कोइँच भाषा कक्षाका सहभागीलाई एक जना ग्याँस सिलीण्डर दाताको खाँचो
सुनुवार डट ओआरजी समाचारदाता । कोही छ त्यस्तो सहासी व्यक्ति ? कोइँच लोः भाषा सिकौं कार्यक्रमका सहभागीहरुको सहासलाई सलाम, जसले सही निर्णय गरेको छ ।
यो जाडोको मौसम । विहानै भाषा कक्षामा थुरुरु काम्दै भाषा सिक्नु पर्ने । शरीर तताउनु त परेउ नै । कि त तातो पानी कि त चिया । तर के गर्ने सुनुवार सेवा समाजको भवनमा किचन व्यवस्था छैन । बाहिरबाट चिया माग्यो एक कपको रु. १५ । साह्रै चित्ता दुख्दो कुरा । संसार बदल्नु छ भने पहिला आफुबाटै सुरु गर भन्न भनाइलाई चरितार्थ गर्दै सुनुवार सेवा समाज काठमाडौंका कोषाध्यक्ष शोभा सुनुवार र भाषा कक्षा संयोजक देवराज सुनुवारको पहलमा सुनुवार सेवा समाजकै भवनमा चिया पकाउने व्यवास्था गर्ने कुरा भयो ।
र, सबैले आ आप्mनो तर्पmबाट सहयोग गर्ने कुराको टुँगो लाग्यो ।
जसमा
किचन रेक : लालबहादुर सुनुवार (एल बि) भक्तपुर सिर्जनानगर ।
चुलो तथा केट्ली, ग्याँस पाइप : शोभा सुनुवार, कपन ।
५ केजी चिनी र १ केजी चियापत्ती भाँडो सहित : देवराज सुनुवार ।
फोहर उठाउने डस्वीन : प्रेमकुमार सुनुवार, धपासी ।
दुइ दर्जन कप सेट : गोपाल बहादुर सुनुवार ।
मरिच, सुक्मेल : सागर सुनुवार, भिरपानी, रामेछाप ।
पानी तथा पानी राख्ने भाँडा : एसिड रावाच केर कोइँच ।
झाडु भवन सफा गर्ने : दिपक सुनुवार ।
डाडु पन्यू र चिया छान्ने : दुर्गा सुनुवार तुनिचा (धनुषा) ।
शौचालय सफा गर्ने सर सामान : लेखबहादुर सुनुवार, हाँवा ।
अब ग्याँस सिलीण्डार दान गर्ने व्यक्तिको खोजीमा रहेका छन् विहानी भाषा सिकौं कक्षाको सहभागीहरु । अब एक वटा ग्याँस सिलिण्डर दिने दाता पाए विहानी भाषा कक्षाका साथीहरु अति रमाउने थिए । साथै उनीहरुले अन्य सामुहिक कार्यमा पनि योगदान दिन सक्ने थिए ।
साथै प्रत्येक महिनाको दोश्रो हप्ता सुनुवार सेवा समाजको भवन सरसफाइ गर्ने उनीहरुको दैनान्दीनिमा परेको छ । र, सबै कोइँचहरुलाई यस कार्यमा सहकार्य र सहयोग गर्न पनि हार्दिक आव्हान गरिन्छ ।
कोइञ्च भाषा कक्षा जस्तो महान कार्यको थालनी गर्नु हुने कोइञ्च युबाहरुलाई हार्दिक धन्यबाद !!!
पक्कै पनि जाडो मौसममा तातो चिया पानि र गर्मि मौसममा चिसो पानीको अवाशयक पर्छ हामी मानबलाई l कोइञ्च भाषा संयोजक तथा बिद्यार्थी स्वयम् बाट, चियापान व्यवस्थाको निम्ति केहि न केहि सहयोग जुटाउनु भएको समाचारले अति गर्ब लागेको छ l यसै सिलसिलामा मैले पनि आफ्नो कर्तब्य लाई मनन गर्दै , ग्यास सिलिन्डर खरिद स्वरुप रु दस हजार रकम सहयोग गर्ने सानो जमर्को गरेको छु l आरति रची कोइञ्च लाई फोन नो. ४४२८८६० मैतीदेवी काठमाडौँ मा सम्पर्क गर्नको निम्ति अनुरोध गर्द छु l
जंग सुनुवार
निबर्तमान अध्यक्ष
कि सु से स बेलायत