Notice Board
now browsing by category
हार्दिक बधाई !!!

नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको हालै सम्पन्न तेस्रो महाधिबेशनबाट महासचिब जस्तो गरिमामय पदमा हाम्रो कोइंच समी सुमिरा सुनुवार निर्बाचित हुनुभएको छ।उहा किरात सुनुवार महिला समाज बेलायत (किसुमस) को सह सचिव हुनुहुन्छ र महिला महासंघमा सचिब हुनुहुन्थ्यो ।उहालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!
तपाइको थोरै सहयोगले यो ४ बर्षे नाबालक कृष्टिना सुनुवारले नयाँ जिवन जिउन पाउने छिन् ।
विगत केहि समय देखि ओखलढुंगा, लिखु गाउँपालिका वडा नं ९ निवासी श्री नीर कुमार रुपाच (सुनुवार)को छोरी कृष्टिना सुनुवारलाई रक्क्त क्यान्सरको कारण मुत्यु संग लडिरहेको छ । उनको उपचार गर्ने क्रममा मोडल, कान्ति, पाटन लगायतका अस्पताल हुँदै हाल Civil Hospital (निजामती अस्पताल)मा उपचार भैरहेको छ । उपाचार गर्ने क्रममा आर्थिक अभाव हुदै गएको हुदा छोरीको उपचार गर्न निकै कठिनाई भएकोले यहाँहरुले सानो सहयोग गरी दिनु भयो भने उहाँको छोरीले नयाँ जिवन जिउन पाउने आशा राख्दै सहयोगको लागि अपिल गर्दछौं ।
अहिले सम्बन्धित रोग विशेषज्ञ डा. प्रकाश ज्योति पोखरेल मार्फत बिशेष निगरानीमा उपचार हुँदै दैनिक रगत दिदै आएको र रक्त क्यान्सरले गम्भीर अबस्थामा पुगेकोले केमो दिनुपर्ने अनिवार्य तर हाल फोक्सोको इन्फेक्सनले गर्दा केमो दिन नमिल्ने हुनाले प्रत्येक १,२ दिनको फरकमा रगत दिनुपर्ने अवस्थामा छ । फोक्सो सामान्य अबस्थामा आए पश्चात मात्र केमो गराउने र पहिलो केमो पश्चात मात्र अर्को निर्णय दिन सकिने र केमो खतरनाक रहेकोले बिशेष प्रक्रिया मार्फत जानू परेकोले पहिलो केमोको लागि दैनिक उपचार खर्च बाहेक रु. ४ लाख लाग्ने डाक्टरको जानकारी अनुसार कष्टिनाको ज्यान बचाउनको लागि यहाँहरु माझ आर्थिक सहयोगको लागि अपिल गर्दछौं ।
सिधा सम्पर्क ः
बिरामिको बाबु श्री नीर कुमार रुपाच (सुनुवार)
मो. ९८६९०७४२८४
बैंक खाता नं NIC Asia 3387695294524001
नेपाल इन्भेस्टमेन्ट बैंक नं 00405080294171
वा
९८४१२०७६९५ पाम सुनुवार (सुरज)
चौथो बार्षिक साधारण सभा सम्बन्धी सूचना
यस सुनुवार सानज बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७३/०८/१२ गते बसेको संचालक समितिको बैठक बाट निर्णय भए बमोजिम निम्न मिति, स्थना र समयमा संस्थाको चौथो बार्षिक साधारण सभा बस्ने भएको हुदा सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
सभा हुने स्थान र समय
मिति २०७३/०८/२५ गते
स्थान : सुनुवार सेवा समाज भवन ३५, काठमाडौं
समय : दिनको १२ः ३० बजे
हार्दिक समावेदना
सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंका कोषाध्यक्ष, हाम्रा सहृदयी सहकर्मी तथा आदिवासी जनजाति कोइँच सुनुवारका प्रथम पहिला कवयित्री शोभा सुनुवारका ममतामयी पूजनीय माता टंकमाया सुनुवारको हिजो बेलुकी ६ बजे (२०७२ असोज १७ गते) आप्mनै निवास भुजी गा. वि.स. वडा नं. ३ ठिन्केप, पिपलडाँडा रामेछापमा असामायिक निधन भएको हुँदा उहाँको आत्मले बुइश–शि लाँ प्राप्त गरोस् भन्ने कामनासहित शोक सन्तप्ता सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति इँगिदेयिले प्रदान गरुन् भनि हार्दिक समावेदना प्रकट गर्दछौं ।
सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौं ।
सूचना ! सूचना !! सूचना !!!
सुनुवार समुदायको पहिचान सहितको भित्ते पात्रो यस पटक पनि सुनुवार सेवा समाज जिल्ला समिति दोलखाले प्रकाशन गर्ने भएको हुँदा सुनुवार सेवा समाज जिल्ला समितिहरुले संस्थागत रुपमा गरेका गतिविधिह प्रकाशन गर्न गराउन फोटोहरु यथा सिघ्र उपलब्ध गराउन जानकारी गराईन्छ । साथै ब्यत्तिगत रुपमा शुभकामना , विज्ञापन दिन इच्छुक ब्यक्तिहरुले आफ्नो फोटो र ब्यबसायको विवराण समेत उपलब्ध गराउन सकिने ब्यााहोरा समेत जानकारी गराइन्छ ।
थप जानकारी को लागि सम्र्पक विवेक सुनुवार नं. ९८४९०५२५९९