All about Sunuwar

किरातीहरुले कतारमा किराती नयाँ साल मनाउँने तयारीमा ।

भानु सुनुवार
०५ जनवरी २०१४ दोहा, कतार
तीन किराती संस्था किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज कतारद्धारा यहि १० जनवरी शुक्रवारका दिन कतारको सनैया–१० न्यू माउटेन रेष्टुरेन्टमा किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे–५०७४ तथा कोक्फेवा तङ्नाम शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ मनाउँने तयारीमा छन् ।
एकिकरण पछिको नेपालमा राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा ओझेल पारिएका किरात समुदायको भाषा, मौलिक पहिचान र संस्कृतीलाई लोप हुन नदिन देश बिदेशमा रहेका सबै किरातीहरुका कर्तव्य र आवश्यकता रहेकाले कतारमा पनि तीन भाई किराती संस्थाहरु मिलेर यो बर्षबाट किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे पर्व मनाउँने भएका छन् ।
पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वकारुपमा हाल चलनचल्ति पात्रो अनुसार माधे सक्रान्तिमा आजपनि किरातीहरु काँचो बनतरुलको टिका लगाएर पहिला काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल (तरुल, पीडालु, फर्सी, सखर खण्ड) भोजनका रुपमा खाने गर्दछन् । यसै दिनलाई किरातीहरुले नयाँ साल मान्दै आएकाछन् ।
यहि आउँदो बिदाका दिन शुक्रबार पारेर कतारमा पनि किरातीहरु मिलेर किराती नयाँ साल येले तङबे/दोङ्ग र नक थोच मनाउने परम्पराको थालनी गर्ने भएकाछन् । यस कार्यक्रमा कतारमा आप्रवास जीवन बिताई रहेका सम्पूर्ण किरात तथा गैरकिरात बिच शुभकामना आदानप्रदान गर्दै सो पर्वमा किरातीहरुले ग्रहण गर्ने गरेको किराती परिकार बितरण गरिका साथै यो पर्वको महत्वका बारे प्रकाश पारिने कुराको

Leave a Reply

Your email address will not be published. Required fields are marked *