All about Sunuwar

खिँचि हवाई मैदान उद्घाटन

सुनुवार डट ओआरजि समाचारदाता
चैत्र २९, दोवास । चुप्लु खिँची दोबास हवाईमैदान खार्ने कामको शुरुआत पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले उद्घाटन गर्नु भयो । ओखलढुंगा जिल्लाको यो दोस्रो हवाइमैदान बन्ने छ । सुनुवार वस्तीमा बन्न लागेको यस विमानस्थलको उपभोक्ता समितिमा भने सोलुकी गोमा के.सी (हाल बरुणेश्वर गा.वि.स ढुस्के विवाह गरेकी) अध्यक्ष रहेकी छिन् । सुनुवारको सेवा गर्छुुनेर गठित नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका पूव महासचिव रहेका नेकपा एमालेका यज्ञराज सुनुवार भनौं या त राष्ट्रिय जनजाति विकास समितिका पर्ूव उपाध्यक्ष महेश कोरमोचाको चुनावी क्षेत्र भए पनि कोइँचको गाउँमा बन्न लागेको हवाईमैदानले कोइँचलाई भने बहिस्करण गर्दा समेत केही बलेको देखिँदैन । यस विमानस्थलको जग्गा सबै कोइँचको हो । हवाईमैदान निर्माण गर्न नागरिक उड्डायन मन्त्रालयको नाममा  निःशुल्क जग्गा दान गरेका हुन् । विचारणीय कुरा के छ भने जग्गादान गर्ने सुनुवार । विकास हुने अन्य जातिको । त्यसमा पनि कोइँच वस्तीमा । कोइँचको कुनै अधिकार नहुने ? भोलि यस क्षेत्रका जनताको जग्गा जिरीको जिरेलको जग्ग्ाा हडपेर कृषि मन्त्रालयको नाममा राखे जस्तै हवाईमैदान नबने वा हवाई मैदान बनेर पनि हवाइजहाज उड्डान हुन नसके जग्गा नागरिक उड्डान मन्त्रालयको नाममा रहने छ र त्यस जग्गामा तारबार लाग्ने छ । कोइँचहरुले उपभोग गर्न पाउने छैनन् । अन्य सामाजिक तथा साँस्कृतिक विकृति र उत्पीडनको वारेमा विस्तृत अध्ययन नभई गरिएको यस हवाईमैदानको उद्घाटनले भोलि के कस्तो परिणम ल्याउला ? समयले बताउने नै छ । तर कोइँचहरुले आफ्नो मानव अधिकार भने जानेर वा नजानेर गुमाउँदै छन् ।
अहिलेको परिस्थितिमा पनि रेडबुकमा उल्लेख २ लाख ४० हजार बजेटले हवाईमैदान बन्ने कम सम्भावना छ । तर उपभोक्त समितिका अनुसार भने २४ लाख रेडबुकमा परेको दाबी छ । केही विश्लेषकका अनुसार विकासको नाममा अहिले ओखलढुंगामा राजनीति गर्ने कोइँचहरु र त्यस क्षेत्रका अन्य नेताले कसरी जनताको जनधन र अधिकारको सेवा गर्ने हुन् वा उनीहरुलाई उठीवास लगाउने हुन् सबै कोइँच सचेत हुने पर्ने छ । हुन त यो योजना पञ्चायत कालदेखिको भए पनि गणतन्त्रको पर्ूव सँघारमा शुरु भएको छ । कति सफल होला ? जनताहरु सशंकीत छन् । यसभन्दा अगाडि पनि ओखलढुंगा जिल्लाको ६ नम्बर इलाकामा पर्ने सबै गाविसबाट एक एक लाख रुपैँया चन्द उठाइएको थियो । त्यसको अहिलेसम्म कुनै हिसाव किताब देखाइएको छैन । सम्बन्धित समितिका एक सदस्य चित्र पौडेलका अनुसार १२ लाख रुपैँया जम्मा भएको थियो । तर रगनीको राम कार्की भने अहिलेको समितिलाई त्यस पैसाको कुनै लिखत प्राप्त नभएको भनेर कोटेश्वरमा भएको एक छलफल कार्यक्रममा चोखिएको थिए । गोमा केसी भने हवाइजहाज मैदान बनाएँ भनेर सुनुवारको वस्तीमा राजनीति गर्न छिरेको जान्नेबुझनेहरुको दाबी छ । उता एक थरी काङ्ग्रेस सुनुवारहरु आपै+mले खिँजीमा गोमा केसीलाई घर गडेरी उपलब्ध गर्राई खिँजीको स्थाइ बासिन्दा बनाइ सकेको अपुष्ट समाचार पनि बाहिर आएको छ । उता अर्को गरी कोइँचहरु यदि यो कार्य सही हो भने झिँगाको रिसले नाक काटे जस्तो मात्र हुने छ । अहिले नै जालझेलको बाटो शुरुआत हुने हो भने यस किसिमको विकासले भविश्यमा विनाश ल्याउनेहरु पनि विपरीत कित्तामा उभिएको पाइएको छ । सोचनीय कुरा भने हवाइ जहाज मैदानलाई जग्गा दिने कोइँचहरुको भने के विकास हुने त ? के भोलि उनीहरुलाई निःशुल्क विमान उडान गरी दिन्छन् त ? मानौं हवाइ मैदानले पर्यटन विकास भयो ? त्यसको कर वा लाभांश कोइँचलाई बाँडिन्छ त ? के उनीहरुलाई पनि पर्यटन व्यवसायी बनाउन सशक्तिकरण गर्ने र सहयोग गर्ने काम हुन्छ त ? हुन्छ भने कहाँ को सँग सम्झौता भयो वा कुन तहमा निर्ण्र्ााभएको छ ? वा उनीहरुसँग कहिले कहाँ परामर्श गरियो ? र विकासमा कसरी सहभागी गरिने छ ? यस्तै अनगिन्ती प्रस्नहरुले जेलिएको छ । दोबास हवाईमैदानको कथा । जे होस् फेरि राजनीतिकर्मीले आफ्ना मान्छेलाई कमाई खाने बाटो खोलेका  छन् हवाई मैदान नबने पनि । आशा गरौं हवाईमैदान नरोकिकन बनोस् शुभचिन्तकहरु यसै भन्छन् ।

2 Comments to खिँचि हवाई मैदान उद्घाटन

  1. डा.लाल–श्याँकारेलु Rapacha says:

    यो सारै अनर्थ भो . tehako IP कोइंच lai minus गरिनु IPs को HR हनन हो.
    यसलाई १००% no.

  2. डा.लाल–श्याँकारेलु Rapacha says:

    यो सारै अनर्थ भो . tehako IP कोइंच lai minus गरिनु IPs को HR हनन हो.
    यसलाई १००% no.

Leave a Reply

Your email address will not be published. Required fields are marked *