All about Sunuwar

News

now browsing by category

 

NEW CHAIRPERSON OF KSWS UK 2011

Kirant Sunuwar Welfare Society UK would like to inform everyone that on 16th January 2011, an emergency meeting was held at Farnborough. This was because the Chairman had decided to step down due to unavoidable personal circumstances. At the meeting, the executive committee and advisory committee members accepted the Chairman’s resignation, thanked him for his contribution so far and wished him well for the future.
The meeting was also utilised to discuss appointment of new Chairperson. After deliberations, the committee announced that the Vice-Chairperson Jang Bahadur Sunuwar would be appointed as the new Chair and that his vacant position would be filled by Khadananda Sunuwar.
Both new appointees promised to undertake their new roles with sincerity and wholehearted commitment.

Chhatra Sunuwar
Secretary
KSWS UK

दालमान पुरस्कार चन्द्रप्रकाशलाई

सुनुवार डट ओआरजि
८ माघ, २०६७ काठमाडौं ।
कोइँच (सुनुवार) भाषामा लेखिएको साहित्यलाई प्रत्येक वर्ष दिँदै आएको दालमान अक्षय कोषको दालमान पुरस्कार कवि चन्द्रप्रकाश सुनुवारको ‘चाइँदा’ कवितासंग्रहलाई प्रदान गरियो ।
आठ हजार राशिको पुरस्कारसहित सम्मानपत्र प्रदान गर्दै विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्र ढुङ्गेलले भन्नुभयो, यस्तो पुरस्कारले कोइँच साहित्य उत्थानको लागि ठूलो योगदान गर्नेछ । नितान्त निजि क्षेत्रबाट स्थापित पुरस्कारले मात्र नेपालका मातृभाषाहरूको उत्थान गर्न सक्दैन । राज्यले पनि यससम्बन्धी विशेष व्यवस्था गरिनुपर्छ ।
सो अवसरमा साहित्यकार मनबहादुर मुखिया, अतीत मुखियाले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

आदिवसी पत्रकार देव कुमार सुनुवार सँग अनुभव आदनप्रदान

सुनुवार डट ओआरजि
६ माघ, २०६७ काठमाडौं ।
सुनुवार सेवा समाजको आयोजन र चुप्लु सेवा समाजको संयोजनमा आदिवासी पत्रकार फेलोसिप, जेनेभा गएका आदिवासी पत्रकार देव कुमार सुनुवार सँग शेरिङ कार्यक्रम संचालन गरेको थियो। शेरिङमा देव कुमार सुनुवारले त्याहाँ गएर जने बुझेका कुराहरु सुनाउनु भयो र उहाँले सुनुवारहरुको बारेमा UNESCO र OHCR मा ३ दिन बोल्नु पाएको कुरा सुनाउनु भयो ।

आदिवासी जनजाति महासंघद्वुरा आयोजित दबाब मुलक कार्यक्रम

सुनुवार डट ओआरजि
२७ पौष, २०६७ काठमाडौं ।
आदिवासी जनजाति महासंघद्वुरा आयोजित सबिधान चाडो लेखिनु पर्छ र कुर्चीको खेल बन्द गरिनु पर्छ भन्ने नाराका साथ दबाब मुलक कार्यक्रम आज सबिधान सभ भवन अगाडि समापन भयो। कार्यक्रमा सुनुवार सेव समाज लगायत बिभिन्न आदिवासी जनजाति समाजबाट उपस्थित जनाउनु भयको थियो।

किरात येले सम्वत् काल निर्धारण प्रतिवेदन हस्तान्तरण

सुनुवार डट ओआरजि, काठमाडौं । किरात येले सम्वत् अध्ययन समन्वय समितिले विभिन्न इतिहासविद् तथा अभिलेखको विस्तृत अध्ययन गरेको किरात येले सम्वत् काल निर्धारण प्रतिवेदन किरात समन्वय समितिका अध्यक्ष चतुरभक्त राईलाई एक समरोह वीच हस्तान्तरण गरेउ ।
इतिहासविद् डा. जगदीशचन्द्र रेग्मीले गोपालवंशवलीका आधारमा किरात येले सम्वत्को काल निर्धारण गरिएको र यही प्रमाणिक दस्तवेज भएको बताउनु भयो । सो कार्यक्रममा किरात समन्वय समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार मञ्जुल याक्थुम्बाले पनि पुष्पा थाम्सुहाङले प्रेम माबुहाङले निकालेको नेपाल इतिहासको आधारमा कलिगत हिन्दू ज्योतिष सिद्धान्तमा गणना गरेकोले उक्त काल गणना प्रमाणिक हुन नसक्ने कुरा बताउनु भयो । किरात समन्वय समितिमा सुुनुवार सेवा समाज, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, किरात राई यायोक्खा आवद्ध छन् ।
विस्तृत दस्तावेज अध्ययनको लागि http://www.durdaa.com भिजिट गर्नु होस् या यसमा किल्क गर्नुस् ।

कविता सङ्ग्रह विमोचन कार्यक्रममा सुनुवार सेवा समाजलाई सहयोग

सुनुवार डट ओआरजी सम्वाददाता
साहित्यकार एवम् नाटककार प्राध्यापक श्री मनबहादुर मुखियाको आतिथ्यमा दिलकुमार सुनुवार (थारिथिमलो क्याःब) र प्रेमकुमार सुनुवार (क्याःब नाइलु) दाजुभाइको ड्वेट कविता सङ्ग्रह विमोचन एक समारोहका बीच सम्पन्न भयो ।
समारोहको प्रमुख विशिष्ट अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवारले गर्नुभएको थियो भने क्याःब मुइलिको अग्रज एवम् सुनुवार सेवा समाजका पूर्व अध्यक्ष एवम् भू.पू. लेफ्टन श्री मानबहादुर सुनुवारले आतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । Read More

जाडोमा तातो मन पर्छ तर तातो काल पनि डाक्छ

सुनुवार डट ओआरजि, काठमाडौं ।
जाडोको मौसम । कतै तपाईँ पनि कोठाभित्र आगो ताप्दै हुनुहुन्छ कि ! हजुर त्यसो गर्दै हुनुहुन्छ भने अलिकति होसियारी अप्नाउने पो हो कि ! आज (पौष २५) को कान्तिपुर पृष्ठ ३ मा एउटा समाचार छापिएको छ, निस्सासिएर आमाछोरीको मृत्यु । हो, जाडोको मौसम सबैलाई न्यानो मन पर्छ । त्यस माथि त सुत्केरीलाई त न्यानो चाहिन्छ नै । कसलाई मन नलाग्ला र आफ्नो सन्तान र मायालु जीवन संगिनीको माया । जाडोमा कठिङ्गराएर राख्न सक्ने कुरा नै भएन । तर त्यही मायाले काल पनि निम्त्याउन सक्छ । हिजो राती ललितपुर चापागाउँ निवासी २९ वर्षीय तुलसी घिमिरे र उनको छोरीले अकालमै मर्नु परेउ । उनका पतिले श्रीमती र छोरीलाई माया गरेर न्यानो बनाउन आगोको जोहो त गरे तर त्यही मायाले आफ्नी श्रीमती र छोरीको ज्यान गयो ।
यस्तो घटना काठमाडौंमा हरेक जाडोको मौसममा घटीरहन्छ । यसर्थ कोठामा आगो फुक्दा वा कोइला बालेर नानी वा सुत्केरी सेक्दा झेल ढोका सधै खुला राख्नु पर्ने हुन्छ । बच्चा वा बुढाबुढी, सुत्केरीलाई सेकीसकेपछि आगोका कोइलालाई कोठा बाहिर निकालेर निभाउनु पर्दछ । चिकित्सकका भनाई अनुसार कोठामा आगो बाल्दा हावा चलखेल गर्ने बाटो बन्द भएमा अक्सिजन कमी भई कार्वन मोनोअक्साइड ग्याँस उत्पन्न भई मानिसको मृत्यु हुन सक्दछ ।

के हो कार्वन मोनोअक्साइड ?
कार्वन मोनोअक्साइड ग्याँस रंगहीन, गन्धहीन विषलु ग्याँस हो । यसलाई न देख्न सकिन्छ न त चाख्न वा सुँघ्न नै । कार्वन मोनोअक्साइड त्यतिखेर उत्पन्न हुन्छ जब ग्याँस, तेल, कोइला, पेट्रोल वा दाउराबाट निक्लने कार्वनयुक्त इन्धन हावाको कमीका कारण पूर्णरुपमा डढ्न सक्दैन । यसको विषक्त प्रभावबाट बच्न सम्बन्धित उपकरण उपयोगका बेला घरभित्र हावाको ओहोरदोहोर कायम राख्नुपर्छ । पूरै वा आंशिक बन्द स्थान वा कोठामा कार्वन मोनोअक्साइड बढ्छ । यो विषलु ग्याँस सासको माध्यमबाट रगतमा मिसिएपछि अक्सिजनलाई सोस्नबाट रोक्छ । यो प्रक्रियाले शरीरलाई नोक्सान मात्र पुराउँदैन, ज्यानै जान सक्छ । ( के हो कार्वन मोनोअक्साइड ?, कान्तिपुर दैनिक पृ. ३)