All about Sunuwar

सुनुवार भाषा गोष्ठी एवम् सुनुवार भाषा प्रशिक्षण कार्यक्रम

“सुनुवार जातिको पहिचानको एउटा महत्वपूर्ण पक्ष सुनुवार भाषा हो । भाषा र संस्कृति बिना जातिको अस्थित्व रहँदैन । यो अमूल्य नीधि र सम्पत्ति हो जसले हाम्रो पहिचानको लागि महत्वपूर्ण स्थान ओगटेको हुन्छ ।”
“भाषा नरहे संस्कृति पनि रहँदैन, संस्कृति र संस्कारनै नरहे हामी सुनुवारहरुको अस्तित्व पनि समाप्त हुन्छ ।” न यो किन्न नै सकिन्छ, न बेच्न नै, बरु यस्तो सम्पदा र संस्कृतिलाई एउटा पुस्ताबाट अर्काेमा हस्तान्तरण गर्न भने सकिन्छ ।
सुनुवार सेवा समाज सैपू गाउँ समिति र नेपाल सरकार आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको साझेदारी कार्यक्रम अन्गर्तत मिति २०६८/१२/१८ का दिन जिल्ला रामेछाप , गा.वि.स. सैपू, वडा नं. ६, सुविदार टोल, आहालडाँडामा नेपालका सीमान्तकृत समूहका आदिवासी जनजाती सुनुवारहरुको मातृभाषा संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले “सुनुवार भाषा गोष्ठी एवं प्रशिक्षण कार्यक्रम २०६८” उद्घाटन समारोहकासाथ सुचारु भएको छ ।
कार्यक्रममा सैपू गाउँका विभिन्न वडाहरुबाट समुदायका सहभागीहरु, संघ, संस्था, राजनीतिक दलका प्रतिनिधी, विद्यालयका आमन्त्रित अतिथिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा २०० भन्दा बढी सहभागिता रहेको जसमा स्थानीय क्षेत्रका सुनुवार महिलाहरुको आफ्नै परम्परागत भेषभूषामा उत्साहित हुँदै मातृभाषाप्रति चासो बढेको देखिन्थ्यो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्री गुन्ज ब सुनुवार, सुनुवार सेवा समाज संंस्थापक सदस्य, पूर्व सल्लाहकार केन्द्रीय समिति एवं समाजसेवी (हाल काठमाडौं) को उपस्थितिमा परम्परागत सुनुवार संस्कृति पिदार विधिबाट नासो (पुजारी) र पोँइब् (झाँक्री) द्वारा शुभकार्यको लागि शुभकामना गर्दै सो कार्यक्रमकोे उद्घाटन समारोह सुसम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री चतुरमान सुनुवारले यो कार्य गर्नु पाउँदा आफू लगायत समितीका सबै पदाधिकारीहरु निकै खुशी भएको र यस्ता कार्यले निश्चित रुपमा सुनुवार भाषाको संरक्षणखातिर हामी सुनुवारहरुको चासो बढ्ने अभिव्यक्ति दिनुभयो । कार्यक्रममा अतिथि बक्ताहरु श्री ध्रुव कुमार पौडेल, प्रधानाध्यापक, चण्डेश्वरी उ.मा.वि. सैपू, शिक्षकहरु हित कुमार कार्की, अरुणेदय नि.मा.वि, बेलौरी, गंगा बहादुर कार्की, नमूना पा्र.वि. पुलु र रेख बहादुर पौडेल र राम बहादुर कार्की, लिखु प्रा.वि., ढाडे, सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था सैपू ७ का राम कुमार गौतम, नेपाल लोकतान्त्रिक सुनुवार संघका अध्यक्ष उदय ब सुनुवार, सुनुवार सेवा समाज जिल्ला समीति रामेछापका सदस्य सुश्री नम्रता सुनुवार, राजनैतिक दलका प्रतिनिधी ने.क.पा.मा.ओ. का केशर बहदुर महत, एमाले का टंक प्रसाद पौडेल (जिल्ला कमिटी सदस्य), रत्न बहादुर दमाई (गाउँ कमीटी अध्यक्ष), सुनुवार सेवा समाजका पूर्व अध्यक्ष टंकराम सुनुवार, सुनुवार भाषाविद् एवं संस्कृति विज्ञ लोकप्रिय सुनुवारद्वारा सह«ानीय कार्य भएकोमा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
“कुनै जातिको अस्थित्व समाप्त पारिदिनु छ भने उसको भाषा र संस्कृतिको विनाश गरिदिनु भन्ने प्रचलित भनाई नै छ । त्यसैगरी, जातिको अस्थित्व बचाई राख्नु छ भने भाषाको जिवितता महत्वपूर्ण हुन्छ । यसको संरक्षण गर्ने अभिभारा हरेक सुनुवार व्यक्तिको हुन्छ ।”  अभिव्यक्तिकासाथ भाषा र संस्कृतिको जगेर्ना गर्न हामी आफैंले सचेत भएर काम गर्नुपर्ने र आउँदा दिनहरुमा हामीले सचेत भई बोलिचालि र अभ्यासलाई नियमित गरेको खण्डमा अवस्य नै भविष्यमा यसको नतिजा सकारात्मक हुने वास्तविकतालाई समाजसेवी एवं अग्रज श्री गुन्ज बहादुर सुनुवारले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । भाषा प्रशिक्षणका विषयमा सुनुवार सेवा समाजका पूर्वअध्यक्ष, सुनुवार भाषाविद् एवं संस्कृतिविज्ञ श्री लोकप्रिय सुनुवारले भाषाको महत्वलाई उद्धृत गर्दै प्रशिक्षण वधि र अभ्यास बारे प्रशिक्षकहरुलाई प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रमको समापनसँगै साँस्कृतिक कार्यक्रमबाट मनोरन्जन गरिएको थियो । सुनुवार गीत र नाचहरुबाट कार्यक्रमलाई रमाईलो प्रदान गर्दा झनै सुनुवार भाषा र भेषभूषाको महत्व झल्कँदै थियो । सुनुवार भाषाका गीति एल्वम शेरेमु फू र तमीचैमीका सुनुवार संगीतबाट कार्यक्रममा प्रशस्त मनोरन्जन दिइएको थियो ।
आयोजक संस्थाले यस गाउँका प्रमुख सुनुवार वस्तीहरु वडा नंं ६ सैपू गाउँ र वडा नं. २ पहरे गाउँमा तीस दिनसम्म प्रशिक्षण कक्षाहरु संचालन हुने जानकारी गारएको छ । जसले सुनुवार भाषाको नियमित बोलिचालिबाट नै भाषाको संरक्षण हुने कुरालाई विशेष विधिको रुपमा अंगीकार समेत गरेको छ । सैपू वडा नं ६ मा दुई समूहमा बीस÷बीस जनालाई प्रशिक्षकहरु श्री काजीराम सुनुवार र नेत्र बहादुर सुनुवारबाट भईरहेको छ । त्यस्तै, वडा नं. २ पहरेमा २५ जनालाई प्रशिक्षक श्री सृजना सुनुवारले प्रशिक्षण गराउनु भएको समाचार सैपूबाट प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *