All about Sunuwar

कोइँच भाषाका विद्यार्थीको सरसफाइ अभियान

सुनुवार डट ओआरजी संवाददाताimage-org
काठमाडौं २० पुस । काठमाडौं जिल्ला समितिद्वारा सञ्चालित कोइँच लोः सिकौं अभियानका विद्यार्थीहरुले सुनुवार सेवा समाज भवनमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइ अभियानमा संस्थाका घर वरिपरि, कार्यालय कोठा, हल तथा कौसीमा रहेका फोहरहरु व्यवस्थापन गरिएको थियो ।
यो सरसफाइ अभियान हरेक शनिबार गरिने कुरा कोइँच भाषा कक्षाका संयोजकले बताए । उक्त कार्यक्रमका निम्ति देश विदेशबाट विभिन्न व्यक्तिबाट सरसफाइ अभियानका लागि चाहिने सामग्रीहरुको सहयोग गरेका थिए ।
कार्यक्रममा बोल्दै सुनुवार सेवा समाजका केन्द्रिय अध्यक्ष श्री मनप्रसाद सुनुवारले एउटै टाउकोको सोचभन्दा धेरै टाउकाको सोच उत्कृष्ट हुन्छ । त्यसैले हामीले समाजका विभिन्न कार्यमा सबैको सोचलाई समेटेर प्रगति मार्गमा अघि बढ्न सकिने पनि बताए । विगतमा सरसफाइका निम्ति संस्थाका पदाधिकारीहरुले पनि सोच्न नसकेको र अन्य सुुनवारहरुबाट पनि यस्तो सोच नराखेकोले आज यस कोइँच लोः सिकौं अभियानका भाइबहिनीहरुले यसलाई व्यवहारमा उतारिदिएकोमा धन्यवादसमेत दिए ।
केही वर्ष पहिले यो संस्थामा आउँदा स्वयं केन्द्रीय अध्यक्षज्यूले आफै सरसफाइ गरिरहेको देख्दा आफूलाई कताकता आत्मग्लानिको महसुस भएको र यस्तो कार्यलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाउदा बनाउँदै कोइँच लोः सिकौं अभियानका भाइबहिनीहरुलाई यसलाई व्यवहार उतारेर एउटा गतिलो उदाहरण पेश गरेको कुरा सुनुवार विद्यार्थी समाजका सहसचिव मुना मुखिया सुनुवारले बताए ।
सरसफाइ अभियान तथा चिया खाजा व्यवस्था अभियान अन्तर्गत विभिन्न व्यक्तिबाट चिया पकाउन चाहिने विभिन्न सामग्री सहयोग गरेका थिए । अभियानका क्रममा चिया पकाएर प्रथमपटक सम्पूर्ण कोइँच लोः सिकौं अभियानका विद्यार्थी तथा आमन्त्रितहरुलाई खुवाएका थिए ।
प्रत्येक व्यक्तिले आफ्नो लागि मात्र सोच्ने गरेका छन् तर केही यस्ता व्यक्ति पनि छन् जसले अरु र समाजका लागि पनि सोच्न सक्छन् र उनीहरुले समाजलाई एउटा सफलताको शिखरतिर डो¥याउँछन् । आज यस कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट स्वस्फूर्त सहयोग गरिदिएर यी कोइँच लोः सिकौं अभियानका भाइबहिनीहरुको अभियानलाई अझ ऊर्जा थपिदिएकोमा सहयोगीहरुलाई धन्यवाद दिन चाहन्छ । सुनुवारहरु जसरी पनि अगाडि बढ्न खोज्छ तर अगाडि बढ्दाबढ्दै पनि एक्कासी पछाडि सर्छ यसकारणले हाम्रो समाजको विकासमा बेलाबेलामा बे्रक लागेको छ । त्यसैले यस खालका कार्यक्रमलाई ब्रेक नलगाइ निरन्तरता दिन सक्नु ठूलो रहेको कुरा ललितपुर जिल्लाका कोषाध्यक्ष श्याम सुनुवारले बताए ।
कार्यक्रममा कोइँच लोः सिकौं अभियानका प्रशिक्षक अतित मुखियाले भाषा सिक्ने उत्सुकता लिएर आएका भाइबहिनीहरुले अझ भाषा संस्कृतिका साथै अन्य क्रियाकलापमा पनि अग्रसर भएकोमा खुशी व्यक्त गरे ।
उक्त कार्यक्रमका लागि सहयोग गर्ने दाताहरु निम्नानुसार छन्ः
१. ग्याँस चुलो, रेगुलेटर, पाइप– केवलकुमारी सुनुवार, खिजीकाती, ओखलढुंगा
२. किचन दराज– लालबहादुर सुनुवार, सिन्धुली
३. चिया डेक्ची, पन्यु– शोभा सुनुवार, भुजी, रामेछाप
४. कप, प्लेट, ब्याट्री, बिरे नुन, कागती, चिनी, चियापत्ति– देवराज सुनुवार, सिन्धुली
५. चियापत्ति, चिनी, ट्रेसेट– रवि सुनुवार, उदयपुर
६. मरिच, थर्मस– सिमोस सुनुवार सागर, रामेछाप
७. पानी राख्ने भाँडो, पानी धारा– अशोक सुनुवार, सिन्धुली
८. ग्याँससहित सिलिन्डर– जोन सुनुवार, प्रिती–७, रामेछाप, हालः मलेशिया
९. चियाकप सेट– गोपालबहादुर सुनुवार, अध्यक्ष, काठमाडौं जिल्ला समिति
१०. झाडु– दिपक सुनुवार
११. टवाइलेट सेट– लेखबहादुर सुनुवार, हाबा, दोलखा
१२. कराइ डेक्ची– जंगबहादुर सुनुवार, भावना सुनुवार, युकेबाट प्राप्त रकमबाट
१३. चिया पकाउने केटली, रु. ५०० बराबरको ५० किताब– अतित मुखिया, रगनी, ओखलढुंगा
१४. भट्टे चुला– आशीष सुनुवार, सचिव, काठमाडौं जिल्ला समिति
१५. मनप्रसाद सुनुवार, केन्द्रीय अध्यक्ष, सुनुवार सेवा समाज रु. ५०००।–
१६. श्याम सुुनवार, कोषाध्यक्ष, सुनुवार सेवा समाज, ललितपुर रु. २०००।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *