All about Sunuwar

News

now browsing by category

 

भव्यरुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न : तर उठाउनु पर्ने पहिचानको मुद्दा ज्यूँका त्यूँ

sukachaसुनुवार डट ओआरजि समाचारदाता ।

काठमाडौं । साँस्कृतिक कार्यक्रम भनिए ता पनि आधा समय आशनग्रहण तथा मन्तव्यको औपचारिक र आधा गीत, संगीत, नृत्यको मनोरञ्जनात्मक कार्यक्रम सहित साँढे तीन घण्ट सुनुवार सेवा समाजको भवन कोटेश्वरमा उपस्थित कोइँच दर्शकलाई भर्पूर मनोरञ्जन दिँदै सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको दोस्रो विविध साँस्कृतिक कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनको क्रममा प्रमुख अतिति सभासद यज्ञराज सुनुवारले अबको संविधान सभामा कोइँचको संस्कार संस्कृतिका बारेका बोल्ने छु भन्ने प्रतिवद्धता जाहेर गरेका छन् । यसको लागि सुनुवार सेवा समाजले उहाँलाई निर्देश गर्नु पर्ने कुरा पनि कार्यक्रममा राख्नु भयो । Read More

हिउं–पानी पर्दा स्थानीयमा खुशी

सोम सुनुवार (काःतिच)
सुनुवार डट ओआरजी, इलाम प्रतिनिधी, ६ फागुन ।
मेची मार्ग अन्तर्गत पाँचथरकोे पौवा भञ्ज्याङ खण्डमा गएको आइतबारदेखि बर्षातसँगै हिमपात भएपछि स्थानीय हर्षित भएका छन् । यसै पनि पौवामा हिउं परेको सुन्नासाथ मेचीका धेरै भागबाट चिप्लेटी खेल्न मानिसहरु ओइरिने गर्छन् । ‘हिउं पर्यो, रिम्स्योन दुम्त (राम्रै भयो)’ स्थानीय रुद्र सुनुवार भन्छन्–‘मानिस आउनु भनेको यहां दमी (रुपैंयां) फल्नु हो ।’ अधिकांश कोइंच र केही मात्रामा शेर्पालगायतको समुदायका मानिसहरुको वसोबासो रहेको छ सो स्थानमा । उनीहरुले होटल अनि व्यापार चलाएका छन् ।
होटल व्यवसाय गर्नेकालागि त राम्रो भयो नै । खेतीपाति गर्ने किसानकालागि पनि हिउं–पानीले अझ खुशी थपेको छ । ‘हिउं पर्यो, यो बर्ष वालिनाली सप्रिन्छ’ पाँचथरकै नाम्दु–मजुवाकी कर्णमाया सुनुवार खुशी व्यक्त गर्दै भन्छिन्,‘ यस भेगमा लगाइएको आलु बालीलाई फाइदा पुगेको छ ।’
यता इलामको बाघखोर, चैते, जौवारी, चनाउटे, नयाँ बजार, माइमझुवालगायत लेकाली भागमा समेत हिउ परेको छ । केही कष्टकर जनजीवनका बाबजुद यहाँका मानिस पनि हिमपातका कारण हर्षित छन् ।
पुवामझुवा–८ का धनबहादुर सुनुवारका अनुसार चैतेमा आलु बालीकालागि राम्रो भएको छ । त्यस्तै सोही गाविस वडा नम्बर–९ की डिल्लीमाया सुनुवारले बिभिन्न थरिका कोपीको नर्सरी गुम्मजमै भएकाले समस्या नभएको बरु अव तत्कालैदेखि वेमौशमी कोपी लगाउन मिल्ने गरी जग्गा भिजेको छ ।
‘लेकतिर हिउ खेल्ने मानिसहरुको आवतजावतले ग्रामीण वजारहरुमा अहिले साना होटलहरु राम्ररी चलेका छन्’ इलाम, बाघखोरकी लालमाया सुनुवार भन्छिन्–‘हिउं पर्दा रमाइलो पनि छ ।’
चिसोमा लाउने अनि खाने र पिउनेको उचित व्यवस्थापन गर्न सके यस्ता व्यापारीक केन्द्रमा बसोवास गर्ने कोइंचले मात्रै नभई सबैले राम्रो आर्थिक लाभ लिन सक्ने सम्भावना छ । यस्तो मौकामा पाहुनालाई ‘फाल्गी’ (सुनुवारी खाना¬¬) खुवाउन सके कति माज्जा आउंथ्यो होला ? तत् क्षेत्रका कोइंचह्ररुले पहिचानसहित यस्ता खाद्य तथा पेय पदार्थ प्रस्तुत गर्नेतिर ध्यान पुर्याउन् ।

नसुध्रिएको आदिवासी जनजाति चरित्र

-कोइँचबु काःतिच
पस्चिमा सोचाइ, तौरतरिकाको लगातर प्रयोगलाई हामीले हाम्रो बुझाइ, सोचाइबाट अलग गर्नु पर्छ । यदि हामीले हाम्रो खोज तलासमा, हामी आदिवासी जनजातिको आफ्नो विशिष्ट भिन्न छाप, चिन्ह वा पन मौजुद राख्न सकेनौ भने हाम्रो जीवन भोगाइमा बाहिरी ज्ञान एकिकृत हुनु भन्दा हाम्रो सोचाइशैली उल्टो बाहिरीया भै दिन्छ । – आदिवासी लाकोटा समुदायका विद्वान चेरिल क्रेजी बुलले भने जस्तै हिजोआज नेपालका आदिवासी जनजातिको सोचाइ शैलीको उल्टो दिशामा कुदीरकेको छ ।(जन पोर्सर्ाार) साँच्चीकै हाम्रा नेपालका आदिवासी जनजातिको सोच्ने तौरतरिका कि त हिन्दु दर्शनमा आधारित छ कि त क्रिस्चियन । खोइ त हामी आदिवासी जनजाति कोइँच, रादु, याक्थुङ, तमु, मगर, तामाङ, थारु, शर्ेपापानको सोचाइ ?
फेरि पनि आदिवासी जनजातिको नाममा खसबाहुन र उत्पीडक समुदायको पर््रवर्द्धन । भन्नेबेला आदिवासी जनजातिको सामुहिक अधिकार खोक्ने गर्ने र भन्ने बेला उही खसीकरण र वाहुनवाद । नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद्को वैठकमा त्यस्ता केही घटनाहरु देखा परे । केही संघीय परिषद सदस्यले आदिवासी जनजातिको परम्परागत वा प्रतिनिधिमूलक संस्थाको प्रतिनिधित्वलाई लात मारेर महिला र ठूलो जनसंख्या भएकाहरुलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था महासंघमा गर्नु पर्ने जिकिर गरे । Read More

ल हेर्नुहोस्, तपाईँ कहाँ हुनुहुन्छ : कोइँच सम्बन्धि मिथ्याङ्कट्ट विभागको तथ्याङ्क

ल हेर्नुहोस्, तपाईँ कहाँ हुनुहुन्छ ः कोइँच सम्बन्धि मिथ्याङ्कट्ट विभागको तथ्याङ्क
हिजो मैले पोस्ट गरेको वाल पोस्टमा कोइँचको उपस्थिति ५५ भनेको थेँ तर आज त ५३ पो देखि पठाएँ । कि के हो सिकारीको छोरा गुलिलीले सिस् राम्ररी ताक्न सकेना कि । आँफै पनि हेर्नु होला ।
२०५८    २०५८        २०६८
जिल्ला    जनसंख्या    भाषा    जनसंख्या    पुरुष    महिला
पर्ूवाञ्चल
ताप्लेजुङ    १३०३    ७९५    १३८२    ६२०    ७६२
संखुवासभा    ११२    ४    ५५    २६    २९
सोलुखुम्बु    २६२    १६३    ३२३    १४५    १७८
पाँचथर    १९८५    १४९१    १९२७    ९७२    १०१५
इलाम    ३६०४    २२१५    ३८७३    १८६९    २००४
धनकुटा    ७८    १    ९२    ४९    ४३
तेह्रथुम    ९७    ४३    १०३    ४३    ६०
भोजपुर    १६१    ५०    २२९    १०७    १२२
ओखलढुंगा    ५५९८    ४०४६    ४४१४    २०७६    २६६२
खोटाङ    ६२७    ६९२    ५४२    २५३    २८९
उदयपुर    २२३०    ४१२    २७९५    १३३४    १४६१
झापा    १९००    ८५५    २३९०    ११५५    १२३५
मोरङ    १०१९    २१९    २०११    १०४१    ९७०
सुनसरी    १४२६    ५५८    १२८८    ६२७    ६६१
सप्तरी    १७०६    ३    १५८३    ७५८    ८२५
सिरहा    २७०६    ८७    १५०७    ७३८    ७६९
Read More

आदिवासी जनजातिले यूएन स्पेशल रेपोर्टरलाई नेपाल डाक्ने ।

माघ १२, १३, १४ गते बसेको नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद वैठकले कथित संविधानसभा २ मा पनि सर्वोच्चा अदालतको निर्देशात्मक आदेशलाई लत्ताएर आदिवासी जनजातिको संस्थागत प्रतिनिधित्वबाट वञ्चित गराएको सम्बन्धमा यूएन विशेष समाधिक्षकलाई नेपालमा आदिवासी जनजातिको मानव अधिकार हनन् सम्बन्धि विशेष मामिला अध्ययनको लागि आउन विशेष अनुरोध गर्ने निर्णय गरेको छ । यसको लागि आदिवासी जनजातिको वकिलहरुको संस्था लाहुर्निपसँग सहकार्य गरिने भएको छ ।
साथै संविधान सभामा आदिवासी जनजातिको अर्थपूर्ण संस्थागत प्रतिनिधित्व नभएको भन्दै चरणवद्ध आन्दोलनमा जाने निर्णय पनि गरेको छ ।

सुनुवारी बाजा च्योङ् (विनायो) का हस्ति पान्थरे डम्बरबहादुर लस्पाच

सोम सुनुवार/का:तिच
इलाम, माघ ९/पांचथर, फिदीम–९ को नाम्दु/मझुवास्थित कर्णमाया सुनुवारको परिवारमा बैबाहिक कार्जे सिद्धिंदै थियो । स्थानीय लगनशिल युवा समूहका सदस्यहरु सफलतापूर्बक कार्जे सम्पन्न गरी सामाजिक सरसामानको थान्को र जिम्माको सिल्शिलामा थिए । बिचैमा चारखोला (इलाम) का एक निम्तारुले तीमध्येका एक सदस्य डम्बरबहादुर लस्पाच (सुनुवार) लाई मुसार्दै अङ्गालो हाली अलि पर लगे । अनि अनुरोध गरे–‘ल माल्दाइ, रन्काउनुस् विनायो ।’
सामाजिक कार्यको व्यस्तताका बाबजुद उनी उता गएर साथीहरुलाई के के कुरा गर्छन् । सायद, साथीहरुले पनि स्वीकृति दिए । त्यसैले उनले हाास्दै खल्तिबाट निकाले एक जोर नयाा विनायो । अनि वजाउन थाले बिभिन्न भाका हालीहाली । काम छोडेर युवा र किशोरहरु झुम्मिए डम्बर लस्पाचकै वरिपरी । यतिकैमा उनीसित अर्को विनायो मागेर साथ दिन थाल्छन् मजुवा, धुपीडााडाका अविरमान भुजिचा (सुनुवार) पनि । डम्बरबहादुर पछिका युवाहरुमा भुजिचा पनि बिनायोप्रति चासो राख्ने व्यक्तित्वका रुपमा आउदा रहेछन् । त्यस्तै सो जम्घटमा डम्बर पत्नि कमला लस्पाच, सरस्वति लस्पाच, लिलामाया सुनुवारलगायत महिलाले पनि बिनायो वजाएर आआफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए ।
तत्कालीन पौवासार्ताप–९, हालको फिदिम–९ रमाइलो चोक नजिकै आमा शुकमाया र वाबु सहबिर सुनुवारका माइला छोराको रुपमा जन्मिएर हुर्किएका डम्बरबहादुर लस्पाच (५५) आफ्नो बिगत सम्झिंदै भन्छन्, ‘मैले स्कूल पढ्न त पाइन । तर बस्तु भाउ र खेतीपाति गर्दै निकै सानो उमेरबाटै विनायो वनाउन, वजाउन र बिक्री गर्न थालेको हुं ।’ स्थानीय सांप्राली काइंलो र छेलेटार कान्छोसित गोठालो गर्दै विनायो वनाउने कला सिकेको वताउदै उनी स्मरण गर्छन्, ‘शुरुमा एक सातामा ४५ देखि ५० वटासम्म विनायो वनाएर बेच्ने गर्थें । त्यो बेला एउटा विनायोको दाम मात्र २५ पैसा थियो । एक सातामा वनाएको ४८ वटा विनायो बेचेर गज्जवको छालाको जुत्ता किनेर लगाउने मान्छे मै हुं ।’ उनले विगतको आफ्नो कामप्रति गर्व गर्दै अरु मसला हाले । ‘तर अहिले भने आाखा कम्जोर भयो दिनमा एउटा विनायो मात्रै वनाउन सक्छु । दाम भने डेढसयदेखि लिएर दुईसय रुपैंयासम्म लिने गरेको छु ।’ विनायो मात्रै होइन, डम्बरबहादुर लस्पाच मुर्चुङ्गाको खोल, वाासुरीजस्ता अन्य वाजा त वनाउछन् नै डोका, डालाजस्स्ता घरायसी सामान वनाउन पनि खप्पिस छन् उनी ।
सिलौटी र अप्ठ्यारे पाखामा वस्तु चराउदै विनायो, वाासुरी वनाएको र रन्काएको सम्झना उनमा आज पनि आलै रहेछ । घमाइलो पाखाको मालिङ्गोबाट मात्रै विनायो वनाउन उपयुक्त हुने वताउछन् उनी ।
लस्पाचले बिनायो सुनुवारहरुको परम्परागत बाजा भएकाले आफूले सानैदेखि यसप्रति चासो राखेको बताए । उनले अहिलेसम्म बिशौं हजार विनायो बनाएको सुनाए । कुरैकुरामा उनले पहिले तरुनी–तन्नेरीहरुले अनिवार्य रुपमा विनायो वजाउने तर अहिले चाहीं कतै कतैका वूढापाकाले मात्रै वजाउने गरेको तुलनात्मक अनुभव पोखे । ‘पहिले उमेरदारी महिलाको साथमा खोलसहितका दुई मचिङ्गा र दुई विनायो हुन्थ्यो । पहिलेका तन्नेरी सुनुवारले आफ्नी मायालुलाई आफ्नै हातले विनायो खोपेर उपहार दिने चलन थियो । अहिले लोप हुन लागेको छ । यसमा मलाई चिन्ता छ ।’
त्यसो त हाल बिनायो र मचिङ्गाको खोलको माग निकै बढेको उनको भनाइ छ । अहिले ठिकै काम गर्दा पनि महिनाको तीन हजार अतिरिक्त कमाई हुने गरेको छ ।’ उनले यसैबाट चामल खान रकमको हर्जा नभएको बताउदै बार्षिक ३०/४० हजार रुपैंया बराबर कमाई हुने पनि सुनाए । उनका अनुसार मचिङ्गाको खोलको तीनसय र विनायोको दुई सय रुपैंया मोल पर्छ । उनको कलाका पारखीहरु पााचथर र खारखोलामा धेरै रहेका बताइन्छ ।
अन्त्यमा उनले फेरि दोहोऱ्याए–च्योंगो/च्योङ् (सुनुवार भाषामा विनायोलाई यसो भनिन्छ) हामी कोइंच/सुनुवारहरुको बाजा हो । यसको संरक्षण र प्रचारप्रसार गरिनु पर्छ ।’

सुनुवारी संस्कारलाई समयानुकूल गर्न बृहत ना:सो सम्मेलन गरिने

सोम सुनुवार (का:तिच)
इलाम प्रतिनिधी/किरात मूलका बिभिन्न समुहमध्येको एक घटक सुनुवार (कोइंच) हरुको धार्मिक, सांस्कृतिक पक्षलाई समय सापेक्ष बनाउन ना:सो, पोइंब्/ग्यामी (जन्म, विवाह र मृत्यु जस्ता धार्मिक, सामाजिक कार्य तथा प्राकतिक पूजालगायतमा अगुवाई गर्ने व्यक्ति) हरुको बृहत सम्मेलनको खांचो औंल्याइएको छ ।
सुनुुवार सेवा समाज (सुसेस) स्थापनाको रजत (२५ औं बर्ष) बर्षको अवसरमा इलामको लुम्देस्थित सुसेस गाउं कमिटी र स्यांदर पिदार व्यवस्थापन समितिद्धारा संयुक्त रुपमा आयोजित अन्तरकृया कार्यक्रमका सहभागिले राष्ट्रिय स्तरको पोइंब्/ग्यामी सम्मेलन गर्नुपर्ने निश्कर्ष निकालेका हुन् ।
कोइंचहरुको सामाजिक अगुवाई तथा धर्म, संस्कार र संस्कृतिको अस्थित्वसमेत परम्परादेखि बर्तमानसम्म पोइाब्, ग्यामी तथा ना:सोहरुसितै जोडिएर आएकाले संस्कार तथा संस्कृतिलाई समयानुकूल गर्न उनीहरुलाई पहिलो पटक एकै थलोमा उभ्याउने योजना रहेको सुसेस केन्द्रीय कमिटीका अध्यक्ष मनप्रसाद सुनुवारले बताए ।
६५ भन्दा बढी थरकुटी (उपथर) भएका सुनुवारहरुको धार्मिक संस्कारमा बिबिधता भएपनि बिबिधताभित्र एकता कायम गर्न पनि भेलाले अहम भूमीका निर्बाह गर्नेमा सुसेस केन्द्रीय कमिटीका कोषध्यक्ष तथा कार्यबाहक सचिव उत्तम का:तिचा विस्वस्त देखिन्थे । सांस्कतिक बिबिधता यस जातिको सम्पत्ति रहेको उल्लेख गर्दै समाजका सास्कतिक बिभाग प्रमुख अमृत सुनुवारले एकरुप रहेको भाषालाई जिउंदो राख्न स्थानीय चफोनिपो (सर्बसामान्य) देखि लिएर ना:सो, पोइब्हरु लागीपर्नु पर्ने बताएका छन् ।
‘केन्द्रले ना:सोहरुको भेला आउादो फागुन/चैतमा गर्ने भनेको छ ।’–इलाम जिल्लास्थित ना:सो संघका अध्यक्ष पृथसिंह सुनुवार भन्छन्–‘यसले हाम्रो समुदायको जन्म, विबाह, मृत्युलगायतमा गरिने संस्कारलाई सरल र समय अनुकूल गर्न मद्धत पुऱ्याउनेछ ।’