All about Sunuwar

News

now browsing by category

 

उत्तर बेलायतमा किराती एकताको भव्य उदाहरण उभौली साकेला र स्याँदर उत्सव २०२६ भव्य रूपमा सम्पन्न

क्याट्रिक ग्यारिजन, उत्तर योर्कशायर — किरात राई तथा सुनुवार समाज क्याट्रिक योर्कशायरको आयोजनामा यलम्बर सम्बत ५०८६ को उभौली साकेला र साकेन्वा र स्याँदर उत्सव शनिबार, ९ मे २०२६ का दिन अत्यन्त भव्य, सभ्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा उत्तर बेलायतका विभिन्न शहरहरू — कार्लाइल, लिड्स, न्युक्यासल, हडर्सफिल्ड तथा डार्लिङ्ग्टनबाट किराती समुदाय, नेपाली समुदाय, सेवारत सैनिक परिवार, विशिष्ट अतिथि, छिमेकी समुदाय तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
ीभ ऋबतभबग ऋयmmगलष्तथ एचष्mबचथ क्अजयय,ि ऋबततभचष्अप न्बचचष्कयल मा सम्पन्न कार्यक्रममा करिब १५० भन्दा बढी महानुभावहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले किरात राई तथा सुनुवार समुदायको भाषा, धर्म, संस्कृति, भेषभूषा, परम्परा, मौलिक पहिचान तथा सामुदायिक एकताको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन अग्रज पुजारी श्री गजुरमान राई र संस्थाका अध्यक्ष श्री नन्दराज राईले साकेला थानमा स्थापित पारुहाङ–सुम्निमा तथा यलम्बरका तस्बिरहरू अगाडि पितृहरूको स्मरण गर्दै तीन चुला मानी तीन वटा पानस दीप प्रज्वलन गरी गर्नु भएको थियो।
उत्सवमा साकेला सिली, स्याँदर नृत्य, विविध सांस्कृतिक प्रस्तुति, सामूहिक भेटघाट तथा परम्परागत किराती परिकार मुख्य आकर्षणका रूपमा रहेका थिए। विशेषगरी ताजा सुँगुरको भुटुवा, सेलरोटी, अचार, चट्नी तथा घरमै बनाइएका विभिन्न मौलिक परिकार र पेय पदार्थले उपस्थित सम्पूर्ण पाहुनाहरूलाई नेपाली तथा किराती स्वादको विशेष अनुभूति गराएको थियो।
श्रीमती अनिला राईको नेतृत्वमा सिलिमोमा–सिलिमोपा तथा ढोलेहरूले कार्यक्रमभरि नृत्य र सांस्कृतिक प्रस्तुति मार्फत सम्पूर्ण सहभागीहरूलाई किरात संस्कृतिको मौलिक अनुभव गराएका थिए। त्यस्तै सुनुवार कोइञ्च किरात संस्कृतिको मौलिक स्याँदर सिलको पनि भव्य प्रस्तुति गरिएको थियो, जस मार्फत उपस्थित जनसमुदायलाई सहभागी गराई यसको विशेष सांस्कृतिक अनुभूति दिलाइएको थियो।
कार्यक्रमका क्रममा समाजका अध्यक्ष नन्दराज राईले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण कार्य समिति, सल्लाहकार, स्वयंसेवक, सिलिमोमा–सिलिमोपा, ढोले, पुजारी, जलपान संयोजक, सरसफाइ तथा यातायात सहयोगी, संगीत तथा प्राविधिक टोली, प्रायोजक, दाता तथा सम्पूर्ण समुदायप्रति हार्दिक आभार व्यक्त गर्नु भयो।
उहाँले विदेशमा रहेर पनि किराती सभ्यता, संस्कार तथा पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँका अनुसार, “उभौली, स्याँदर र साकेला केवल चाडपर्व मात्र होइनन्, यी हाम्रो अस्तित्व, एकता, प्रकृतिप्रतिको सम्मान तथा पुर्खाहरूको स्मरणसँग जोडिएका अमूल्य सांस्कृतिक धरोहर हुन्। यस्ता कार्यक्रमहरूले विदेशमा जन्मँदै र हुर्कँदै गरेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, भेषभूषा, गरगहना तथा पहिचानसँग जोड्ने महत्वपूर्ण कार्य गरिरहेका छन्।”
बहुभाषिक तथा बहुजातीय नेपाली समाजको विविधता र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याइरहेका छन्। नेपाल र नेपालीपनसँग भावनात्मक सम्बन्ध कायम राख्दै भविष्यका पुस्तासम्म संस्कृति हस्तान्तरण गर्नु सम्पूर्ण समुदायको साझा दायित्व भएको आयोजकहरूको भनाइ रहेको छ।
कार्यक्रम भरि आपसी सद्भाव, भाइचारा, सम्मान तथा एकताको वातावरण देखिएको थियो। सहभागीहरूले विदेशको भूमिमा पनि आफ्नोपन, पारिवारिक भावना तथा सामुदायिक आत्मीयता महसुस गरेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमको समापनमा सुम्निमा–पारुहाङ, पुर्खा तथा प्रकृतिको आशीर्वादले सम्पूर्ण मानव समुदायमा शान्ति, सुख, समृद्धि, स्वास्थ्य तथा एकता कायम रहोस् भन्ने कामना गरिएको थियो।

— राम कृष्ण सुनुवार ‘आँकाला’

 

 

किराँत सुनुवार सेवा समाज बेलायत (KSWSUK) को वार्षिक साधारण सभा (AGM) ।

२४ तारिख, शनिवार
Aldershot, UK
किराँत सुनुवार सेवा समाज बेलायत (KSWSUK) को वार्षिक साधारण सभा (AGM) २४ तारिख शनिवारका दिन बेलायतको Aldershot स्थित Ozone मा सौहार्दपूर्ण, आत्मीय तथा उल्लासमय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमको औपचारिक सञ्चालन समाजका सचिव सकुन सुनुवार ले गर्नुभएको थियो भने सभामा उपस्थित सम्पूर्ण सदस्य तथा अतिथिहरूलाई केदार सुनुवार सङ्केत ले स्वागत मन्तव्य दिएका थिए । उक्त भेलामा किराँत सुनुवार सेवा समाज बेलायतका पूर्व अध्यक्ष यादव तुर्सुचा, जितेन सुनुवार , सल्लहकार छत्र सुनुवार लगायत पूर्व कोषाध्यक्ष इन्द्र सुनुवार, संस्थाका सदस्यहरू चन्द्र कुमार कोर्मोचा, नरेन्द्र सुनुवार, गौरिधन सुनुवार, पार्वती सुनुवार, शुभद्रा सुनुवार, दिलीप सुनुवार लगायत धेरैको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमको पहिलो चरणमा समाजका विभिन्न वार्षिक प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए । यस क्रममा: समाजका अध्यक्ष आकाश सुनुवार ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष खजेन्द्र सुनुवार ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसै गरी शिक्षा कोष (Education Fund) सम्बन्धी प्रतिवेदन उपाध्यक्ष प्रकाश जिजिच सुनुवार कार्यक्रममा उपस्थित हुन नसकेका कारण सचिव सकुन् सुनुवार द्वारा प्रस्तुत गरिएको थियो ।
त्यसै अवसरमा KSWSUK को सम्पत्ति (Property) सम्बन्धी विस्तृत जानकारी मिलन सुनुवार ले सभासमक्ष प्रस्तुत गरे ।
कार्यक्रमको मध्याह्नमा सहभागीहरूका लागि खाजाको व्यवस्था गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा कोइँच सुनुवार समुदायको स्मारिका “प्लेँ:कास” को औपचारिक विमोचन गरिएको थियो । उक्त स्मारिकाको सामूहिक विमोचन ज्येष्ठ नागरिक सल्लाहकार छत्र सुनुवार, समाजका अध्यक्ष आकाश सुनुवार तथा शुभद्रा सुनुवार द्वारा सुसम्पन्न भयो ।
यसै चरणमा समाजको घर खरिदसम्बन्धी रोडम्याप र यसको संक्षिप्त विवरण संयोजक केदार सुनुवार सङ्केत ले प्रस्तुत गरेका थिए ।
आउँदो वर्षका लागि तय गरिएका कार्य योजना तथा एजेन्डाहरू पारित गरिएपछि स्मारिका प्लेँ:कास भित्र समावेश गरिएको एउटा कविता वाचन पनि गरिएको थियो, जसले कार्यक्रममा साहित्यिक र भावनात्मक गहिराइ थपेको देखिन्थ्यो ।
कार्यक्रमको अन्त्यतिर प्रश्नोत्तर सत्र सञ्चालन गरी सहभागीहरूले उठाएका जिज्ञासाहरूको स्पष्ट जवाफ दिइयो । आपसी छलफल, सुझाव आदान–प्रदान तथा पारदर्शिताको अभ्यास यस वार्षिक साधारण सभामा सशक्त र सकारात्मक ढङ्गले प्रस्तुत भएको देखियो ।
समग्रमा, किराँत सुनुवार सेवा समाज बेलायतको यो वार्षिक साधारण सभा सङ्गठनात्मक रूपमा सुदृढ, भावनात्मक रूपमा आत्मीय तथा समुदायको भविष्यप्रति आशावादी सन्देश दिने खालको रहेको थियो ।

संस्कृति पुस्तान्तरणको निर्मम श्रृङ्खला : केदार सङ्केतको ‘अन्तिम साँझ’ लोकार्पित ।

–काःतिच
१३ पौष, ललितपुर । गमलाको विरुवामा पानी चढाउँदै पछिल्लो समय चलेको क्लाइ–फाइ विश्वव्यापी साहित्यिक प्रवृति अर्थात मुक्दुमि (प्रकृति) पथको साङ्केतिक समर्थनसहित बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ लगायतका श्रष्ट्राहरुले सङ्युक्तरुपमा कवि तथा यात्रा स्पर्श अभियान्ता केदार सङकेतको नवौं कृति अन्तिम साँझ ललितपुर मानभवनको अइला लन्जमा लोकार्पित गरियो । मिलाप पब्लिकेसनले प्रकाशन गरेको कथा सङ्ग्रह अन्तिम साँझमा पहिचानजनित कथासहित समसामायिक १५ वटा कथाहरु सङ्ग्रहित छन् ।
साहित्य जस्तो विशुद्ध क्षेत्रमा पनि धेरै राम्रा लेखकहरु गुमनाम भएकाे गुनासाे गर्दै प्रमुख अतिथि श्रीओम श्रेष्ठ राेदनले भर्खरै सम्पन्न १२ खरी कथा प्रतियोगिताको प्रथम पुरस्कार पाउने युवा नवागान्तुक कथाकारको उदाहरण दिँदै यो समय प्रविधिले साथ दिएको समय पनि हो कहिल्यै नसुनिएका नचिनिएका साहित्यकारलाई अचानक एउटै कथाले सबै माझ चिनाउन सकिने तर त्यसको लागि अलिकति मिहिनेत र धैर्यता चाहिने १२ खरीमा पुरस्कृत कथाका कथाकारले कैयौं पटक उनकाे कथा सम्पादन गरेको उनको अन्तरवार्ताबाट थाहा भएको साथै उहाँ एकदम परिपक्व देखियोको बताउँदै अन्तिम साँझको श्रष्ट्रा कथाकार केदार सङ्केतका वारेमा भन्नुभयो, ‘हामीले रामायण लेख्ने भानुभक्तको वारेमा धेरै सुनेका छौं । र उनका धेरै सालिकहरु पनि बनेको छन् । सबैले चिन्छन् तर महाभारत लेख्ने सुब्बा होमनाथ र केदारनाथलाई कसैले चिन्दैन । कारण भानुभक्तका पछाडि मतिराम भट्ट थिए तर सुब्बा होमनाथ र केदारनाथका पछाडि कोही थिएनन् । यसैले सबै माझ चिनिनको लागि चर्चा पाउनको लागि मतिरामहरु हुनेपर्ने रहेछ । तै पनि सुब्बा होमनाथ र केदारनाथहरु समुन्द्र हुन् । कसैले चर्चा गरोस नगरोस समुद्र आफ्नो शान्तभावमै विश्वलाइ कब्जा गरेर आफ्नो वर्चश्व कायम गरेर बसेको हुन्छ । हो त्यस्तै हुन केदार सङ्केत । उनको यो कथा सङ्ग्रहले उनलाई समुन्द्र बनाइदिएको छ । उनले पक्कै पनि यो कथा सङ्ग्रहबाट सम्मान पाउने छन् ।’
कथा सङ्ग्रहको समालोचनात्मक चिरफारमा साहित्यकार प्रगति राईले १२ वटा कथाहरु उस्तै उस्तै रहस्यमयी भएको, एक कथामा आपैm नै कथाको पात्र भए जस्तो बताउँदै भन्नु भयो, ‘यस कथा सङ्ग्रहमा सुनकोशीको कथा छ, जुन कथाले सुनुवार जातिको इतिहास उत्खनन मात्रै गरेको छैन आम नेपाली समाजमा घटेको वास्ताविक घटना पनि पस्केको छ । सानो नातिले बाजेलाई प्रश्न गर्छ कि बुबा भन्नु हुन्छ अंग्रेजी पढ, अंग्रेजी भविश्य हो, तपाइँ भन्नुहुन्छ हाम्रो संस्कृति बुझ यो भविश्यमा तँलाई काम लाग्छ । मेरो सानो दिमागले यति धेरै कुरा कसरी एकै पटक गर्नसक्छु । तर बाजेले नातिलाई सजिलै चित्ता बुझाउँछ । एक कथा एक उत्कृष्ट फरक र चाखलाग्दो कथाहरु समेटिएको छ । र शिर्ष कथा अन्तिम साँझमा मार्मिक छ, युद्धले कसरी समाज पिल्सीएको छ भन्ने समसामायिक यथार्थ पस्किएको छ । यति हुँदा हुँदै पनि कथाकारले कथा भनिसकेपछि पनि कथालाईथप प्रष्टाउन खोजेर जबर्जस्ती कथा लम्बाउन खोजेको हो कि । ध्यान दिने कि !’ सँगसँगै सुझाव पनि दिनुभयाे ।
त्यसैगरी कथा सङ्ग्रहको समिक्षा गर्दै सन्तोष श्रेष्ठले भन्नुभयो, ‘साहित्यकारले कृति जन्माउनु र मानिसले बच्चा जन्माउनु उस्तै कुरा हाे । अन्तिम साँझ कथा सङ्ग्रहकाे १२ औं कथाले आध्यात्मिक चेतना जागृत भएर शान्तिको खोजी गरेको छ । कोलाहलबाट मुक्ति खोजेको देखिन्छ । उनको कथाले नेपाली साहित्यलाई विश्वव्यापी यात्रा गराउने छ । कथाहरु प्रगति ज्युले भने जस्तै एकदमै श्रृङ्गारिक र रहस्यमय छन ।’
सबैको शुभकामना र समिक्षा सुनेपछि कथाकार केदार सङ्केतले आफ्नो कथाका सबै पात्रहरुसँग धेरै कुरा गरेकाे र सबै पात्रहरुलाई आफ्नै जन्मभुमि फर्काएको बताउँदै साथसहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो ।
लोकार्पण कार्यक्रमका सभाध्यक्ष वरिष्ठ साहित्यकार ख्यामनाथ दहालले कथा सङ्ग्राहको सबै कथाको शिर्षकगत छोटो समिक्षा गर्दै निस्कर्षमा स्वन्त सुखयः भने जस्तै अन्तत मान्छे आफुले भोगेको संस्कारमै फर्किने रहेछ भन्दै अगाडि थप्नुुभयो, ‘केदार संकेत पनि गीताको ‘स्वधर्म निधनम् परोधर्म भयवह’ कै बाटोमा हिड्नुभएको सुनकोशीको कथाले प्रष्ट पार्छ । उहाँ विश्वको जुनसुकै कुनामा पुगे पनि घुमे पनि आफ्नै संस्कार संस्कृति प्यारो लाग्छ भन्ने प्रमाणित गरेको छ ।’ कार्यक्रमको समापन भने आफुले समापन नगरी पत्रकार कृष्ण भुषाललाई समापन गर्न माइक हस्तान्रण गर्नुभयो ।
भाषा सम्पादक रमेश दहालले कार्यक्रममा औपचारिक स्वागत र प्रकाशक तथा सम्पदाक गीता अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने प्रतिक घिमिरे, उत्तमकुमार सुनुवारले कथाकार सङ्केतको कथा सङ्ग्रहले आम नेपाली कथा अनुरागीको मन जित्न सफल होस् भन्ने शुभकामना दिँदै आगमी दिनमा पनि नेपालीपनको मौलिक कथाको अपेक्षा गर्नुभयो ।

𑯎𑯖𑯄𑯖 𑯊𑯑 𑯆𑯖𑯎𑯃 𑯀𑯅𑯇𑯍𑯂 𑯇𑯖𑯌𑯖𑯎𑯅 𑯈/𑯙 𑯅𑯙] 𑯒𑯐𑯏 𑯎’𑯗𑯊] 𑯀𑯄𑯈’

-𑯆𑯔𑯅̍𑯃̃𑯁𑯃̍𑯌 𑯒𑯖𑯘𑯃𑯄–𑯜𑯑’OF𑯐𑯁𑯄 ;𑯙𑯐𑯔/

𑯒𑯈𑯃 𑯜𑯖𑯁𑯉𑯖 𑯏𑯑𑯁𑯄𑯃 𑯇𑯖𑯘𑯄𑯃
𑯆𑯑̍𑯃̃𑯌 𑯖𑯇 𑯐𑯑: 𑯉𑯐𑯑𑯃̃𑯌𑯖 𑯀𑯂
𑯆𑯖: 𑯏𑯑𑯎 𑯛𑯖𑯄𑯖𑯅𑯞𑯂𑯍𑯅 𑯜𑯃̃:𑯍𑯖𑯜𑯃̃𑯍
𑯆𑯖𑯎𑯃𑯁𑯖 𑯎𑯐𑯂𑯖𑯁𑯖𑯚 𑯖̃𑯇 𑯐𑯖̃ 𑯎𑯐𑯂𑯠𑯜𑯑.
𑯆𑯖𑯎𑯃𑯁𑯖 𑯒𑯂𑯁𑯁𑯖𑯚 𑯒𑯂𑯍𑯍𑯂 𑯇𑯖𑯌𑯖𑯎𑯅
𑯖̃:𑯇𑯖 𑯖̃́ 𑯎𑯐𑯂𑯠𑯜𑯑 𑯖̃:𑯇𑯖𑯍 𑯇𑯖𑯄𑯅𑯎𑯅 .
𑯎𑯖𑯄𑯖 𑯊𑯑 𑯊𑯃𑯌𑯌𑯖 𑯆𑯖𑯎𑯃 𑯀𑯅𑯇𑯍𑯂 𑯇𑯖𑯌𑯖𑯎𑯅
𑯖̃: 𑯆𑯖𑯎𑯃𑯁𑯖 𑯎𑯐𑯂𑯠𑯜𑯑𑯍 𑯓𑯖𑯍𑯃𑯓𑯖𑯄𑯌𑯃 𑯘𑯑𑯜𑯖.
𑯚𑯖 𑯄𑯅𑯉𑯉𑯖𑯃𑯍𑯂 𑯌𑯖𑯎𑯅
𑯚𑯖 𑯜𑯂̃:𑯍𑯂 𑯌𑯖𑯎𑯅
𑯚𑯖 𑯎𑯐𑯂𑯠𑯉𑯖𑯃𑯍𑯂 𑯌𑯖𑯎𑯅
𑯇𑯑𑯀𑯂 𑯀𑯖 𑯎𑯖𑯄𑯖 𑯊𑯑 𑯊𑯃𑯌𑯌𑯖 𑯆𑯖𑯎𑯃 𑯀𑯅𑯇𑯍𑯂 𑯇𑯖𑯌𑯖𑯎𑯅.
𑯖̍𑯃𑯒𑯂𑯆 𑯛𑯖𑯄𑯖𑯅𑯁𑯂 𑯏𑯑𑯠𑯍𑯅𑯚 𑯀𑯂̃𑯎
𑯀𑯑𑯀𑯂̃𑯜𑯑 𑯖𑯇 𑯐𑯑:𑯇𑯃 𑯆𑯖𑯎𑯃𑯁𑯖 𑯎𑯐𑯂𑯠𑯌𑯖 𑯜𑯂̃:𑯀𑯃
𑯐𑯖𑯐 𑯄𑯖𑯁𑯂𑯇 𑯒𑯂𑯒𑯒𑯃 𑯇𑯖𑯏𑯑𑯠𑯎
𑯁𑯃𑯐𑯂𑯇 𑯊𑯔𑯑𑯐𑯁𑯂𑯇 𑯇𑯖𑯆𑯑̃𑯎
𑯒𑯅𑯄𑯀𑯖𑯒𑯂 𑯀𑯑𑯄𑯐𑯃𑯚 𑯑𑯁 𑯇𑯖𑯄𑯖𑯃 𑯇𑯖𑯁𑯅𑯃𑯎
𑯌𑯅𑯄𑯒𑯂 𑯌𑯅𑯄𑯎𑯖 𑯐𑯖 𑯇𑯖𑯄𑯖𑯃 𑯇𑯖𑯜𑯑:𑯎
𑯐𑯑:𑯇𑯖𑯁𑯂𑯇𑯃 𑯐𑯑:𑯁𑯖𑯍𑯅 𑯏𑯑̍𑯎 𑯛𑯖𑯄𑯖𑯅𑯁𑯂
𑯄𑯖𑯅̃ 𑯆𑯃𑯜𑯖 𑯆𑯑̍𑯎 𑯇𑯖𑯄𑯖𑯃 𑯇𑯖𑯀𑯃̃𑯎
𑯁𑯖̃ 𑯄𑯖𑯍𑯏𑯂 𑯖𑯍𑯆𑯖𑯐𑯃 𑯀𑯑𑯉𑯖 𑯘𑯖𑯄𑯌𑯖 𑯊𑯑 𑯇𑯖𑯄𑯖𑯃 𑯇𑯖𑯄𑯅𑯎𑯅
𑯇𑯑𑯀𑯂 𑯊𑯑 𑯎𑯖𑯄𑯖 𑯊𑯃𑯌𑯌𑯖 𑯆𑯖𑯎𑯃 𑯀𑯅𑯇𑯍𑯂 𑯇𑯖𑯌𑯖𑯎𑯅.
𑯒𑯖𑯃 𑯒𑯅𑯃𑯇𑯃 𑯎𑯐𑯂𑯠𑯜𑯖 𑯇𑯖𑯏𑯑̍𑯊𑯇𑯂𑯍𑯅.
𑯒𑯖𑯃 𑯒𑯅𑯃𑯇𑯃 𑯎𑯐𑯂𑯠𑯒 𑯇𑯖𑯏𑯑𑯊𑯇𑯂𑯍𑯅
𑯛𑯖𑯄𑯖𑯅𑯞𑯂𑯇𑯃 𑯖̃:𑯆𑯖𑯐𑯃 𑯘𑯑𑯠𑯜𑯖 𑯎𑯐𑯂𑯠𑯁 𑯇𑯖𑯃𑯁𑯃.
𑯇𑯖𑯏𑯑𑯠𑯍𑯅𑯚 𑯀𑯂̃:𑯚𑯖𑯍𑯅 𑯛𑯖𑯄𑯖𑯅𑯞𑯂𑯇𑯃 𑯜𑯂̃:𑯌𑯖𑯀𑯖 𑯜𑯂̃:𑯁𑯖𑯃
𑯃̃:𑯌𑯃 𑯀𑯖 𑯇𑯃𑯇𑯁𑯖 𑯎𑯑𑯒𑯉𑯖 𑯆𑯖𑯎𑯃 𑯆𑯖𑯎𑯃𑯔𑯖𑯁𑯄𑯃 𑯎𑯑𑯇𑯈𑯍𑯅
𑯖̃:𑯆𑯖𑯐𑯃 𑯉𑯐𑯂̃:𑯁𑯖𑯔𑯃
𑯛𑯖𑯄𑯖𑯅𑯞𑯂 𑯁𑯖𑯜𑯖 𑯖̃: 𑯊𑯔𑯅𑯜𑯄𑯖 𑯎𑯑𑯠𑯜𑯖
𑯖̃: 𑯍𑯖𑯙𑯖 𑯉𑯐𑯑𑯃̃:𑯜𑯖
𑯛𑯖𑯄𑯐𑯂𑯇𑯃𑯘𑯂𑯒𑯂 𑯘𑯂𑯒𑯂 𑯛𑯐𑯑𑯃𑯜𑯖
𑯄𑯖𑯚𑯐𑯂 𑯆𑯖𑯄𑯖𑯃𑯇𑯃 𑯆𑯖𑯄𑯜𑯖
𑯏𑯃𑯄𑯇𑯖𑯍𑯅 𑯛𑯖𑯐𑯜𑯖
𑯊𑯐𑯅𑯠 𑯊𑯐𑯅𑯠 𑯀𑯖𑯀𑯖 𑯀𑯖𑯠𑯁𑯃
𑯖𑯇 𑯐𑯑:𑯇𑯃 𑯐𑯎𑯂𑯎𑯉𑯅𑯆𑯃𑯆𑯖𑯐𑯃
𑯖̃: 𑯎𑯐𑯂𑯠𑯜𑯑 𑯇𑯖𑯄𑯖𑯃 𑯄𑯅𑯉𑯉𑯖𑯃𑯍𑯂 𑯇𑯖𑯌𑯖𑯎𑯅
𑯇𑯑𑯀𑯂 𑯀𑯖 𑯎𑯖𑯄𑯖 𑯊𑯑𑯊𑯃𑯌𑯌𑯖 𑯆𑯖𑯎𑯃 𑯀𑯅𑯇𑯍𑯂 𑯇𑯖𑯌𑯖𑯎𑯅.

𑯀𑯈𑯜𑯈𑯃 𑯖𑯔𑯑

–𑯘𑯅𑯚𑯊𑯅𑯌 𑯜𑯈̃𑯆𑯈𑯄 𑯒𑯅𑯍𑯅𑯓𑯖𑯄
𑯃𑯌𑯆𑯖 𑯈𑯊𑯐𑯑 𑯟𑯅𑯞𑯖𑯁𑯖𑯄 𑯄𑯖𑯉𑯒𑯖 …𑯀𑯈𑯜𑯈𑯃 𑯖𑯔𑯑 𑯀𑯂 𑯊𑯖𑯓𑯈𑯃𑯍 𑯘𑯄𑯆𑯂𑯒𑯖
𑯎𑯖𑯒𑯂𑯎 𑯎𑯋𑯖𑯐𑯂 𑯇𑯃𑯍𑯅 𑯁𑯈𑯐 𑯑𑯄𑯐𑯃𑯔𑯈𑯄 𑯏𑯈𑯇𑯃𑯍 𑯛𑯑𑯄𑯒𑯂𑯒𑯖 𑯇𑯖𑯄 𑯇𑯖𑯄 𑯉𑯈𑯌𑯖, 𑯀𑯑
𑯉𑯈𑯌𑯖  𑯀𑯂 𑯉𑯑𑯘𑯃𑯍𑯅 𑯒𑯈𑯐𑯐𑯖 𑯉𑯖𑯃𑯎 . 𑯎𑯖𑯎𑯖 𑯍𑯖𑯍𑯖… 𑯖𑯇𑯖 𑯌𑯃𑯌𑯃… 𑯀𑯂𑯍𑯖𑯀𑯂𑯍
𑯌𑯃𑯁𑯅𑯐𑯃 𑯉𑯃𑯆𑯔𑯃𑯇𑯃 𑯍𑯈𑯙𑯖 𑯎𑯖𑯃𑯎𑯖 . 𑯁𑯄𑯅…𑯁𑯄𑯅… 𑯖 𑯖 !!! 𑯀𑯂𑯍𑯖𑯀𑯂𑯍
𑯀𑯖𑯍𑯖 𑯙𑯄𑯈𑯃𑯒𑯖 𑯊𑯄𑯃𑯎 𑯒𑯖𑯋𑯅 . 𑯓𑯖̃𑯉𑯃𑯆𑯔𑯃 𑯏𑯋𑯅𑯁𑯁𑯂𑯎 𑯀𑯖𑯍𑯖 𑯊𑯅𑯉𑯌𑯖 . 𑯎𑯋𑯖𑯐𑯂
𑯒𑯖𑯋𑯅𑯖 𑯙𑯈𑯍𑯀𑯖𑯇𑯃 𑯉𑯈𑯄𑯂𑯎 . 𑯊𑯅𑯋𑯖𑯄… 𑯒𑯂𑯀𑯋𑯖𑯇𑯃 𑯀𑯖𑯍𑯖 𑯏𑯈𑯍𑯈𑯏𑯈𑯍 𑯉𑯈𑯒𑯑
𑯉𑯑𑯘𑯃𑯍𑯅 𑯌𑯃𑯁𑯅𑯐𑯃𑯖𑯍𑯈𑯆𑯂 𑯀𑯋𑯈𑯔𑯖𑯍 𑯆𑯃𑯎 . 𑯇𑯅𑯍𑯞𑯑 𑯁𑯈𑯍𑯆𑯖𑯃 𑯁𑯈𑯍𑯆𑯖𑯃 𑯂𑯄𑯈𑯑𑯘
𑯆𑯑𑯍𑯈𑯆𑯑𑯍 𑯍𑯈𑯙𑯖 𑯀𑯖𑯃𑯎 . 𑯇𑯈𑯋𑯈̃𑯊𑯖𑯃 𑯜𑯃𑯎𑯖𑯔 𑯇𑯖𑯄𑯈𑯃 𑯇𑯈𑯁𑯖𑯃𑯎 𑯉𑯑𑯘𑯃𑯇𑯃 𑯇𑯃𑯍𑯅
𑯍𑯖𑯉𑯆𑯂 𑯎𑯋𑯖𑯐𑯂 𑯎𑯖𑯒𑯂𑯒𑯑 𑯟𑯅𑯞𑯖𑯁𑯖𑯄𑯃 𑯑𑯃𑯒𑯖 𑯂𑯄𑯈𑯑𑯘 𑯆𑯑𑯎 . 𑯇𑯈𑯋𑯈̃𑯊𑯖𑯃𑯖
𑯌𑯈𑯉𑯂𑯞𑯖𑯇𑯃 𑯉𑯈𑯄𑯂𑯒𑯑 𑯎𑯋𑯖𑯐𑯂𑯖 𑯉𑯗𑯖̃ 𑯁𑯅𑯐𑯍𑯖𑯁𑯅𑯐 𑯀𑯅𑯇𑯎 𑯒𑯖𑯋𑯅 . 𑯎𑯃𑯌𑯈𑯄𑯃 𑯉𑯑𑯘𑯃
𑯋𑯂𑯐𑯒𑯑 𑯆𑯅𑯌𑯅 𑯐𑯃𑯔𑯈𑯄 𑯛𑯈𑯁𑯄𑯈𑯆𑯆 𑯟𑯅𑯞𑯖𑯐𑯂 𑯁𑯑𑯎 . 𑯌𑯃𑯁𑯅𑯐𑯃𑯖𑯍𑯈𑯆𑯈𑯐𑯃
𑯆𑯅𑯌𑯅𑯖̃𑯊𑯖 𑯛𑯐𑯅𑯃𑯒𑯖 𑯒𑯖𑯋𑯅𑯇𑯃 𑯎𑯐𑯅𑯃𑯒𑯑 𑯀𑯖𑯍𑯖𑯆𑯈𑯐𑯃 𑯞𑯅𑯐𑯅𑯞𑯅𑯐𑯅 𑯆𑯑𑯜𑯖
𑯎𑯖𑯎. 𑯌𑯃𑯁𑯅𑯐𑯃𑯆𑯖𑯇𑯃 𑯖𑯉𑯃𑯔𑯖 𑯊𑯐𑯅𑯃𑯒𑯖 𑯃𑯒𑯖𑯉𑯃𑯒𑯖𑯉 𑯉𑯖𑯃𑯎 . 𑯇𑯖𑯄 𑯀𑯅𑯇𑯖
𑯖𑯇𑯖… 𑯒 𑯒 𑯒 𑯆𑯈𑯆𑯈𑯆 𑯃𑯒𑯖𑯉𑯃𑯒𑯖𑯉𑯈𑯉𑯖 𑯀𑯂𑯎 𑯉𑯑𑯘𑯃𑯇𑯃 𑯒𑯃𑯒𑯃𑯉𑯈𑯅
𑯖𑯐𑯈𑯉𑯃𑯆𑯔𑯃 ! 𑯀𑯈𑯜𑯈𑯃 𑯏𑯖𑯁 𑯀𑯈𑯜𑯈𑯃 !!

सुनुवार राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न ।

सुजन सुनुवार, काठमाण्डौं ।
सुनुवार राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न भएको छ । शनिबार सुनुवार सेवा समाजको आयोजनामा पहिलो पटक राष्ट्रिय सांस्कृतिक सम्मेलन भएको हो ।
कोटेश्वर स्थित सुनुवार सेवा समाजको सभाहलमा आयोजित सम्मेलनको उद्घाटन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिष्ठानका उपाध्यक्ष गुरुङले आदिवासी जनजातिहरुको महत्वपुर्ण विषय भनेको पहिचानको विषय भएको धारणा राख्नुभयो । उहाँले प्रतिष्ठानले आदिवासी जनजातिहरुको संस्कारसंस्कृति संरक्षणका लागि हरेक तवरबाट काम गरिरहेको समेत जानकारी दिनुभयो ।
उक्त सांस्कृतिक सम्मेलनमा विभिन्न जिल्ला र स्थानिय तहका सुनुवारहरुको उपस्थिति रहेको थियो । सांस्कृतिक सम्मेलनले विशेषगरि सुनुवार भाषा संरक्षण र प्रबर्दनमा सघाउ पुग्ने सुनुवार सेवा समाजका अध्यक्ष तथा कार्यक्रमका अध्यक्षता गरिरहनुभएका अमृत बहादुर सुनुवारले बताउनुभयो । उहाँले पछिल्लो समय सुनुवार भाषा तिब्रगतिमा लोप हुँदै जानु, सुनुवार समुदाय आफ्नो भुमि भुभागबाट टाडिँनुले चुनौती थप्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

सोही अवसरमा सुनुवार अभियान्ता डा. लाल रापचा सुनुवारले सुनुवार भाषा लोप हुँदै जानुले सुनुवार समुदायमा चुनौती बढ्दै गएको बताउनुभयो । उहाँले भाषालाई संरक्षण र दस्ताबेजिकरण गर्नका लागि शिक्षा र अनुसन्धानमा जोडदिनुपर्ने बताउनुभयो ।
यसैगरि सम्मेलनमै बोल्नुहुँदै नेपाली सेनाका अवकास प्राप्त साहयक रथी राजेन्द्र सुनुवारले नयाँ पुस्तामा भाषा संस्कारसंस्कृति पुस्तान्तरण गर्न नसके केही वर्षमा सुनुवार जाति हुँ भनेर चिनाउन कठिन हुने बताउनुभयो । उहाँले भाषा संरक्षणमा सुनुवार समुदायनै लाग्नुपर्नेमा जोडदिनुभयो ।
अर्का वक्ता नेपाल सरकारका सहसचिव रामप्यारी सुनुवारले भाषा जोगाउनको लागि आफ्ना बालबालिकालाई घरबाटै भाषा सिकाउन आवश्यक भएको भनाई राख्नुभयो । उहाँले वर्तमान प्रविधि र विश्वसंगको प्रतिष्पर्धाले गर्दा मातृभाषा भन्दा पनि अंग्रेजी भाषाको मोहमा अहिलेका पुस्ता लागिरहेको बताउनुभयो ।

दुई सत्रमा भएको कार्यक्रमको दोस्रो सत्रमा सुनुवार आदिवासीहरुको मुर्त अर्मुत सम्पदाहरुको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुरातत्व अधिकृत भिष्म बास्कोटा र सुनुवार सेवा समाजका महासचिव उत्तम कुमार सुनुवारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो’ सुनुवार भाषाको भिडियो सार्वजनिक।

काठमाडौः ‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो ’  भाषाको यो म्यूजिक भिडियो अमरदीप सुनुवारको यूट्यूव च्यानलबाट सार्वजानिक गरिएको छ । शुक्रबार शंखमूलको एक होटलमा गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा र वरिष्ठ संगीतकार शान्तिराम राईले सार्वजनिक गरेको यस गीतमा अमरदीप सुनुवारको रचना, रामकुमार पौडेलको संगीत र कल्पना सुनुवारको स्वर रहेको छ।

 

भिडियोले सुनुवार युवा-युवतीहरू बजारमा भेटघाट भई नाचगान गरेर रमाइलो गरेको कथा प्रस्तुत गर्ने प्रयास गरेको छ। पहिलो वर्ष बजारमा भेट हुँदा युवा-युवतीबीच एकअर्कालाई मन पराए पनि लाजले भन्न नसकेको र अर्को वर्ष युवतीले मनको कुरा व्यक्त गरेको भिडियोमा देखाइएको छ। यस गीतमा सुनुवार जातिको परम्परागत पोसाकलाई राम्ररीदेखाउन खोजिएको छ।

भिडियोमा सुजन सुनुवार, कल्पना सुनुवार लगायत अन्य कलाकारहरूको अभिनय रहेको छ। गीतकार अमरदीप सुनुवार स्वयंले निर्माण गरेको यस भिडियोको निर्देशन पनि सुनुवारलेनै गरेका हुन् ।

पीआर प्रोडक्सनको व्यानरमा बनेको यस म्यूजिक भिडियोमा बृहसमान सुनुवारले कोरियोग्राफी गरेका छन् भने छायांकनमा सनम तामाङ, सम्पादनमा रमेश राई, टेक्निकल हेडमा तईलन राई र श्रृंगारमा सर्मिला सुनुवार रहेका छन् ।