All about Sunuwar

जहाँ इच्छा त्यहाँ उपय : कोइँच भाषा कक्षाका सहभागीहरुको हौसला बढाउने प्रति हार्दिक साधुवाद (अगामी कार्यक्रम सामुहिक सामी पिदार र किरात येले थोचे ५०७४ को शुभकामना आदनप्रदान ।)

सुनुवार डट ओआरजि समाचारदाता । पुस, येलाखोम । इतिहासमा पहिलो पटक कोइँच रुम्देलबुम्देल (सुनुवार सेवा समाज) का सदस्य, जो कोइँच लोः सिकौं का सहभागीहरुले हामी कोइँचहरुको साझा घर सुनुवार सेवा समाजको भवन र त्यसको वरपर सरसफाइ गरे । यो कार्यबाट हौसिएर सो अभियानको लागि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्षले ती कोइँच लोः सिक्ने सहभागीलाई रु. पाँच हजार र ललितपुर सुनुवार सेवा समाजका कोषाध्यक्षले रु. दुइ हजार नगद व्यक्तिगत सहयोग पनि गर्नु भयो ।

हालसम्म स्वइच्छाले सहयोग गर्नुहुने सहयोगी दाताहरु वेलायतबाट सुनुवार सेवा समाजका निबर्तमान अध्यक्ष जंग सुनुवार तथा भावना परिस्कृत, मलेसियाबाट जोन सुनुवारले क्रमशः रु. १०,००० र ४,३५० कोइँच लोः सिक्ने सहभागीहरुलाई नगद सहयोगी गरी हौसल प्रदान गर्नु भएको छ । त्यस्तै गरी केवलकुमारी सुनुवार, खिजीकाती ओखलढुंगाले ग्याँस चुल्हा, पाइप, रेगुलेटर, आशिष सुनुवारले भट्टे ग्याँस चुल्हा, अतीत मुखियाले चिया पकाउने केट्ली, लालबहादुर सुनुवार सिन्धुलीले किचन रेक, शोभा सुनुवार भुजी रामेछापले डेक्ची र पन्यु, गोपाल बहादुर सुनुवार भुजी रामेछापले चिया कप दुई दर्जन सरसामान किनीदिनु भएको छ भने कुवेतबाट खड्क बहादुर, नेपाल धापसीबाट प्रेम सुनुवार, नेपाल ललितपुरबाट सुनिल मुखिया, ललितपुरबाटै सुसेस चन्द्रप्रकाश सुनुवारले पनि थप सहयोग गर्ने वचन दिनु भएको छ ।

सुनुवार सेवा समाज स्थापना भएको रजत वर्षको उपलक्ष्यमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले कोइँच लोः सिकौं कार्यक्रम सञ्चालन गरेको ६ महिना नाघेको छ । शुरुमा नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरबाट प्रकाशित इयिँ लाँ अनौपचारिक पाठ्यपुस्तकमा आधारित भएर कोइँचबु काःतिचले कक्षा सञ्चालन गर्दै आउनु भएको थियो भने हाल अतीत मुखियाले सो कक्षा प्रत्येक शनिवार विहान ८ बजे देखि नौ बजेसम्म सञ्चालन गर्दै आउनु भएको छ ।

संसार बदल्नु छ भने आपैंmबाट शुरु गर्नु पर्छ भन्ने उक्तिलाई मध्ये नजर गर्दै भाषा कक्षा सञ्चालन संयोजक देवराज, सागर सुनुवार र शोभा सुनुवारको विशेष पहलमा आर्थिक क्रान्तिको अवधारणानुसार घरको पैसा घरमै भन्ने विचारले खाजापानी आप्mनै घरमा कार्यक्रम पारित गरी आ आप्mनो जिम्मेवारी बाँढिएको थियो एक हप्ता अगाडि ।

सोही सल्लाह अनुसार भाषा कक्षाका सहभागीहरु मध्ये ५ केजी चिनी, १ केजी चियापत्ती भाँडा सहित बिरेनुन, व्याटेरी, कागती देवराज सुनुवार बस्तीपुर सिन्धुलीेले, मरिच र थर्मस सागर सुनुवार सिमोस सुनुवार, भीरपानी रामेछापले, चिया सर्भ गर्ने टेरे रबी सुनुवार, उदयपुरले, पानी धारा पानीको भाँडो अशोक सुनुवार सिन्धुलीले, भवन सफा गर्ने झाडु दिपक सुनुवार सिन्धुलीले, शौचालय सरसफाइ गर्ने एसिड, फिनेल लेखबहादुर सुनुवार हाँवा, दोलखाले, चिया छान्ने जाली र डाडु दुर्गा सुनुवार धनुषाले सरसमान जोरजाम गरेर यो पुस माघको जाडोमा तातो पानी वा चिया पिउँदै कोइँच लोः सिकौं कक्षा सञ्चालनको शुरुआत गरेका छन् सुनुवार सेवा समाजको भवन, कोटेश्वर काठमाडसौंमा भान्सा व्यवस्था गर्दै पुस २० गते शनिवारबाट ।

सुनुवार सेवा समाजको भवन भएर मात्र हुँदैन त्यसलाई जीवन्त राख्न पनि अर्को कसरत गर्नु जरुरी छ । सोही तथ्यलाई साकार पार्न नयाँ पुस्ताका युवा युवती लागी परेका छन् । शनिवार दिनभरी सुनुवार सेवा समाजको भवनलाई सिँगारपटार गर्न कम्मर कसेर लागेका थिए । र, यो कार्य नियामित हुने उनीहरुले जनाएका छन् । र, यो जोस जाँगर कोइँच लोः सिकौं अभियानले दिएको बताउँछिन् दुर्गा सुनुवार । उनी अगाडि थप्छिन्, म मधेशको कोइँच लोः नबोल्ने ठाउँको कोइँच । हामीलाई हाम्रो भाषा हुन्छ भन्ने थाहा थिएन । तर पछि फेसबुक र कुमारी सन्सारबाट भाषा कक्षा सञ्चालन हुने थाहा पाएपछि कोइँच लोः सिकौं कार्यक्रममा सहभागी भएँ । अहिले गर्वसाथ भन्न सक्छु म कोइँच हुँ । मेरो माटो छ । मेरो बाटो छ । म म जस्तै छ । र, म अरुसँग दाँज्न नमिल्ने अदितीय नेपाली हुँ । मेरो भाषा, भेषभूषा, संस्कार संस्कृति छ । म साह्रै खुशी छु ।

सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष, उपाध्यक्ष, सदस्य लगायत सहभागी सो सरसफाइ कार्यक्रममा सुनुवार सेवा समाज ललितपुरका अध्यक्ष सिपी सुनुवार, कोषाध्यक्ष श्याम सुनुवार र सुनुवार विद्यार्थी समाजका उपाध्यक्ष, सहसचिवलगायतको सहभागीता थियो । अगामि कार्यक्रम किरात येले थोच ५०७४ को शुभकामना आदनप्रदान तथा सामि पिदार गरिने भएको छ भने बाँकी जम्म भएको नगद रुपैया सुनुवार सेवा समाज काठमाडौं जिल्ला समिति कोइँच लोः सिकौं कार्यक्रमको नाममा सुनुवार समाज बचत तथा ऋण सहकारी संस्थामा खाता खोलेर जम्मा गरिएको छ ।

यो साहसिक कार्यको लागि सुनुवार सेवा समाज बेलायतका निबर्तमान अध्यक्ष जंगबहादुर सुनुवार भन्नु हुन्छ, पक्कै पनि जाडो मौसममा तातो चिया पानि र गर्मि मौसममा चिसो पानीको अवाशयक पर्छ हामी मानबलाई l कोइञ्च भाषा संयोजक तथा बिद्यार्थी स्वयम् बाट, चियापान व्यवस्थाको निम्ति केहि न केहि सहयोग जुटाउनु भएको समाचारले अति गर्ब लागेको छ l यसै सिलसिलामा मैले पनि आफ्नो कर्तब्य लाई मनन गर्दै , ग्यास सिलिन्डर खरिद स्वरुप रु दस हजार रकम सहयोग गर्ने सानो जमर्को गरेको छु l

Leave a Reply

Your email address will not be published. Required fields are marked *