All about Sunuwar

युकेबासी कोइँच (सुनुवार) को सहयोग वल्लो किरात प्राप्तिको लागि

वल्लो किरात स्वायत्त प्रदेश प्राप्तिको लागि संर्घष्ा जारी गर्न युके निवासी कोइँच -सुनुवार) को तर्फबाट किरात सुनुवार सेवा समाज युकेका अध्यक्ष जंगबहादुर सुनुवारले सुनुवार सेवा समाज केन्द्रीय कार्यालयमा रु. पन्ध्र हजार नगद सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई हस्तान्तरण गर्दै

कोइँचबु काःतिच
चैत्र २८, यालाखोम । ‘हाम्रो भौतिक शरीर मात्र युकेमा हो । हाम्रो मन मस्तिष्क र हाम्रो पूर्ख्यौली थाँतथालो नेपाल नै हो । नेपालको पनि वल्लो किरात प्रदेश हो । हामी कोइँचको पहिचान वल्लो किरातसँग गाँसिएको छ । चीन, भारतको उन्नति भनेकै बाहिर बसेका उनीहरुको जनर्ताबाट भएको हो । र, अहिले चिनीया तथा भारतीय मूलका युवायुवतीहरु आफ्नो क्यारियरको लागि स्वदेश फर्किने गरेका छन् । भोलि नेपालीको स्थिति पनि त्यस्तै हुन सक्ने छ । यसैले बाँच्नको लागि युके बसे पनि सधै सधै बाँच्नको लागि युके पर्याप्त हो भन्नेमा कोइँचहरु कहिलै बिश्वास गर्ने छैनन् । यसैले वल्लो किरात युकेबासी कोइँचको पनि चाहना हो । किनकि वल्लो किरात भनेकै कोइँचवान हो । यो हाम्रो आर्दश पनि पहिचान होल ।’ भन्दै रु. पन्ध्र हजार नगद हस्तान्तरण सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई गर्दै अगाडि थप्नु भयो, ‘यति रकम राज्य प्राप्तिको लागि त पर्याप्त होइन तर हामी युके वासी कोइँचले सुनुवार सेवा समाज केन्द्रीय कार्य समितिले अगाडि सारेको महानकार्यको लागि ऐक्यवद्धता हो ।’ सो अवसरमा सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले युकेवासी सुनुवारलाई हार्दिक बधाई ज्ञापन गर्दै अगाडि भन्नु भयो, ‘तपाई आदरणीय युकेवासी कोइँच दाजुभाई दिदीवहिनीहरुको साथ सहयोग सधैं रहने छ भन्ने सुनुवार सेवा समाज आशा गर्दछ र सम्पूण्ा युकेवासी कोइँच दाजुभाई दिदीवहिनीहरुलाई सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषद हार्दिक आभार प्रकट गर्दछ । यसरी नै सम्पूण्ा दाजुभाई दिदीवहिनीहरुको साथ सहयोगले हामीलाई कोइँचको हक अधिकार प्राप्ति तथा कोइँच पहिचान अक्षुण्ण राख्न सहयोग पुराउने छ । अहिलेसम्म सिन्धुली जिल्ला, रामेछाप र दोलखा जिल्ला वल्लो किरात संघीय राज्य परिषद गठन गरिसकेका छौं । अब स्थानीय स्तरबाट संर्घष्ा शुरु हुने छ । गाउँ गाउँमा संगठन विस्तार गर्दै जाने छौं ।’

 

One Comment to युकेबासी कोइँच (सुनुवार) को सहयोग वल्लो किरात प्राप्तिको लागि

  1. Chandra Pks Sunuwar says:

    I am glad and proud to see united hands of two icons.One is president from the united kingdom (ksws) and another from the Nepal.Both of them are the honourable sons of the former British Gurkha army Captain and once both of themselves had served in British army, like father like son.We hope (ramro gai ko naslale dherai dudh dincha).

Leave a Reply

Your email address will not be published. Required fields are marked *