचालन हुने

युवातथा खेलकुद मन्त्रालय, युवासाझेदारी कार्यक्रमको आर्थिक सहयोगमा लिखु सुसेली संरक्षण परिषद्, सैपूद्धारा ग्रामिण युवाहरुका लागि कम्प्यूटर प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । हलो, अन्नू, कोदालो, हसिँया समाउने र भकारोका गोवर सोहर्ने पौरखिहातहरुका औलाहरु अव कम्प्यूटरका किबोर्ड माथी नाच्ने भएकाछन् । संस्थाका अध्यक्ष प्रकाशचन्द्र सुनुवारका अनुसार कम्प्यूटर प्रशिक्षण कार्यक्रमको उद्घाटन यही वैशाख २४ गतेका दिन भव्यतापूर्वक सैपूमा आयोजना गरी प्रशिक्षणलाई विधिवत रुपमा अगाडि वढाउने जानकारी उहाँले गराउनु भएको छ । कम्प्यूटर प्रशिक्षण कार्यक्रमका लागि मन्त्रालयबाट प्राप्त अनुदानबाट कम्तीमा ४ सेट कम्प्यूटर र एउटा प्रिन्टर खरिदका लागि आवश्यक प्रक्रिया समेत अगाडि वढाई सकिएको जानकारी कार्यक्रमका वित्तिय व्यवस्थापक असीस सुनुवारले गराउनु भएको थियो । अहिले एकाइसौ सताव्दीमा पनि कम्प्यूटर शिक्षामा नेपालका वहुसंख्यक युवाहरुको पहँुच नभइरहेको अवस्थामा लिखु सुसेली संरक्षण परिषद्ले ग्रामिण क्षेत्रमा संचालन गर्ने कम्प्यूटर प्रशिक्षणले ग्रामिण यूवाहरुको सीप विकासका साथै ग्रामिण विज्ञान तथा सूचना प्रविधीमा समेत युवाहरुको चासो वढनगइ राष्ट्रकै विकासमा महत्वपूर्ण सहयोग पुग्ने संस्थाका सल्लाहकार गुन्जबहादुर सुनुवारको धारणा रहेको छ । प्रशिक्षण अवधी अहिले तीन महिनाका लागि भएता पनि आगामि दिनमा समेत कम्प्यूटर प्रशिक्षणलाई नियमित रुपमा अगाडि वढाउने र वहुसंख्यक ग्रामिण युवाहरुलाई प्रशिक्षण प्रदान गर्ने लक्ष रहेको जानकारी संस्थाका सहसचिव अमरदिप सुनुवारले वताउनु भयो । सोही अनुरुप अहिलेका लागि १६ जना प्रशिक्षार्थि र दुईजना प्रशिक्षकको छनौट कार्य समेत अगाडि वढाइसकिएको उहाँले जानकारी दिनु भयो ।
युवाहरुको विषेश सक्रियतामा सैपूमा केही महिना अगाडि मात्रै ग्रामिण लघुजलविद्युत उत्पादन गरिएकोले अहिले सैपूमा कम्प्यूटर प्रशिक्षण संचालनका लागि थप अनुकुलता रहेको र भविष्यमा ग्रामिण सूचना केन्द्र तथा टेलिमेडिसिन सेन्टर आदिको स्थापनाका लागि समेत पहल गर्न सजिलोहुने सस्थाका अर्का सल्लाहकार भगत सुनुवारले वताउनु भयो । यसरी ग्रामिण क्षेत्रमा संचालित कम्प्यूटर प्रशिक्षण कार्यक्रमबाट ग्रामिण जनशक्तिमा वृद्धिभई यूवारोजगार वढने र युवासाझेदारी कार्यक्रमको लक्ष हाँसिलमा पनि थप सहयोग पुग्ने उहाँको ठम्याई रहेको छ । संस्थाका अर्का सल्लाहकार टंकराम सुनुवारका अनुसार आफूहरु यो भन्दा अगाडि विभिन्न क्षेत्रहरुमा व्यस्तता रहेकाकारण सैपू र ग्रामिण क्षेत्रका विकासमा पर्याप्त समय दिननसकेता पनि अहिले सैपूकासवै सुनुवार युवाहरु एकभएर अगाडि वढिरहेको बताउनु भयो । युवाहरुकै पहलका कारण केहीदिन अगाडिमात्र सैपूमा वृहद सुनुवार भाषा गोष्ठीको समापन र दुई महिने सुनुवार भाषा प्रशिक्षण कार्यक्रम संचालन भइरहेको छ भने आगामी दिनमा कम्प्यूटर प्रशिक्षण कार्यक्रम सहित जम्मा तीनवटा कार्यक्रमहरु संचालनका क्रममा रहेको समेत उहाँले वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *