All about Sunuwar

News

now browsing by category

 

कोइँच भूमि बुजको अग्लो डाँडामा आज ।

चुप्लु दामलोच
२२ वैशाख, थाम डाँडा । आज पोलदिम पदमबहादुरको घर १७६६ मि. उचाइबाट विहान छ बजे हिडेर देवीथान, हुपिन डाँडा -१९६६मि.), रामजी थान-२२३३मि), कलोरानी मन्दिर -२२७९ मि.) हुँदै अग्लो डाँडा थाम डाँडा -२३२४ मि.) उचाइमा आइपुगेका छौं । जसको लागि चन्देश सुनुवार मुलिचले हामी -कोइँचबु काःतिच र रणवीर सुनुवार) लाई साथ दिनु भएको छ । अहिले आठ पाँच भएको छ । Read More

उभौली शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान

सुनुवार डट ओआरजि समाचारदाता
१९ वैशाख, काठमाडौं । किरात येले सम्वत ५०७३ को उभौली शाँदारपिदारको उपलक्ष्यमा सुनुवार सेवा समाज केन्द्रीय समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो ।

उक्त कार्यक्रममा विभिन्न किरातजन्य संस्थाका प्रतिनिधिलगायत अन्य संघसंस्थाबाट समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा सभासद मणि खम्बुले किरात समुदायको सुनुवारहरुमा प्रचलित शाँदार संस्कार पिदारको उठानले आपूmलाई निकै प्रभावित पारेको बताउँदै वास्तवमा जातीय संस्कार र संस्कृतिमा हामी निकै धनी रहेको बताउनुभयो । आसन्न संविधान निर्माणमा पनि हामीले जातीय पहिचानको आधारमा संघीयता हुनुपर्छ भन्ने बारम्बार माग राख्दै आएको कुरा पनि उहाँले बताउनुभयो । Read More

जिजिच र गरशि याअताको पूर्ख्यौली थलो / इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा ?

चुप्लु दाम्लोच
१६ वैशाख, नेपाने हाँवा । सुनुवार सेवा समाज अध्यक्ष खुशबहादुर सुनुवार र स्थानीय एक बजुको संवादले भने कोइँच गाउँ वस्तीको ठेट अनुभूति दिएको छ । सुनसान साँझ सात बजेको समय । रात पर्न लागेको छ । बाटो मुनि ती लाउरेनी बजु पानी थाप्दै छिन् । खुशबहादुर तन्की तन्की हर्ेछन् । पानीको धाराबाट कालो पोलिथिन पाइप जोडेर पानी थापिएको छ । जर्कीनमा पानी भरिनै लाग्छ बोल्छन् खुशबहादुर- जइमसि एँ बागे । बÞाकु दाइना दाइना बाअतिनि । ग्युशरा माबोअचा । गो बÞाकु ख्लाअÞताङ । प्रतिउत्तरमा लाउरेनि बाजु जुरुक्क उठ्छन् र भन्छिन्- इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा आँथे – गलाला हाँसोको फोहरा छुट्छा । मौलिक कोइँच गाउँको यो हाँसो ठाट्यौलिसँगै जिजिच तथा गर्शि याअताहरुको पूर्ख्यौली थलो ठूलो पातालको पुरानो गाउँबाट अध्ययन यात्रा शुरु गरेर हाँवा हुँदै झाँक्रे बसेरीमा अन्त भएको छ । Read More

कोइँच भू-अधिनत्व, भूमिको नाक्साङ्कन कार्य शुरु

चुप्लु दाम्लोच

वैशाख १५, थेब पोमदु । कोइँचहरुको पुर्ख्यौली थलोको नाक्साङ्कन कार्य आजबाट शुरु भएको छ । सुनुवार सेवा समाज भूमि तथा भू-अधिनत्व मामिला अध्ययन समितिले कोइँचको थाँत थलो, उनीहरुको साँस्कृतिक थलो, त्यससँग गाँसिएको इतिहास र कोइँच वृद्धहरुसँगको उहिलेको कुराकानी, कोइँचहरुसँग भएको ऐतिहासिक दस्तावेज, कोइँचका विभिन्न थरीको भूमि र उनीहरुको मुइलि, मुइग्यो, इतिहासको वारेमा अध्ययन तथा तथ्य संकलन गरिने छ । आज कोइँच र जिरेलको किपटको साँध पुरानो गाउँ (वि.सं.१८५४ को दस्तावेजानुसार) को अध्ययन भयो र सो गाउँमा अहिले क्षेत्री-बाहुनहरु बसोबास गरेको पाइयो । Read More

वल्लो किरात प्राप्तिका निम्ति जनप्रशन

सुनुवार डट ओआरजि समाचारदाता
१४ वैशाख, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरियोस् भनेर नेपाल आदिवासी जनजाति महासंघ र संयूक्त संघर्ष समितिको आयोजनमा गरीएको जनप्रदशन विभिन्न ठाँउहरुबाट नारा जुलुस गर्दै बसन्तपुरमा भेला भएका थिए ।  भेलामा वल्लो किरात प्राप्तिका निम्ति व्यानर, झण्डा र प्लेकार्ड सहित जनप्रशन गर्दै शान्ति वाटिका, रत्नपार्कबाट बसन्तपुर पुगेको थियो र कार्यक्रममा उपस्थितहुने सम्पूर्ण वल्लो किरात वासिहरुलाई वल्लो किरात संघयि राज्य परिषद र सुनुवार सेवा समाजको तर्फबाट अध्यक्ष मन प्रशाद सुनुवारले धन्यवाद दिनु भयो ।

सैपू चण्डीमा सुनुवारहरुले दिलखोलेर कम्मर मर्काईमर्काई नाच्ने भए

नेपाल सरकार, संस्कृति मन्त्रालयको आर्थिक सहयोगमा लिखु सुसेली संरक्षण परिषद्द्धारा सैपू गा.वि.स.को जिर्णोदार चण्डीस्थान र मैदान निर्माण हुने भएको छ । उमेरले ६० को डाँडा काटेता पनि युवा जोसजाँगरका धनी अग्रज ईन्द्रशेन सुनुवारको विषेश पहलकदमिमा यसपाली सैपू चण्डीस्थानको मर्मत सम्भार हुने भएको हो । आजहुने काम आजै गर्नु पर्दछ र समयको वहुत ख्याल गर्नु पर्दछभन्ने मान्यता वोक्नुहुने उहाँकै उत्प्रेरणाका कारण सैपूका युवाहरु, जोसजाँगरका साथ आफ्ना संस्कृति संस्कार र ग्रामिण क्षेत्रका विकासमा एकजुटभएर लागि परेकाछन् । विकासले विनास पनि सँगै ल्याउछ Read More

नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ज्ञापन पत्र

सुनुवार डट ओआरजि समाचारदाता
८ वैशाख, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरियोस् भनेर नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा पाँच बुँदे ज्ञापनपत्र बुझाउने क्रममा आज नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई उहाँको निवासमा बुझाइयो ।