All about Sunuwar

कोइँचबु

now browsing by tag

 
 

खात/सुअदेर

-काेइँचबु काःतिच (उकुसु)
क. कथासार
मानिसको भीड छ । लगामा डब्लाङ तोर्म राखिएको छ । पोइँबो ग्याँमिले पिदार नाम्दार विभिन्न देवता तथा पितृको पूजा गरेर विसाएका छन् । सबैभन्दा तल लिपेको भुइँमा धान त्यसमाथि नाङ्लो र नाङ्लो माथि फोल तोर्म छ । तोर्म माथि वल्लो सुर र पल्लो सुर पारेर सरामा बाँधेर झुण्डाएको बाँसको कप्टेरोमा दादर (उहिलेदेखि राखिएको ध्वाजापतका झुण्डाइएको छ । मकै राखेको बाँसको टोक्ले छ । त्यसमा अक्षता भरेर धतुर तोर्मसँगै राखिएको छ । पितृहरुलाई सागुन गरेको पातहरु खातका खात छन् । त्यसमा एउटा टापरीमा भएभरको खानाहरु राखिएको छ । कुलपुरोहितले अनुहारमा पुरै सेतो पिठो दलेका छन् ।
पोइँबोले विभिन्न किसिमको अनिष्ठाकारी आत्महरुलाई बोलाउँछ । नाअÞसोले ती अनिष्ठाकारी आत्महरुलाई फकाइ फकाइ नाम पुकार्दै खाना दिन्छ । अनि जुन घरमा फोल गरिएको छ त्यसघरका र एकै कुलका दाजुभाइहरुले पनि आफ्नो सबै नराम्रा कुराहरु हटेर जाओस् भन्दै नाम पुकार्दै त्यस टपरा चढाउँछन् ।
कुलपुरोहितले अनिष्ठाकारी आत्मलाई तह लगाउने पामखासा खलमखासा खानारोल्बोलाई बोलाउँछ । पामखासा खलमखासाले सबै अनिष्ठाकारी आत्मलाई तरवार भाला लौरोले हान्दै खेदाउँछन् । ती अनिष्ठाकारी आत्मले राम्रा आत्महरुलाई पनि दुःख दिन्छन् । साथ लागेर छाड्दैनन् । यसैले कुलपुरोहितले मफाइ चुफाइ किकिलाई अगाडि लगाएर ती अनिष्ठाकारी आत्मबाट शुभगुण भएको आत्महरुलाई छुटाउँछ र लगामा लगेर राख्छ । पामखास र खानारोल्बोलाई पनि सुसेल्दै मफाइचुफाइको सहारामा खेदिपठाउँछ । उनीहरुकै पछिपछि सबै ग्रहादशा टपरामा मन्साएर सेतो पीठो दलेको कुलपुरोहित घरबाट धेरै पर दौडेर जान्छ । अरुले भने उसैको पछि पानी अक्षेता र खरानी हान्छन् । बाद्यवादन जोडजोडले बजाउँछन् । Read More

Share

फरक अनुभूति : उपयुक्त समयको उपभोग

-कोइँचबु काःतिच
एक दशक आधापछि पहिलो पटक कोइँच कविहरु भर्चुयल सन्सारमा रमाउन सम्भव भयो । नेपाली इतिहासमा भर्चुयल सम्वादमा रमाउने काम कोइँचबाटै भएको इतिहास साँक्षी छ । फोन इन कार्यक्रमका नेपाली प्रणेता क्युइँतिच पाण्डब सुनुवारको आफ्नै वंश परम्परामा यो पहिलो कार्यक्रम हो भर्चुयल कविता गोष्ठी । हुन त भर्चुयल कविता वाचनको शुरुआत पनि कोइँचहरुले नै गरेको हो । तर कोभिड १९ को यो कहरको समयमा आज पहिचानको लागि कोइँच साहित्य भर्चुयल कोइँच कविता गोष्ठी ५०८० मा शोभा जुलियट, तारा सुनुवार, केदार संकेत, शाहकृष्ण सुनुवार, मञ्जुल मिथोच, रोमन लास्पाच, युगल सुनुवार, इँगिहोपो कोइँच सुनुवार, भानु सुनुवार, रणवीर सुनुवार, कोइँचबु काःतिचले कोइँच तथा खस भाषाको कविता वाचन गर्नुभयो । नानीमाया सुनुवार, सहदेव मुखिया, डिबी सुनुवार, होम सुनुवारले कविता उपलब्ध गराए पनि प्राविधिक कारण कविता वाचन गर्नसक्नु भएन ।

कवितामाथि समिक्षा गर्दै केदार संकेतले कोइँच कविहरुले पहिचानको धार समात्न सफल भएको बताउनुभयो । शाहकृष्ण सुनुवारले “पहिचानको लागि कोइँच साहित्य भर्चुयल कोइँच कविता गोष्ठी ५०८०” राम्रो कार्य भएको बताउँदै भन्नुभयो, “कवि होइन तर फुर्सदको समय उपयोग गर्दै जाँदा कविको हुलमा मिसिन पुगेको हुँ “। कवि तारा सुनुवारले यसरी कोइँच कविहरुसँग भेटेर कविता वाचन गर्न पाउनु नै ठुलो कुरा भएको हुँदा यस्तो कार्यक्रम आयोजना भइरहनुपर्ने धारणा राख्नुभयो । इँगिहोपो कोइँच सुनुवारले युवाहरुका लागि यसरी नयाँ फोरम सिर्जना गर्न वाटो खुलाइदिनु भएको हुँदा आगामी दिनमा युवाहरुले साहित्यीक गतिविधि गर्न सजिलो भएको विचार राख्नुभयो ।

शोभा जुलियटले नेपाल प्रज्ञा प्रतिष्ठानले कोइँच मातृभाषाको २५ जना कवि जम्मा पारेर कवि गोष्ठी गरौं भन्दा पनि २५ जना कोइँच मातृभाषी कवि जम्मा पार्न नसकेको दुःखेसो पोख्दै  भन्नुभयो, “उहिलेदेखि कवि गोष्ठीमा हिडे पनि भर्चुयल कवि गोष्ठी पहिलो पटक भएको र यस्तो गोष्ठीले युवाहरुलाई हौसला दिने र अग्रजहरुको संगतले नयाँ नजानेको काम सिक्ने फोरम निर्माण भएको हुँदा खुशीले गद्गद भएको र थोरै जनसंख्यामा थोरै कवि हुने नै भए । १६ जनाको उपस्थिति पनि राम्रै हो ।”  ।

सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले कोइँच कविता वाचन गर्दै भन्नुभयो, “२०६२ सालदेखि कवि गोष्ठी गर्दै आउँदा अभैm पनि नयाँ अनुहार भेट्न देखिन मुस्किल भएको हुँदा अबको अभियानको जिम्मा युवा पुस्ताले लिनु पर्छ ।”

कार्यक्रममा सुसेस कतार अध्यक्ष सामुयल सुनुवार, सुसेस जिरी अध्यक्ष राजेन्द्र सुनुवार, सुसेस ललिपुर पुर्व अध्यक्ष तथा कवि शंखु बुजिच, अनुसन्धाता सपना सुनुवार, शुभेच्छुक चित्र रुपाचाको सहभागिता थियो । कोइँच चुप्लुका प्राविधिक प्रमुख पाम सुनुवारले प्राविधिक व्यवस्थापन गर्नुभएको थियो भने इन्डिजिनिअस टेलिभिजनले स्टुडियो उपलब्ध गराएको थियो । त्यसैगरी जुम फोरम ख्योम्पातिच देबकुमार सुनुवारले उपलब्ध गराउनुभएको थियो । कार्यक्रम दिउँसो ४ बजेबाट साँझा ६ बजेसम्म सञ्चालन भएको थियो ।

Share

कहाँ चुक्याै‌ हामी ? अंकमा शक्ती हुन्छ ।

-कोइँचबु काःतिच
नेपालीमा “सुनुवार” आफ्नै भाषामा “काेइँच” भनिन्छ भन्नेहरुले खै त सुनुवारकाे पहिचानलाइ १९१० कै मनुवादी मुलुकी एेनसँग दाँजेर पटक पटक दाेहराइरहँदा कुन दुलाेमा लुक्नु हुनेरहेछ । (आफ्नाे असली पहिचान काेइँचलाइ चपरीमुनी गाडेर सरकारी कामकाजी भाषाकै अन्धभक्ता भएर सरकारी कामकाजी भाषामै दिइएकाे “सुनुवार” सरकारी जातीय नामले उपल्लाे दर्जाकाे भनेर जतिसुकै आफुलाइ व्याख्या गरे पनि युट्युवर साेनिका राेकायासम्म आइपुग्दा सुनुवार जातीय नामलाइ अरुले कसरी बुजीरहेका छन् मालुम छ कि छैन महासयहरु !) Read More

Share

कोइँच समाजमा ढोक्ने सेवु फ्लाःचा संस्कृति

-कोइँचबु काःतिच
कोइँचमा आफुभन्दा मान्यजन, ठूलाहरुलाई ढोग्ने चलन छ । त्यसैगरी खाना वा पानी दिँदा वा पाहुनाहरुलाई खाना खुवाउँदा अनिवार्य ढोग्ने गरिन्छ । ढोग्नु कोइँच संस्कृतिमा एउटा ठूलो संस्कार पनि हो । कसैले टिका लगाएर वा शिर उठाएर सम्मान गर्दा पनि ढोगिन्छ । जसले ढोक्यो उसले आफुभन्दा ठुला सबैलाई ढोक्छ । त्यसरी ढोक थाप्नेले पनि फेरि आफुभन्दा ठुलोलाई ढोक्नुपर्दछ । यो ढोक्ने संस्कृतिको आधारमा पनि अवश्य हाम्रा सामाजशास्त्र पढ्ने भाइबहिनीहरुले कोइँचको समाज विकासको गोहो पहिल्याउन सक्नेछन् । हामी सजिलै अनुमान गर्न सक्छौं हाम्रो समाजमा संयुक्त परिवारमा बस्ने प्रचलनबाट भर्खरै मात्र सानो परिवारमा बामे सरेको हो । बिहेवारीमा त सम्धी ढोक अर्थात् कोकोर्मि अनिवार्य हुन्छ नै । यो ढोक जस्तोसुकै विवाह अपनाए पनि अनिवार्य छ । त्यसैगरी सेवुगावु फ्लातेक संस्कार नै छ कोइँचहरुको विवाहमा । बेहुलाले बेहुलीलाई आफ्नो नातागोता चिनाउदै र बेहुलीले बेहुलालाई आफ्नो नातागोता चिनाउँदै ढोग्ने वा आफुभन्दा साइनोले सानोबाट ढोक थाप्ने चलनलाई ढोकभेट फुकाउने सेवु फ्लाःचा चलन हुन्छ । यसरी ढोकभेट गरेपछि अब नातासम्बन्ध बाँधियो वा दाजुभाईहरुले आफ्नै वंशको परिवार एकै चुप्लुको सदस्य मान्ने र माइतीहरुले पनि फलना वंशालाई छोरीचेली दियौं, कसैगरी छोरीचेली अभर प¥यो भने समात्ने आधारको रुपमा गाउँले दाजुभाई साँची बसेर ढोक समेत थापेर ज्वाइँचेला मानेको दसीप्रमाण भएको मानिन्छ । यसरी ढोकभेट गर्दा साइनो अनुसारको करकोसेली, शिर उठाउनी पैसा पनि दिनु पर्ने चलन छ । यसरी ढोकभेट नगर्दा दाजुभाई वा माइतीमा तेरो श्रीमतीलाई आजसम्म चिनेको छैनौं । तेरो लोग्नेलाई आजसम्म चिनेकै छैनौं । खोइ कहिले चाहिँ ढोकभेट गरेर चिनाइस् भनेर निहु खोज्ने चलन समेत छ।
तर मरोपरोमा भने शोकाकुलको बेला ढोग्नु हुँदैन भन्ने मान्यता छ । शुद्धाइको दिनमा फेरि अरुबेला जस्तै मेलै ढोकाभेट गर्ने चलन छ ।
ढोगका प्रकार : Read More

Share

निषेध (छेकाबार)

-काःतिच

म कलाकार होइन

म लेखक होइन

म पत्रकार होइन

न त म चित्रकार

न म अधिकारकर्मी हुँ

न त समाजसेवी

न काम नलाग्ने डुलुवा ।

तर, म

कलाकारहरुको सल्लाहकार !

लेखकहरुको समालोचक !

पत्रकारहरुको सहकर्मी !

चित्रकारहरुको सहयात्री !

अकिकारकर्मीहरुको टेको !

समाजसेवीहरुको कार्यकर्ता !

घरको लागि काम नलाग्ने डुकुलट्ठक भाँड !

उफ !

मेरो पहिचानमा धर्मसंकट !

रिङ-ने दा !

मेरो पहिचान ढाकेर पलाएका ऐजेरुहरु –

खराने !

उदीम !

माने !

रिट्ठे (तिसुप रिस्से) !

उत्तम !

सेके !

सुनुवार भाई !

कोइँचबु काःतिच !

काले बन्ठा !

डुकुलटठाक भाँड !

अखिरी म के हुँ ?

सोच्छु को हुँ ?

गम्छु कहाँको हुँ पटक-पटक

र, सच्याउन सुझाउँ भन्छु –

“ए हजुर ! मेरो पहिचानमा

पहिरो गएको छ

भल बढी आएको छ

ठूलो अँधीवेहरी चलेको छ

म जे होइन त्यही बनाइएको छु

म जे हुँ, जे छु, जहाँ छु

मलाई राम्ररी था’छ

मेरो खुबी

मेरो हैसियत

मेरो रङ्गरोगन

मेरो चालचलन

मेरो जीवनशैली

मेरो खानपान लवाइखवाई

मेरो पुखाको कथा व्यथा

मेरो पुखाको थाँतथलो …

मैले मेरो बारेमा केही बोलेकै छैन

मैले मेरो बारेमा कसैलाई भनेकै छैन

मैले मेरो बारेमा अरुलाई सुनाउन पाएकै छैन”

खोइ, मलाई बोल्ने, भन्ने, सुनाउने मौका दिएको ?

……………

तिसुप, काःत, चुप्लु -ओखलढुगा)

 

Share

राज्य पुनःसंरचनामा कोइँचको पूख्र्यौली थाँतथलो

कोइँचबु काःतिच
ऐतिहासिक जनआन्दोलन २०६२/६३ पछि बनेको नेपाल सरकारले पाएको सबैभन्दा ठूलो जिम्मेवारी संविधानसभाको निर्वाचन सम्पन्न गरी नेपालमा लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना गर्नु थियोे । राज्यका सम्पर्ूण्ा वर्गीय, क्षेत्रीय, जातिय, भाषिक तथा साँस्कृतिक समूहहरूले पनि संविधानसभा मार्फत् आफ्नो आवाज मुखरित गर्न पाउनु लोकतन्त्रमा कानूनी शासन र न्यूनतम आधारभूत मानव अधिकारका विषयवस्तुहरू हुन् । यसैले राजनीतिक, आर्थिक, साँस्कृतिक, सामाजिक, जातीय, भाषिक, धार्मिक तथा क्षेत्रीय आधारमा ऐतिहासिक रूपले बहिस्करणमा पारिएका महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित समुदायका आवाजलाई राज्यपुनःसंरचना सहित संविधान सभा मार्फत संविधानमा सम्बोधन गर्नु, गराउनु थियो । जसको कारण उनीहरूको सरोकारका कुराहरू जस्तैः संघीय राज्यको स्वरूप र सही पहिचान संविधानसभाद्वारा मात्रै सम्बोधन गर्न सकिने विश्वासको साथ निर्वाचन प्रणाली अनुसार संविधान सभाको गठन गर्नमा कुनै पनि कसुर रखेनन् आदिवासी जनजातिहरुले । तर नेपालमा रहेका वर्ग, क्षेत्र, भाषा, धर्म तथा संकृतिका आधारमा वहिस्करणमा पारिएका भिन्न पहिचान बोकेका सानाभन्दा साना आदिवासी जनजातिहरुको संविधान सभामा प्रतिनिधित्व गर्ने प्रक्रियालाई भने आदिवासी जनजातिको विशेषज्ञ वार्ता टोलीको २० बुँदे सम्झौताले राजनीतिक पार्टर्ीीे पोल्टोमा सुम्पी दियो । जसका कारण अहिले संविधान सभामा आदिवासी जनजातिको विरुद्धमा संविधान निर्माण हुनसक्ने आशंका पैदा भएको छ । जे होस संविधान सभा मार्फत बनिने भनिएको संविधान र राज्यको पर्ुनर्संरचना तथा समावेशीकरणको केन्द्रीय भाव भनेको आदिवासी जनजातिको सवालमा ऐतिहासिक थाँतथलोको आधारमा पहिचानसहित स्वायत्त, स्वशासन तथा सम्पर्ूण्ा तहमा अर्थपर्ूण्ा समानुपातिक प्रतिनिधित्व हो । Read More

Share

सिल पाउ फारपुले सिल पाउ, बोक हाइ बुरकेलि बोक हाइ : गुनासो, खुशी र विदाइको अविस्मरणीय क्षण

कोइँचबु काःतिच
गत माघ महिनाको एक साँझ । चक्रपथको थसिखेल खण्डबाट १०० मिटर पर नाखीपोट जाने शाखा रोडको फुटपाथमा हामी कोरमोच पाम, बुजिच सङखु, क्युइँतिच साथिर र म, कोइँचबु काःतिच । विपरित दिशाको झम्काभेटले कुराकानी गरिरहेका थियौं । त्यो थलोमा थापिना आइपुगे पुमा प्रविन, नव प्रतिभाशाली किराती नाटककार तथा कलाकार ।
मेरो किरात मुन्धुम मिथक पढ्नु भयो ? सोधनी भयो । Read More

Share