All about Sunuwar

News

now browsing by category

 

आँस इँगि सायाको विमोचन

थारिथिमलो क्याःब र क्याःब नाइलुद्धारा लिखित आँस इँगि साया को कविता संग्रह साहित्यकार मनबहादुर सुनुवारद्धारा विमोचन गरियो ।
उक्त कार्यक्रममा कवि तथा साहित्यकार अतीत मुखिया लगायत डा। लाल रापचाद्धारा पुस्तकको बारेमा प्रकाश पार्नु भयो ।
कार्यक्रममा कोइँच सुनुवार साहित्यको विकास र उत्थानका लागि हामीले अझै पनि धेरै प्रयास गर्नुपर्ने कुरा साहित्यकार अतीत मुखियाले प्रकाश पार्नुभयो । कोइँच साहित्यको श्रृंखलामा कवि थारिथिमलो क्याःब र क्याःब नाइलुको संग्रहले एउटा इँटा थपिएको बताउनुभयो ।
उक्त कार्यक्रममा कविता संग्रहमाथि प्रकाश पार्दै डा। लाल रापचाले कोइँच सुनुवार साहित्यको सुरुवात, नेपाली साहित्यको विकास र अन्तर्राष्ट्रिय साहित्यको बारेमा पनि चर्चा गर्नुभयो ।
कार्यक्रममा कविद्धयको मन्तव्यको क्रममा थारिथिमलो क्याःब विदेशमा रहनुभएकोले उहाँको टेलि मन्तव्य प्रस्तुत गरियो । त्यसपछि अर्का कवि क्याःब नाइलुको मन्तव्य प्रस्तुत गर्नुभयो ।

सुनुवार सेवा समाजको आठौं उद्घाटन सम्मेलनको दृश्यहरु

सुनुवार सेवा समाजको आठौं उद्घाटन सम्मेलनको दृश्यहरु हेर्नलाई याहाँ क्लिक गर्नुहोला अथवा http://gallery.sunuwar.org/thumbnails.php?album=23  link copy paste गर्नुहोस् ।

सुनुवार सेवा समाजको आठौं राष्ट्रिय सम्मेलनले १७ सदस्यिय नयाँ केन्द्रिय समिति चयन गर्‍यो

समाचारदाता,
सुनुवार डट् ओआरजी;

अन्तत: फुकाउन नसकेको गाँठोलाइ सामान्य प्रकृयाद्वारा नै फुकाउन सम्भव भयो, २०६७ साल, पौष ११ गते, प्रात: १:३५ वजे; सुनुवार सेवा समाजको आठौं राष्ट्रिय सम्मेलनले १ लाख भन्दा बढि किराँत सुनुवारको प्रतिनिधित्व गर्ने १७ सदस्यिय नयाँ केन्द्रिय समिति चयन गर्‍यो ।

नव निर्वाचित पदाधिकारिहरुको नामावलि:

१. अधक्ष्य – श्री मन प्रसाद सुनुवार (ललितपुर)
२. प्रथम उपाधक्ष्य – श्री रणवीर सुनुवार (भक्तपुर)
३. द्वितिय उपाधक्ष्य – श्री शान्त कुमारी सुनुवार (झापा)
४. तृतिय उपाधक्ष्य – श्री देवेन्द्र कुमार सुनुवार (पाँचथर)
५. महासचिव – श्री खडोश सुनुवार (रामेछाप)
६. सचिव – श्री  शान्त वहादुर सुनुवार (ओखल्ढुङ्गा)
७. कोषाधक्ष्य – श्री निर वहादुर सुनुवार (उदयपुर)
Read More

सुनुवार सेवा समाजको आठौं सम्मेलन

सुनुवार डट ओआरजि तथा दुरदा डट कम  समाचारदाता
जाति, भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा हाम्रो अभियान : शैक्षिक, सामाजिक एवं आर्थिक विकासको लागि आठौं सम्मेलन ।।
मूल नारा सहित सुनुवार सेवा समाज, केन्द्रीय समितिको आठौं सम्मेलनको उद्घाटन अनमोल क्याटरिङ, नयाँ बानेश्वरमा भव्यताका साथ सम्पन्न भयो ।
२०४४ सालमा स्थापित सुनुवार सेवा समाज कोइँच (सुनुवार) हरुको प्रतिनिधिमुलक संस्था हो ।
विहान ११ बजे सुनुवार सेवा समाजको केन्द्रीय समितिबाट प्रभातफेरि बृहत ¥याली कोटेश्वर, तीनकुने, संविधान भवन नयाँ बानेश्वर हुँदै अनमोल क्याटरिङमा आएर उद्घाटन सम्मेलनमा परिवर्तन भएको थियो ।
प्रमुख अतिथि:  राजकुमार लेखी, विशेष अतिथि :  सभासद् दालकुमारी सुनुवार, अतिथि :  मनोरमा सुनुवार, अमृत सुनुवार, युवाराज जिरेल, दन्तुराम बाहिङ, लोकेन्द्र जेरो किराती अदि हुनुहुन्थयो । Read More

उधौली षाँदरका दृश्यहरु

यसपालि पनि सदाको झै किराँत कोइच (सुनुवार)हरुले उधौली षाँदर भब्यताका साथ मनाए। सो दिनका दृश्यहरु हेर्नलाई याहा क्लिक गर्नुहोला ।

उधौली षाँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै …।।

६ पौष, २०६७ ललितपुर ।
काठमान्डु उपत्यकामा बसोवास गर्ने सम्पुर्ण किरांत समुदायले ललितपूर स्थित हातिबन र नखिपोटमा उधौली षाँदर, साकेला, चासोक ताङनाम चोसोवा मन्दिरमा उपस्थित भै आफ्ना इष्ट देवी देवता को पुजा गरि ष्यादर, साकेला, चासोक ताङनाम सिली गरेका थिए ।

ललितपुरमा उधौलीको रमझम

४ पौष, २०६७ ललितपुर ।
यही आउदो ६ पौषमा उधौली श्याँदरको लागि सुनुवार सेवा समाज, ललितपुरमा ढोललाई रङ्ग भर्दै। ढोलमा भर्दै गरेको यो चित्रलाई किराँत सुनुवारहरुले “पदम तुली” भन्दछन् ।