Literature

now browsing by category

Literature, Songs, Poems

 

बर्षमासमा खोलापारिको मायाका नियती हामी : माननीयको प्रयास असफल हुँदा स्कुल सेन्ट अप भइयो ।

-शाह कृष्ण(किराँत) सुनुवार
रामेछापमा कक्षा सातकाे पढाइ भएकाे दुइ महिनापछि तेश्राे महिना फी तिर्ने बेला मुखियाले तिमीले त पहिलाे दुइ महिनादेखि तिरेका छैनाै त भनि दिएपछि म छाँगाबाट खसे झैँ झसंग भएकाे थिएँ।जाडाेकाे छुट्टि भएकाेले एकैचाेटि दुइ महिनाकाे फी बुझाउनु पर्ने भएकाेले मैले लगेर दिने बेला असाध्य भीडभाड भएकाेले मेराे पासमा हराउने डरले मुखियालाई पछि रसिद लिने गरि पैसा दिएँ, पछि न त उसले नै रसिद दियाे,न त मैले मागेँ। मैले अस्ति नै तपाईलाई दिएकाे नि सर भन्दा उसले नलिएकाे जिकिर गरेपछि मैले घरबाट फेरि दाेहाेराएर माग्ने कुरै भएन। त्याे समयमा हाम्राे घरमा मात्र हैन,गाउँघरमै सय रुपैञा पनि आजकालकाे लाखभन्दा पनि अझ बडि महत्व राख्थ्याे।

जुनियर हाई स्कूल भनेर कक्षा आठसम्म संचालन थियाे र हाई स्कूलकाे लागी माननीयज्यू लगायत संपूर्ण ग्रामिण जन्ताकाे धेरै काेशिस हुँदा हुँदै स्वीकृति नपाएकाेले हामी अर्कै स्कूल खाेज्न बाध्य भयाैँ र अमिलाे मन बनाउँदै रगनी जस्ताे मायालु गाउँ र साथी हरुलाई छाडनु पर्याे।

कक्षामा मेराे पढाई राम्रै भएकाेले पहिलाभन्दा हेप्ने निन्दानीय शब्द कमै बाेल्थे तर २/३ जना यस्ता मूर्ख थिए कि तिनिहरुसँग म आजित भै सकेकाे अवस्था थियाे। मगरलाई हेपेर बाेलाउँदा लिडाे भन्छन् भन्ने पनि मलाई थाह थिएन,मलाई त्यहि शब्दले ऐ लिडाे भन्दै बाेलाउने गर्थे, कक्षामा मिन ब. दर्लामी नामकाे साथी मभन्दा ठुलाे निकै मेाटाे घाटाे बलियाेलाई साह्रै चित्त नबुझे पछि उसले प्रतिबाद गर्याे र त्यसाे भन्न पनि छाडे,त र कुनै न कुनै रुपले मलाई हेपि नै राख्थे। यि सबै तनावले म वाक्कै भएकाे अवस्था र लक्ष्मणले पहिलै छाडेर रगनीमा भर्ना भै सकेकाे थाह पाए पछि म पनि त्यतै जाने निधाे गरेँ।हिउँदकाे महिना बिँबिरेमा काठकाे साँघु भएकाेले एकदिन स्कूल हेर्न गएँ,टिफिन छुट्टिकै बेलामा पुगेछु।लक्षमणलाई भेटेँ र अरु २/४ जना साथी हरुसँग परिचय पनि गरियाे।साथीले नाम फेरेर लाल बहादुर बनाएछ।यसाे कुरा बुझ्दा र वाता वरण हेर्दा म पनि त्यतै आकर्षित भएँ र आउँछु भनेर बिदा भएँ।
घरमा बुबा आमासँग स्कूल फेर्ने कुरा राखेँ। अहिले पाे हिउँद भएकाेले बिँबिरेमा साँघु छ, भाेलि पर्सि बर्षामासमा कहाँबाट लिखु काेशी पार गर्ने भन्ने यक्ष प्रश्न यथार्थमा एकदम जायज थियाे। भूजी र रगनीकाे साेझै बाटाे नभएकाेले दिनभरि लगाएर कि त लिम्तिकाे फलामे पुल हुँदै गाम्नाङ वाच्पुकाे फेदि र चप्लेटी हुँदै रगनी पुग्नु पर्थ्याे,कि त पिर्ती र कातीकाे पुच्छर संगम सत्देल्बुकाे फलामे झाेलुङ्गे पुल तरेर कातीकाे फेदि गाेठ डाँडा, निमेषमै कालकै रुप लिने चाेकाेति खाेला यसकाे उर्लँदाे बाढिेले लिखु काेशीलाई समेत बर्षा महिना भरि जहिल्यै गडगडट र रुप रंगै फेरि दिन्य्याे जुन तर्दै स्यानी निस्केर साल्पु खाेला तरे पछि बल्ल रगनी टेकिन्थ्याे।
जसाेतसाे वहाँहरुलाई राजी बनाए पछि लागेँ रगनी।त्यहाँ पनि कक्षा सातमा भर्ना हुँदा सम्म लगभग ३/४ महिना बिति सकेकाे थियाे।आधा पढाइ रामेछापमा भएकाेले त्यति गाह्राे पिराे नभए पनि पाठमा नयाँ कुराहरु त आउने नै भै हाल्याे।मलाई नजाने पछि निकै छट पटा हट बडि हाल्थ्याे र बिहान बेलुकी आफु भन्दा जान्ने काेहि सँग सिक्न पाए पनि हुन्थ्याे भन्ने लाग्थ्याे।
बस्ने मेसाे चाहि गाउँका बडाबाका छाेरी दिदीकाे घरमा बन्दाेबस्त गर्ने कुरा राखेकाे हुनाले त्यहि बस्नु सिवाय अरु काेहि बकल्प वा नजिककाे चिनजान थिएनन्।त्याे दिदीकाे घर माथि मुखिया(रापंस)माननीय श्री चन्द्र ब.सुनुवार, गाउँघरकाे सम्बाेधनार्थ धाेक्रे मुखे फुपाज्यू, वहाँका जेष्ठ सुपूत्र भूपु(रापंस) माननीय,सुदूर पश्चिमा अञ्चलका बडा हाकिम श्री चम्पक सुनुवार,माइलाे भूपु ब्रिटिश आर्मी श्री ईन्द्र सुनुवार,रेडियाे नेपालका प्रशिद्ध कर्मचारी कलाकार स्व.श्री पाण्डव सुनुवार, प्रशिद्ध कबि ,कलाकार तथा अधिबक्ता श्री अतित मुखिया र बहु आयमिक कान्छाे श्री बिश्र्व किरण सुनुवार दाज्यूहरुकाे घर।म सदा वहाँहरुलाई आदर सम्मान गर्दछु,किनकि वहाँहरुबाट धेरै ज्ञान गूण पाएकाेछु र मुनि श्री हरि मुखिया वहाँ हरुकै नजिककाे दाजु भाइकाे घर पर्ने थियाे रहेछ।
तल्लाे माथ्लाे दाजु भाइका त्यत्राे संपन्नता र प्रतिष्ठाले चरमचूली चुमेका छिमेकी तर त्याे घर चाहि उजाड झैँ लाग्थ्याे ! कारण त्याे दिदीकाे श्रीमान कुन्नि कता बर्षाैँदेखि बेठेगान बेपत्ता हुनु भएकाे र भएकाे एउटा छाेराे पनि इन्डिया आर्मीमा हाे वा त्यस्तै कता जागिरे तर छुट्टिमा घरमै आउँदैन भन्थिन्।बुढी दिदी छ्याङ पिए पछि उतै राम रहाेस् मै हराउने।म स्कूल गए पछि ढाेका भाेटे ताल्चा लगाएर हिडि दिए पछि ३/४ दिनसम्म नै नआई दिने, मलाई फसाद पर्नसम्म पर्थ्याे।
त्यस्ताे बेला कुनै समय तल्लाे घरमा सूर्यराम आएर बसेकाे बेला जान्थेँ तर धेरै जसाे चाहि माथ्लाे घरमै मेराे श्री मुकुन्द सुनुवार(जाे दाज्यू हरुकाे फूपुकाे छाेरा)सिनियर,कक्षा आठकाे प्रथम प्रतिभाशाली बिधार्थी अति नै मिलनसार साथी भएकाेले वहाँसँग धेरै कुरा सिक्न पाउने हेतुले जान थालेँ।मलाई नआउने प्राय:सबै प्रश्न वहाँसँगै साेधि हाल्थेँ।वहाँले गर्ने झिना मसिना काम पनि सँघाउन थालेँ।वहाँकाे अरुले गर्नै नसक्ने अद्भुत एउटा कला दुइटै खुट्टा ठाडै आकाशतिर फर्काएर दुइवटा हातले भूँइमा टेकेर मजाले सन्तुलन कायम गर्दै उकालि ओरालि सिँडी सबै घण्टाैँ हिड्न सक्ने क्षमता थियाे,सबैकाे लागी रमिता सिवाय गर्न सक्ने हिम्मतै हुदैन थियाे।
बिस्तारै बानी पर्न थाले पछि म पनि आपत कालिन समयमा त्यतै साथीसँग बेलुकी मकै झुत्ता बनाउने क्रममा अरु परिवार फुपाज्यू , फूपु,जेठा दाइ,माइला दाइ पेन्सन रिटायर्ड आइ सक्नु भएकाे थियाे वहाँ,काँइला अतित दाइहरुसँग बिभिन्न प्रसंगमा गफिँदै काम गर्न पाउँदा स्वर्गानु भूती प्राप्त हुन्थ्याे।धेरै जसाे काँइला दाइले हामीलाई अँग्रेजी ब्याकरण (ग्रामर)का बिभिन्न पाठहरु बिस्तारपूर्बक पढाउनु हुन्थ्याे, ति सबै आजतक मेराे दिल दिमागले बचाइ राखेकाे छ।बिशेष माइला दाइकाे डेढ दुइ बर्षकाे छाेरा सुरज हाम्राे आकर्षणकाे केन्द्रबिन्दु बन्थ्याे,ताेते बाेलिमा सललल है झिल्के काकाकाे गीत।
कक्षामा बिस्तारै राम्रै माहाेल बन्दै गयाे।डेढ दुइ महिना पछिकाे अर्ध बार्षिक परीक्षामा दाेश्राे भैयाे। त्यहाँ रामेछापमा झैँ हेपिनु पर्ने स्थिती थिएन,कारण बाहुल्यता सुनुवार साथीहरुकै थियाे।बेला माैका साथीहरुले अब हर्के थपियाे हाेस् गर है दुइजना मिलेपछि भूजीकाे लाले हर्केकाे बयान त सुनेकै हाेला नि भनेर ठट्याैलि पनि गर्थे।पछि भान्जा जय प्रकाशलाई पनि त्यतै जाने प्राेत्साहन गरियाे र लगियाे तर बसाइ आफन्तकैमा बस्ने भएकाेले बेग्ला बेग्लै बसिन्थ्याे।पढनमा भान्जा पनि कक्षा प्रथम नै हुन्थे।
स्कूल जाँदा आउँदा बिस्तारै सबै साथीसँग हेल मेल बढदै गयाे।बिशेष गरि साल्पुका शंकर दास सँग निकै नजिक भयाैँ,कारण उनि कक्षामा प्रथम म दाेश्रा भएकाेले र भलिबल खेल्दा म रेजर उनि सटर थिए।अलि पछि हाम्राे टीम राम्राे खेल्न थाले पछि कक्षा आठका साथी हरुलाई समेत चूनाैति दिन्थ्याैँ र बाजी पनि जितिन्थ्याे।
स्कूलमा खै के काे सन्दर्भमा नाटक निकाल्ने कार्यक्रम मन्चन हुँदै गर्दा मध्य भागतिर जयनन्द लामाकाे तामाङ सेलाे लाेकगीतमा शंकर र मैले गाउनु पर्ने राेल थियाे र अन्तमा स्याब्जी..भन्नु पर्ने थियाे, साथीले भुलेर भनेन म एक्लैले गाउँदा साथी त पर्दा पछाडि मरि मरि खित्का छाडेर पाे हाँसि राखेकाेले मञ्चमा नाच्ने भाइ बहिनीहरु लय तालमा अलमल परेर दर्शक दीर्घा हाँस्दा हाँस्दा रंगमञ्च नै कमेडीमा परिणत भएकाे थियाे र त्यस्तै प्रस्तुति हाेला भनि ठाने छन् पर्दा बन्द भएपछि बेजाेडले तालि पड्काएका थिए।
पछि बार्षिक परीक्षामा मेराे निकै राम्राे माहाेल बनि सकेकाे थियाे।थ्याेरिकल बिषय सबैमा मेराे प्रथम भन्दा धेरै राम्राे छँदा छँदै मेराे स्थान त्यहि दाेश्राेमै सीमित हुन पुग्याे कारण ब्यबसायिक शिक्षाकाे चित्रकला र हस्तकला बिषयमा साथीले मलाई बल्ड्याङ खुवाएकाे थियाे।उनि अलि म भन्दा उमेरले जेठाे पाकाे र घरायसि काममा निपूण थिए।त्यसैले ब्यबहारिक कुरामा म भन्दा उनि धेरै अनुभवी थिए।
हुन पनि मलाई न त राम्राे चित्र काेर्न नै आउँथ्याे न त हातले बनाउने कुनै सीप नै थियाे।चित्र एउटा घरकाे नक्सा बनाएकाे थिएँ र हस्तकलामा मैले एक जना दाइसँग हारगुहार मागेर काठकाे ढिकी बनाइ मागेकाे थिएँ तर त्याे त्यति आकर्षक थिएन।साथीले दल्सिँङ ढुंगाकाे हेर्दैमा चिटिक्क काे चट्ट घट्ट केराकाे दाम्चा बाेकेर ल्याएर पानीकाे धारा सललल झारेर पक्का प्राक्टिकल गरेर देखाउँदा मैले नै तारिफ गर्नयाेग्य सीप प्रस्तुत गर्दा मेराे त्याे काठकाे ढिकी भनेकाे टुक्रा आफैले कता लुकाउँ झैँ नभएकाे हैन, फल स्वरुप मलाई साँडे दुइ नम्बरले पछि पारे छन्,म हेरेकाे हेरेकै हुनु परेकाे थियाे।
त्यस बेला सम्ममा नयाँ शिक्षा पद्धतिले पाइला टेकि सकेकाेले निम्न माध्यमिक बिधालय कक्षा सातसम्ममै सीमित भयाे।त्याे भन्दा अघि जुनियर हाई स्कूल भनेर कक्षा आठसम्म संचालन थियाे र हाई स्कूलकाे लागी माननीयज्यू लगायत संपूर्ण ग्रामिण जन्ताकाे धेरै काेशिस हुँदा हुँदै स्वीकृति नपाएकाेले हामी अर्कै स्कूल खाेज्न बाध्य भयाैँ र अमिलाे मन बनाउँदै रगनी जस्ताे मायालु गाउँ र साथी हरुलाई छाडनु पर्याे।
…………………………..
पाेखरा-११ रानीपाैवा
३१/२/०७७(८२ओैँ लकडे)

Share

कोइँचके पाचा

-जेस्पुच डिल्ली सुनुवार

कोइँच इइँके पाचा माप्लेँःचा
बुः गोः नेल्लि काm दुम्चा
पिपिआन्के गाली राचा
जिलिल बिलेस्पा बिलेचा
लुजे जाम्सि पा जाम्सिचा
मो पातिके इइँके पाचा माप्लेँःचा ।१।
गो बुः नेल्लि गेत्थि बोअ्चा
नोले लिःश्यो बुः नेल्लि गेत्थि किःचा
हेँथेमेँथे शुशि मापाचा
नेल्लिआन भन्दा लुःच दुम्चा
मोपातिके इइँके पाचा माप्लेँःचा ।२।

साइङा इइँके ब्लेअ्से कोःशोनु
पिपिआनकालि हिल्लो पाश्योनु
कोइँच होइँति थियो ने
रानु इइँकेन थियो ने
नोःले खसम राइशोने
मोपातिके इइँपाचा माप्लँेःचा ।३।

कोइँच इइँके नेः गेचा
गे गो बुः नेल्लि गेत्थि बोअ्चा
सान्सारमि इइँके नयाँ ब्लेअ्सि ब्लेअ्चा
आइक्कालि लुःच पाचा
बुः गो चाहिँ गेत्थि बोअ्चा
मो पातिके इइँके पाचा माप्लेँःचा ।४।

गोः बुःकालि लुच पाचाचा माल्श्योछन्
कोइँच्के ब्लेअ्से साम्चा चिअ्शो छन्
कठै एको लोः तुइतु नु
पिपिपुकिमि एको लोः पाँमेनु
मनमि लोः पिअ्बा हुरुरु
मिचिले प्लेक हिब बुरुरु
मोपातिके इइँके पाचा माप्लेँँःचा ।५।

इइँके पाचा प्लोइँशोहाना नेल्लिमि लुचुपाइनिमि
कोइँच्के ब्लेअ्सान साम्निमि
नेल्लिमि मारिम्शो पाइनिमि
कोइँचकालि सन्सारले साम्निमि
कोइँच बुः मेकेला जाम्निमि
मो पातिके इइँके पाचा माप्लेँःचा ।६।

एको नेल्लिमि पढेने
आम्के पाचा तुइतेने
संसारमि ने गेचा मालेने
बुः नेल्लि गेत्थि बोअ्केने
कोइँचके रिती थालेने
आइँ रिती प्लोँःनेने
इइँके थलो मालेने
मोपातिके इइँके पाचा माल्लेँःचा ।७।

इइँके पाचा पाश्या प्लोइँसिबा
केकाइ दिन एकोके फाल ताइँसिबा
कोइँचके थालो थिसिबा
जाम्मैभन्दा गेत्थि दुम्सिबा
मो पातिके इइँके पाचा माप्लेँःचा ।८।

लो मिनु बुः गोः नेल्लि काः दुम्या
इइँके पाचा तुइताया
चण्डीकालि भाकेया
पिपीआनकालि पुजेया
इइँके पाचा थालोया
मोपातिके इँके पाचा माप्लेँःचा ।९।
……………………………………………
यतिबेला कवि साँढे सत्र वर्षको हुनुहुन्थ्यो । २५ वर्ष अगाडि बाम्तीभण्डारको जेहन्दार विद्यार्थी काठमाडौं पसेर पिसिएल पढ्दै हुनुहुन्थ्यो । यसैले २५ वर्ष अगाडिको उहाँको सपना साकार पार्न कोइँच विद्यार्थीको लागि छात्रवृद्धि कोषदेखि लिएर अहिले कोइँच विद्वानहरु लगायतलाई अध्ययन वृत्ति प्रदान गर्न सुनुवार सेवा समाजमा अनुसन्धानकोषको स्थापनामा लागि पर्नुभएको छ ।

Share

घरदेशी परदेशी

–  भावना परिष्कृत सुनुवार

घरदेशी- फेरि पनि भन्दैछु
पटक पटक सम्झाउदै छु
म पनि आउन चाहान्छु
दामको रोपाइँ बाह्रामासे चल्ने त्यो भूमिमा
जसोतसो जगेडा गरेर
हरियो रंगको सानो बुक पाएकोछु
पहिलो पटक हवाई गिरनमा
सपनाको सानो झोला च्यापेर
यो हरियो बुकको सहारामा
हवाई जहाज चडेर
मलाई पनि आउनु छ
जहा तिमी छौ डलर र पाउण्डको रुख उम्रने देशमा
सुन्छु त्यहा पसिनाको कदर हुन्छ रे
कर्मको बर्ग छुट्टाएर कसैलाई मान कसैलाई अपमान हुदैन रे
सुन्छु त्यहा दाम टिप्नलाई अनेक अवसर पाउछ रे
लौ न त्यो जादुको नगरीमा छडी घुमाउन म पनि आउछु
तिमी भन्छौ देशमै अवसर खोज
मैले जस्तै विदेश नरोज
युवा बिना शक्तिहीन देश रुन्छ
ब्रिद्द बाबा आमाको लौरी सहारा छुट्छ
सोचेको जस्तो नहुनाले पराइ देशमा पनि सपना टुट्छ
बिर्सेउकि तिमीले अवसर सुन्य छ देश भित्र
खालि पेट उपदेश सुन्न सकिदैन
नाता नहुनेको कृपा बर्सिदैन
नेता नचिन्नेको योग्यता र दक्षता केहि बिक्दैन
रातदिन भकारो मात्र सोरेर जिन्दगी बद्लिदैन
अब मैले निर्णय लिई नै सके
राजनीतिले बिगारेको देशबाट
राजनीतिले सप्रिएको देश आउन चाहान्छु ,बुझ्न चाहान्छु
धेर थोर मद्दत तिमीले गर्नु पर्छ है
फेरि पनि भन्दै छु
पटक पटक सम्झाउदै छु
म पनि आउना चाहान्छु
डलर र पाउन्डको बोट हुने देशमा

परदेशी – मैले नसुनेको हैन तिमीलाई
मैले नबुझेको हैन देशको परिस्थितिलाई
दाम फल्ने बोट सिहार्न कहा सहज छ र
धेरै भनि सके जादुको नगरी नसम्झनु भ्रममा छौ तिमी
सम्झाई पनि सके बाकि नराखेर सत्यतथ्य फुकाई
अनिदो आँखामा सायद तिम्रो ध्यान गएन
यी हत्केलाहरू यस्तरी चरचरी त् देशमा भकारो सोर्दानी फुटेन
अनि साच्ची तिमीले भकारोको कुरा गर्यो
भकारो सोहोरेर जिन्दगी नबदलिने कुरा भन्यो
सबै भनि सकेको छु सुनाइ सकेको छु
भन्न बाकि रहेको एउटै तितो सत्य अन्तिम पटक भन्दैछु
घरदेशमा गाइ बस्तुको भकारो सोर्ने हो
परदेशमा मान्छेको भकारो सोर्ने हो
हुन् सक्छ केहीले नसोरलान
उही हाम्रो देशमा केहि भ्रष्ट चतुरहरुले गाइ बस्तुको भकारो नसोरे जस्तै
हाम्रो बीबस्ता धेरैको साझा अवस्था
गाइ बस्तुको भकारो होस् या मान्छेको भकारो
हुनलाई त् दुवै दुखकै भकारो हुन्
तर यी दुइ बिचमा अन्तर भने छ है
अब बाकि तिम्रो बिचार
मेरो साथ् हमेसा तिम्रो लागि निर्धक्क रहेस

 

Share

मातृभूमि

-टेकबहादुर सुनुवार (जोन)
शक्ति कहाँ हुन्छ?
दस्तावेज नै खारिज गरे पछि!
ईन्डिया कहाँ लुक्छ?
चीनले आपूर्ति पदार्थ भरे पछि!
बुद्धिमान कहाँ हुन्छन?
कसलाई दिनु बुद्धि खै मरे पछि!
डराग बन्दैन को यहाँ?
निउरी निउरी बिन्ती बिछ्याउदा!
हिच्किचिएर नेउरे अनुहार मुस्कुराउदा
मुर्छित हुने हाम्रो स्वभिमान
लखेटेको लखेटेकै पुच्छर समातिन्छ!
फेरि फर्की हेर्दा Read More

Share

अब तुइन तर्दैन मेरो देश

सोम सुनुवार

हिमाल होइन, दृष्य तिनको बेच्न सकिन्छ
मेची–काली होइन, बिजुली बरु बेच्न सकिन्छ
मेरो देश तुइन तर्दैन अब
तराईमा रेल र पहाडमा केवुल कार चढ्छ
बामे सरेको छ इलाम त
अब कर्णाली आकाशमा राशन खोजदैन
जौ, फापर जे फल्छ ऊ निहुरिएर बारीमै मेहनत गर्छ
नाक घोक्राउदैन मेरो देश
पहिचानको गर्वले ढक्क छाति फुल्याउछ
बरु लालच छाडेर त्यागी दिन्छ तेरो, मेरो र द्धेश
भागबण्डा र लुच्छाचुंडीको सर्त मान्दैन अब मेरो देश ।

Share

हाइकू–‘राजनीति’

अरु पछार्न
सडकमा फालेको
केराको बोक्रा ।

सोम सुनुवार, इलाम सदरमुकाम, इलाम ।

Share

श्याँदर पिदार

– अमरदिप क्युँइतिचा

कोँइच आन सङ्स्यो
कोँइच आँइके नेँस
आँइके सिनातङा रागीनु
बुँखि फुः बोइस्शो खोइपा
थुः थुः मि आँइकल माल्श्या बाःब श्याँदर । Read More

Share